Sunday, December 6, 2009

सर्जियस होइन, ब्लन्सली

कहिलेकाहीँ नचिनेका मान्छेहरू पनि परििचत बन्ने गर्छन् । यस्ता किसिमका अनौठा सम्बन्धहरूले थुप्रै ठाउँमा जन्म लिने गर्छन् । हामी नियमित रूपमा काममा निस्कँदा सधँै देखिने मान्छेहरू, बस कुर्दा अलि पर उभिएका एउटै गन्तव्यका सहयात्रीहरू, तरकारी बजारमा बिहान-बेलुका भेटिने आफूजस्तै ग्राहकहरूको नामथर केही थाहा नभए पनि परििचत लाग्छन् । कुनै कुराकानी, बोलीचाली, भलाकुसारी नहुँदानहुँदै पनि यी अपरििचत मान्छेहरूप्रति एक किसिमको आशक्ति हुने गर्छ । ती मान्छे को होलान्, के गर्लान्, कस्ता होलान् भन्ने कौतूहल मनमा पैदा हुने गर्छ । अनि, अर्को रमाइलो कुरा के भने तीमध्ये कोही मन पर्छन्, कोही मन पर्दैनन् । कसैलाई आज पनि देखिए हुन्थ्यो जस्तो लाग्छ भने कसैलाई नदेख्न परे हुन्थ्यो भन्नेजस्तो पनि हुन्छ । ती मान्छेहरू मन पर्नु वा नपर्नुको कुनै कारण नै नभईकन पनि तिनीहरूका बारेमा एउटा धारणा बन्ने गर्छ । दुवै धारणा सही वा गलत जे पनि हुन सक्छन् । सायद तिनीहरूको हाउभाउ, हेराइ, व्यक्तित्व वा शरीरको भाषाले हामीलाई एउटा निश्चित धारणा बनाउन प्रभावित गरेको हुन्छ । 

त्यस्तै एक जना मान्छे बिहान सधँै भेटिन्छन् । तिनी पनि आफ्नो सानो छोरालाई स्कुलको बस चढाउनका लागि मूल बाटोमा आएका हुन्छन् । निकै लामो समयदेखि सधँै भेटिने भए पनि ती मान्छेसँग किनकिन एक किसिमको चिढ हुने गथ्र्यो । उनको हेराइ निर्विकार भएकाले हुनुपर्छ, आँखा भावहीन भएकाले पो हो कि अथवा कहिले पनि नमुस्कुराउने उनको चेहराले हो, त्यसको आफ्नै हिसाबले अर्थ लगाइन्थ्यो । मान्छे पूर्वाग्रही भएपछि केही कुरा पनि सकारात्मक लाग्दैन, कुनै पनि कुरा राम्रो देखिँदैन । दुर्गालाल श्रेष्ठको गीतले भनेजस्तै सायद, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भएजस्तो ती मान्छे कुरूप लाग्थे । धार्मिक चलचित्र बनायो भने कुनै पनि राक्षसको भूमिकामा बिनामेकअप नै खेलाउन मिल्ने जस्ता लाग्थे ती मानिस । सधँै आँखा जुध्दा चिसो भावले हेर्ने ती मान्छेका आँखाहरूलाई चिसै उत्तर दिइने क्रम चली नै रहन्थ्यो । अनि, हरेक दिन ती मान्छेलाई आज देख्न नपरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

तर, एक दिन अचम्म भयो । सधँैजस्तै आँखा जुध्दा ती मान्छे अनायास मुस्कुराए । एक मुस्कानले मानिसको ओठ मात्र होइन, उसको आँखा, अनुहार र समग्र व्यक्तित्वमा नै कति ठूलो परविर्तन आउँदो रहेछ । अनि, त्यो मान्छेप्रतिको आफ्नो धारणा अनायास नै कुनै जादुको छडीले छोएजस्तो नाटकीय रूपमा परविर्तन हुँदोरहेछ । नराम्रो लाग्ने ती मानिसमा अचानक नै सुन्दरता देखिएको भान भयो । त्यसबखत तिनी धार्मिक चलचित्रका असुर पात्रजस्ता कतैबाट पनि देखिएनन् । एउटा ओठसँग सिंगै अनुहार हाँसेपछि आफ्नो पनि अनुहार निर्विकार रहन सक्दैन रहेछ । दुवैतिरबाट आदानप्रदान भएको एक-एकवटा मुस्कानले मानौँ, लाखौँ शब्दले बोलेर नभ्याउने भाषा बोलिदिए । हाम्रा पाइलाहरू कुनै अदृश्य शक्तिले सन्तुलन गरेझैँ एकअर्कातिर बढे । अनि, साधारण भलाकुसारी हुँदै स्कुलको बस नआउन्जेल अन्य धेरै कुराहरू हुन थाले । ती मान्छेको स्वर पनि मीठो रहेछ । सभ्य र सुसंस्कृत पनि लागे तिनी । हाम्रा सोचाइमा अनेकौँथरी सुखद समानताहरू पनि रहेछन् । 

बस आएपछि आफ्नी छोरीलाई चढाएर उनीसँग बिदावारी भएर भोलिपल्ट भेट्ने वाचा गरेर र्फकंदा मनमा खेलिरह्यो, यदि आज त्यो एक मुस्कान नभइदिएको भए उनका राम्रा पक्षहरूका बारे त थाहा पनि हुने थिएन र तिनलाई पूर्वाग्रही आँखाले नै मात्र हेरनिे थियो होला । त्यो मुस्कान उनको भन्दा पहिले आफ्नो ओठमा किन आएन होला भन्ने प्रश्न पनि मनमा खेलिरह्यो । एउटा मुस्कान, न त्यसका लागि खासै कसरत गर्नुपर्छ, न त त्यो खर्चालु छ, न त्यो धेरै प्रयोग गरेर सकिन्छ । अनि, त्यसले कहिल्यै पनि कुनै पनि रूपमा हानि पनि गर्दैन । त्यति हुँदाहुँदै पनि किन हामी मुस्कुराउन कन्जुस्याइँ गर्छौं ? हामी अचेल जुन परविेश र परििस्थतिमा बाँचिरहेका छौँ, हो- मुस्कुराउन सजिलो छैन । त्यसैले हामी आक्रामक र हिंस्रक हुँदै गएका छौँ । तर, जसरी त्यो एक मुस्कानले मित्रतालाई निम्त्याएको थियो, त्यसैगरी आवेगले आवेगलाई नै निम्त्याउँछ । हामी आफूभन्दा निर्धोलाई पेलेर बहादुरीको आत्मरति पाल्छौँ । बहादुरीको परभिाषा नै फरक बनाउँछौँ हामी । 

बाटोमा दुईतिरबाट आएका सवारीहरू एकअर्कासँग बाझेर बसेका दृश्यहरू हामी दिनहुँ देख्छौँ । अर्कोको गल्ती छ भने त्यसमाथि जाइलागि नै हाल्ने त मानौँ हाम्रो जन्मसिद्ध अधिकार भइसकेको छ, हिजोआज । तर, एकपटक सोचौँ, अर्काको गल्ती नै छ भने पनि त्यसलाई मुस्कुराएर हलुका बनाइदिन, आफ्नो गल्ती छ भने मुस्कानले त्यसको माफी माग्न कति गाह्रो छ ? त्यो गर्न सक्ने हो भने हाम्रो दैनिक जीवन नै कति धेरै शान्त हुन्छ ? हामी सबै आफैँमा भिन्दै छौँ, फरक छौँ तर आफ्नो मूल्य, आफ्नो मान्यता, आफ्नो सिद्धान्त र विचारमा उग्र हुँदाहुँदै अरूका तिनै कुराहरूप्रति पनि अलिकति सौहादर््रता देखाउन पैसा पनि लाग्दैन, बल पनि लाग्दैन । त्यति गर्न सक्यौँ भने नजानिँदो पाराले हामी आफैँलाई खुसी बनाइरहेका हुन्छौँ । आफ्ना वरपिरकिा अरूलाई खुसी बनाइरहेका हुन्छौँ ।

जर्ज बर्नाड शले आफ्नो प्रसिद्ध नाटक आम्र्स एन्ड द म्यानमा बहादुरी र मूर्खताबीचको फरकलाई साह्रै सटीक हिसाबले अथ्र्याएका छन् । युद्धका बेलामा ज्यान बचाउन भागेको ब्लन्सली नामक एउटा सिपाहीलाई नायक र उनीहरूलाई भगाउने सेनाको नेतृत्व गर्ने सर्जियसलाई मूर्खका रूपमा चित्रण गरेर उनले मानवीयताको सन्देश दिएका छन् । अहिलेको अवस्थामा हामीले आफूलाई जाइलाग्ने सर्जियस होइन, बरु दुई पाइला पछि हट्न सक्ने ब्लन्सली बनाउने प्रयास गर्नुपर्छ । त्यस दिन बस स्टपमा भेट्ने मान्छेको मुस्कानबाट यही निचोड निकालेर र्फकंदा भोलिपल्ट ती मान्छेलाई देख्न पाइयोस् भन्ने लागिरहेकोे थियो । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...