Monday, August 10, 2009

अलिकति तिमी अभिमान छोड

"सीतारामले गर्दा खानै गाह्रो हुन लाग्यो नि सर !"
टोलका एक परििचत भन्दै थिए । पेसाले उनी यातायात व्यवसायी हुन् । चार-पाँचवटा ट्याक्सी छन् उनका । तर, सबै ट्याक्सी मिटर जाँचका लागि गुणस्तर तथा नापतौल कार्यालयमा लाम लागेकाले कमाइ खान गाह्रो भएको रहेछ । केही समयअघि मिटरलाई मनलाग्दी चलाएका ट्याक्सीहरू कारबाहीमा परेका थिए । र, त्यही कारबाहीका मूली ट्राफिक प्रहरी सीताराम हाथेछुप्रति उनको गुनासो लक्षित थियो ।

स्वदेशमा नै आविष्कार भएको सस्तो, राम्रो, बलियो र भरपर्दो छुस भनिने प्रविधि अपनाएर ट्याक्सीवालाले अनावश्यक रूपमा यात्रुहरूलाई ठग्ने गरेका गुनासाहरू सुनिँदै आएका हुन् । तर, सक्रिय र प्रभावशाली रूपमा चाहिँ विरलै मात्र कारबाही हुन्छ । उनका अनुसार, केही फटाहाका कारण सही ढंगले चल्ने उनका जस्ता सवारीसाधनले पनि व्यर्थमा दुःख पाउनुपर्‍यो । ट्याक्सीलाई कारबाही गरेको समाचार प्रसार गर्ने सञ्चारमाध्यमहरू गुणस्तर तथा नापतौल कार्यालयमा पाइने दुःखका बारे मौन बसेकामा पनि उनले गुनासो पोखे । नापतौलका मान्छे र ट्राफिकले पैसा कमाउने भए भन्दै उनले लामो सुस्केरा पनि काढे ।


वास्तवमा कुनै पनि क्षेत्रमा सबै सही वा सबै गलत मान्छे हुँदैनन् । यो पनि सही हो कि केही फटाहाले गर्दा धेरै सोझासाझाले दुःख पाउँछन् । यो कुरा ट्याक्सीको मिटरमा मात्र लागू हुने होइन । हाम्रा वरपिरकिा अधिकांश कुराहरूमा यस्तो हुने गरेको छ । हामी आफ्नो सानो फाइदाका लागि अरूलाई कति अप्ठ् यारो पाररिहेका छौँ भन्ने कुरालाई ध्यान दिँदैनौँ । आफ्ना अधिकारका लागि अरूका अधिकार खोस्न लाज नमान्ने स्वार्थी प्रवृत्ति हामीमा हावी हुँदै गइरहेको छ ।

केही दिनअघि मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पछाडिको साँघुरो सडकमा देखिएको एउटा रोचक घटनाको स्मरण हुन्छ । बाटो अवरुद्ध थियो, दुवैतिरबाट आएका साना-ठूला सवारीसाधनहरू कानको जाली फुट्ने गरी हर्न बजाइरहेका थिए । कारण थियो, झन्डै आधा सडक ढाक्ने गरी राखिएको एउटा मोटरसाइकल । निकैबेर पछि पनि मोटरसाइकल धनीको अत्तोपत्तो नभएपछि त्यसलाई सार्नका लागि एक भलादमी गाडीबाट ओर्लेर आए । ह्यान्डल पनि लक गरएिको त्यो मोटरसाइकलको पांग्रा उनले सकी-नसकी उचालिरहेका बेला थाहा भयो, मोटरसाइकलवाला त्यहीँ सँगै उभिएर पेटीको तरकारी पसलमा आलु किन्दै रहेछन् । उनले राताराता आँखा पल्टाउँदै ती व्यक्तिलाई उल्टै आफ्नो मोटरसाइकल किन चलाएको भनेर हकारे । गाडीवालाले उनलाई मोटरसाइकलका कारण त्यत्रो बेर बाटो अवरुद्ध भएको नम्र निवेदन गर्दा तिनले कड्केर 'सपिङ् गररिहेको देख्नुभएन ?' भने ।

गजब त के भने न त उनमा कुनै पश्चात्तापको भाव थियो, न ग्लानिको रत्तिभर अंश । त्यसैले आलु सपिङ् नसकी मोटरसाइकल हटाउने उनको मनसाय देखिएन । गाडीवालाले विनम्र भावमा बाटो नै रोकिएकाले 'मोटरसाइकल हटाउने कि आफैँ हटाऊँ ?' भनेर सोधे । आलु ग्राहकले मानौँ, उनीमाथि कृपा गरििदएझैँ मोटरसाइकल हटाउन भने र फेर िआलु सपिङ्मा व्यस्त भए । तर, ह्यान्डल लकसम्म पनि खोलिदिएनन् ।

आफूले त्यसरी राखेको मोटरसाइकल अरूले आएर सार्दा पनि उल्टै शेखी झार्न सक्ने ती महानुभाव अहिलेको हाम्रो राष्ट्रिय चरत्रिका प्रतिनिधि हुन् । यही हो, हाम्रो अहिलेको यथार्थ । आफ्नो आत्मा साक्षी राखेर हामीले सोच्नुपर्छ, कतै हरेक ठाउँमा गति अवरुद्ध हुने गरी थरीथरीका अवरोधहरू तेस्र्याउने हाम्रो स्वभाव बन्दै गएको त छैन ? हामी आफ्नो सुविस्ता खोज्न अरूहरू भर्सेला परुन् भन्ने मानसिकता बोकेर बाँच्न थालेका त होइनौँ ? अनि, हामी दबाबको राजनीतिलाई आफूले चाहेको कुरा प्राप्त गर्ने मूलमन्त्र मान्न थालेका त होइनौँ ? सरकारमा बसेकाहरूलाई कसरी हुन्छ अप्ठ्यारोमा पारौँ भन्नेबाहेक प्रतिपक्षमा बस्नेहरूले किन कहिल्यै पनि नसोचेका त ? चाहे जो सरकारमा होस्, जो प्रतिपक्षमा, कुरा जहिले पनि एउटै हुन्छ । झीनामसिना विषयदेखि लिएर संविधान निर्माणसम्म कुनै एउटै पनि कुरा विवादरहित हुन नसक्नुले कतै समस्यापरक मानसिकताको सिकार भइरहेका छौँ कि भने आत्मविश्लेषण गर्नुपर्ने बेला भएको छ । हरेक दिन हरेक क्षेत्रमा नयाँ-नयाँ अल्भिmने समस्याहरू सुरसाको मुख बनेर किन देखा पररिहन्छन्  ? कसैले भनेको कुरा कसैले मान्नै नहुने अहंवादी सोचका कारण अब त हुँदाहुँदा मान्छेहरू सर्वोच्च अदालतको फैसलालाई समेत नटेर्ने भइसके ।

सरकारी विद्यालयसरह निजी विद्यालयका शिक्षकहरूलाई सुविधा चाहियो भनेर सारा विद्यालयहरू जबरजस्ती बन्द गरेर केटाकेटीहरूको पढ्न पाउने अधिकारलाई हनन गर्ने आन्दोलनकारी शिक्षकहरूले एकपटक पनि अरूका लागि सोचेनन् । हुन त अचानक स्कुल बन्द भनिदिँदा आफ्ना छोराछोरीलाई बस चढाएर हतारँिदै कार्यालय पुग्नुपर्ने बाबुआमा सडकमा कति अन्योलमा पर्छन् भन्ने उनीहरूको मतलबको कुरा पनि होइन । देशभरका विद्यालय अनिश्चित रूपले बन्द हुनु भनेको उनीहरूको भविष्यमाथि खेलवाड हो कि होइन भन्ने पनि उनीहरूले किन टाउको दुःखाइरहनु र !

कसैलाई विश्वस्त बनाएर मनाउने होइन, बाध्य बनाएर मनाउने हाम्रो बानी हुँदै गएको छ । फोहोरै व्यवस्थापनका कुरा हुन्, तात्तो न छारोका बहानामा भइरहने आन्दोलन, हडताल, चक्काजाम र बन्दका आह्वानहरू सबैमा यो दबाबमूलक मानसिकता हावी भइरहेको छ । चिकित्सकहरूले बिरामी जाँच्न छोडेर, शिक्षकहरूले पढाउन छोडेर, महामारीको मुखमा महानगरलाई राखेर फोहोर उठाउन छोडेर, मेलम्चीको सुरुङ खन्नै नदिएर, दुर्घटना हुनासाथ बाटोघाटो नै बन्द गरेर, बीपी राजमार्गलाई तराईसँग जोड्नै नदिएर, जनप्रतिनिधिहरूले सदन चलाउन छोडेर आफ् ना मागरूपी मोटरसाइकललाई ह्यान्डल लक गरेर बाटोमा तेस्र्याएर आलु किनेर बस्नु कसरी समस् याको समाधान हुनसक्छ ? कुनै हवाईजहाज वा कसैको छोराछोरी अपहरण गरेर आफ्नो माग पूरा गराउनका लागि अपराधीहरूले अपनाउने बाटो र हामीकहाँ मौलाउँदै गएको यस किसिमको मानसिकतामा खासै केही फरक लाग्दैन ।

अहिलेको आवश्यकता भनेको एउटाले अर्कोलाई सजिलो बनाइदिने हो, अप्ठ्यारो होइन । प्रयास गरेर हेरौँ न मात्र, हामीले सोचेभन्दा सरल छ, अरूका लागि सजिलो भइदिन । आँखा तर्दा बिग्रने कुराहरू मुस्कुराउने हो भने तुरुन्तै सपि्रन्छन् । यो कुरा हामीले मनन गरेर व्यवहारमा ल्याउन सक्यौँ भने हाम्रो आजको पुस्तालाई भोलिको इतिहासले गर्वका रूपमा लिनेछ, केही दिनअघि मात्र योगेश वैद्यको स्वरमा सुन्न पाएको राममान तृषितको गीतले भनेझैँ:
"अलिकति तिमी अभिमान छोड, अलिकति म अभिमान छोडूँ............"

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...