Translate

Friday, October 31, 2008

लक्ष्मीको अपमान

तिहार पनि सकियो ।

संधै जस्तै पटका सटका नपड्काउने अनुरोधलाई लत्याउँदै नेपालीहरूले सानदार तरिकाले ड्याङ डुङ गर्दै छरछिमेकको कानका जाली फुट्ने गरि, साना केटाकेटीहरूको सातो हर्ने गरि पैसाको दुरुपयोग गरे । मलाई यो सबै देख्दा एउटा कुरा सोच्न मन लाग्यो । के यसरी अपव्यय गर्नेहरूले त्यो पैसा मेहेनत गरेरै कमाएका हुन् त? हो भने त त्यसको अलिकति भए पनि माया लाग्नु पर्ने हैन र? एकातिर लक्ष्मीपूजा भनेर धनकी देवीलाई रिझाउन खोज्ने अनि अर्कोतिर धनको त्यस्तो दुरुपयोग गर्ने यो कस्तो मानसिकता हाम्रो?

Tuesday, October 21, 2008

Wishful thinking

I happened to be the witness of a relationship ending yesterday. A person, whom I know quite well, who got married few months back. I could see the joy of starting a new phase of his life when he was about to plunge in to the matrimony. I don't know what went wrong but within a couple of months, things got sour and they decided to part their way.

Thursday, October 16, 2008

वर्गीकृत विज्ञापन

वर्गीकृत विज्ञापनको पृष्ठ म
छापिन्छन् म माथि
थरिथरिका आवश्यकताहरू
पूरा हुन्छन् कति,
कति रहन्छन् अधूरा
जस पाउँदिन म पूरा भएकाहरूबाट
दोष थोपर्छन् अधूरा हुनेहरू
तर निर्जीव मानिने पृष्ठका पनि
हुन सक्छन् आफ्नै चाहनाहरू
छाप्न कहाँ जाओस्
बरो वर्गीकृत विज्ञापनको पृष्ठ
उसका आफ्ना आवश्यकताहरू

२०६५ असोज ३०

After a long needed holiday

Well, dashain is finally over. Loking back at the last eight days when I was detached from computers, emails, internet and spending the whole time with my family, I realized that I badly needed that looong holiday. In total, it was a quality time I must admit. It was nice to find so many comments awaiting my moderation in the blog. Geared up with new energy and enthusiasm, hopefully I will be able to write some quality stuffs. The workload is there and lots of things to catch up with. May Goddess Durga give me strength to continue. I wish everyone a merry Tihaar which is just round the corner.

Friday, October 3, 2008

लोडशेडिङ्ग.....

साँझैपिच्छे लोडशेडिङ्गले


छोपेका अंध्यारा दिमागहरूमा


के पलाउन् र अरू


निराशाहरू नपलाए


एउटा अंध्यारोबाट उम्केर


बिलाउनु पर्ने अर्को अंध्यारोमा


नियति के हाम्रो यति नै


उदाउन नपाउँदै एउटा प्रश्न


फेरि विलीन हुन पुग्छ


लोडशेडिङ्गकै कालोमा


 


उज्यालो त चेतना हुन्छ


सेतो त ज्ञानको रंग रे


तर हाम्रो उज्यालोको भोक


कसले कहिले मेटाउने हो


हाम्रो निष्पट कालो संसारमा


घाम कहिले उदाउने हो


हरेक मान्छे बाँचिरहेको छ


भाग्यको बोकेर रित्तोरित्तो


एकएक वटा कुलेखानी


छोड्न पाइएला कुनै दिन भन्दै


अंध्यारोमा रूमल्लिने बानी


 



निभ्नै नपर्ने बेला पनि अचेल
तर झ्याप्पै निभ्ने गरेको छ बत्ती

 


मंसीर १, २०६५ नेपाल पत्रिकामा प्रकाशित

Thursday, October 2, 2008

शून्यको मोल

जति घुमिरहे पनि
आफ्नै परिधिमा फन्फनी
कहीं नपुग्ने शून्य
खोक्रो शून्य, रित्तो शून्य
मोल नभएको शून्य

एउटा शून्यबाट सुरू भएको म
मेरा उपलब्धिहरू पनि शून्य
मैले चढ्न खोजेका पहाडहरूका
उचाईहरू पनि शून्य
म एउटा शून्यको पछाडि
थुप्रै लाम लागे शून्य
जति थुप्रे पनि शून्यका पछाडि
शून्य त आखिर रहन्छ शून्य

अनि कुनै बखत कतैबाट
तिमी आयौ, मसंग गाँसियौ
तिमी १ मसंग जोडिनासाथ
म र मेरा थुप्रै शून्यलाई
तिमीले अमूल्य बनायौ

मलाई तिमीले सिकायौ
१ बनेर अघि सर्न
कतै तिमी पनि कुनै बेला
शून्य भयौ भने

अब मलाई डर छैन
जति नै अरू मेरो पछि
जोडिए पनि शून्यहरू

Wednesday, October 1, 2008

मेरो तिमी

तिमी न्यानो घाम
शीतल जून पनि तिमी
म त जर्जर हुन्थें मरूभूमितुल्य
नहुँदो हौ त यहाँ तिमी

म बेलाबेला तिम्रो
ठेस बनेर लाग्दा पनि
उल्टै सम्हाल्ने मलाई तिमी
म अघि बढ्छु तर
मेरो पाइला तिमी
मेरो मुटु चल्छ तर
त्यसको स्पन्दन तिमी
म त उष्ण हुन्थें बलौटे वगर झैं
नहुँदो हौ त यहाँ तिमी

मैले तिमीलाई अन्जानमा
कहिले दुखाउँदा पनि
उल्टै मेरो आँशु पुछ्ने तिमी
म आँखा खोल्छु तर
मेरो दृष्टि तिमी
म सास फेर्छु तर
मेरो जीवन तिमी
म त जीर्ण हुन्थें खण्डहर झैं
नहुँदो हौ त यहाँ तिमी