Translate

Wednesday, May 21, 2014

डक्टरका अक्षर

 'बायाँ फन्को' १३२

एकपटक एक जना डाक्टर आफ्नो साथीलाई बेलुकी खानाका लागि निम्तो दिन उनको घर पुगेछ। साथी घरमा नभएकाले उसले सन्देश एउटा कागजमा लेखेर ढोकामा अड्क्याएर छाडेछ। 'एक सातादेखि समय मिलाउन खोजिरहेको थिएँ। फलानो मितिमा फलानो समयमा मेरो घरमा खाना खानका लागि आउनू।'


साथीले बेलुकी सन्देश पढ्न खोजेछ। तर, डाक्टरको अक्षर न पर्‍यो, बिचरोले निकै प्रयत्न गर्दा पनि त्यसको छेउटुप्पो केही फेला पार्न सकेनछ। उसको दिमागमा एउटा जुक्ति फुरेछ। डाक्टरको अक्षर सबैभन्दा राम्ररी बुझ्न सक्ने कला भनेको त औषधी पसलेहरूसँग हुन्छ। उनीहरूले त अवश्य बुझ्छन् भनेर ऊ आफ्नो घरनजिकको औषधी पसलमा गएर त्यो कागज देखाएछ।



'साहूजी, यो के लेखेको हेरििदनुस् त!'



पसलेले त्यसलाई ध्यानपूर्वक हेरेछ, ती मान्छेलाई एकैछिन पर्खन भन्दै भित्र गएछ। आउँदा उसको हातमा दुईथरी औषधी थिए। औषधी पसलेले भनेछ, 'यो खानाअघि र यो खानापछि दुई-दुई चक्की सात दिनसम्म खानू।'



डाक्टरका अक्षरहरूका बारेमा थुप्रै हास्यास्पद प्रसंग फेला पर्छन्। तर, यो सुन्दा हाँसोउठ्दो प्रसंग भए पनि यसका पछाडि एउटा गम्भीर पक्ष पनि लुकेको छ। हुन पनि हो, डाक्टरहरूको अक्षर बुझ्न वास्तवमै अत्यन्त कठिन हुन्छ। यस स्तम्भकारले पनि अहिलेसम्म कुनै पनि डाक्टरको स्पष्ट बुझिने प्रेस्त्रिmप्सन देखेको छैन। मानौँ, उनीहरू कसले सबैभन्दा अस्पष्ट र छरपस्ट अक्षर लेख्न सक्छ भन्ने अदृश्य प्रतियोगितामा भाग लिइरहेेका हुन्छन्। बिरामीका लागि जीवनदान दिने औषधीजस्तो संवेदनशील कुरा लेख्ने अक्षर किन त्यस्तो हुन्छ? यसको परण्िााम कस्तो हुन्छ? यसका नकारात्मक पक्ष केसम्म हुन सक्छन्?



गुगलका अनुसार डाक्टरहरूको खराब अक्षरका कारण विश्वमा वर्षभरमिा सात हजारभन्दा बढी बिरामीको ज्यान जान्छ रे! झन् हाम्रो जस्तो साक्षरता र शिक्षाको कमी भएको मुलुकमा यो अझै गम्भीर र संवेदनशील कुरो हो। हामीकहाँ त औषधी बेचबिखनमा धेरै हेलचेक्र्याइँ हुन्छ। एउटा निश्चित पढाइ गरेर परीक्षा उत्तीर्ण गरेपछि मात्र औषधी पसल खोल्न पाउने प्रावधान त छ। तर, त्यो पढाइमा डाक्टरका बुझ्न नसकिने अक्षर कसरी डिकोड गर्ने भन्ने तालिम र अभ्यास गराइन्छ कि गराइन्न भन्नेचाहिँ थाहा छैन।



त्यस्त अधिकांश पसलमा स्वीकृति पाएका मानिस बस्दैनन्। ऊ आफ्ना अरू काममा लागेर श्रीमान्, श्रीमती, बाबु, आमा, सासू, ससुरा, दाजु, भाइ, साथी वा कर्मचारीको भरमा पसल चलाइरहेका उदाहरण हरेक टोलमा देख्न पाइन्छ। एक त डाक्टरको अक्सर नबुझिने अक्षर, त्यसमाथि तालिम नलिएका मान्छे। त्यति हुँदाहुँदै पनि औषधी ग्राहकले मागेको भरमा बिनाप्रेस्त्रिmप्सन बेचिन्छ। पसलेले आफँै पनि डाक्टरसरह जिज्ञासुहरूलाई औषधी दिइरहेका हुन्छन्, मानिसहरूले लिइरहेका हुन्छन्। यस विषयमा पनि अनुगमन र कडाइ आवश्यक छैन र? हामी त अरू धेरै कुरामा जस्तै यसमा पनि आँखा चिम्म गरेर पशुपतिनाथको भरमा बसेका छौँ।



एउटा साधारण जिज्ञासा के भने अरू पेसामा हुनेको अक्षर खराबलाई नराम्रो मानिए पनि डाक्टरका लागि किन यो लागू नहुने होला? डाक्टरको अक्षर किन कागले छेरेको जस्तै हुनुपर्ने होला? केही डाक्टरको भनाइ खोतलखातल गर्दा मुख्यतः दुईवटा कुरा पाइन्छ। पहिलो, पढाइका क्रममा निकै कम समयमा निकै धेरै नोट टिप्नुपर्ने भएकाले बिजुलीका गतिमा औँला नचलाई त्यो सम्भव हुँदैन। वर्षौंसम्म अभ्यस्त भइसकेको त्यो गति पछि पनि बानी नै बनिसकेको हुन्छ। दोस्रो, बिरामीको चापले गर्दा दिनभरमिा यति धेरै प्रेस्त्रिmप्सन लेख्नुपर्छ, सबैमा क्यालिग्राफी देखाउन सम्भव हुँदैन।



दुवै कुरालाई नकार्न नसकिए पनि मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा यस्तो जुवा खेल्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि आफ्नै ठाउँमा टड्कारो छ। यसको एउटा एकदमै साधारण समाधान हुन सक्छ। डाक्टरले पि्रन्टेड प्रेस्त्रिmप्सन मात्र दिने। प्रविधिले यति ठूलो फड्को मारेको युगमा सानातिना डिपार्टमेन्टल स्टोरले त पि्रन्टेड बिल दिन सक्छन् भने डाक्टरले ल्यापटप वा डेस्कटप प्रयोग गर्न नसक्ने भन्ने कुरै छैन। विश्वका थुप्रै मुलुकमा यो अनिवार्य भइसकेको छ र उनीहरूले यसलाई व्यावहारकि प्रयोगमा ल्याइसकेका छन्।



हाम्रो जस्तो अल्पविकसित मुलुकको ग्रामीण र दुर्गम क्षेत्रमा यो त्यति सहज नहुन सक्छ। त्यस्तो ठाउँमा कमसे कम औषधीको नाम र सेवन गर्ने तरकिा सबै 'क्यापिटल लेटर' -ठूला अक्षर)मा मात्र लेख्ने अभ्यास गर्न सकिन्छ। केही दिन अभ्यास हुने हो भने त्यसरी पनि त्यति नै छिटो अक्षर लेख्न सकिन्छ। त्यति सानो प्रयासले मानिसको जीवनमा नै असर गर्ने कुरामा सुधार हुन सक्छ भने त्यो किन नगर्ने ? 

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment