Saturday, April 22, 2017

सरकार

वैशाख ९, २०७४- कान्तिपुर कोसेलीमा प्रकाशित 

उसलाई लाज लाग्दैन, ऊ त सरकार हो
सरकारलाई न घामले पोल्छ,
न पानीले नै भिज्छ ऊ
उसलाई दु:ख लाग्दैन, ऊ सरकार हो
कहाँ लाग्छ र सरकारलाई अन्नको भोक
खानुपर्दैन उसलाई अरुलाई जसरी
चिन्ता हुँदैन उसलाई हातमुख जोर्ने
तै पनि खै कसरी हो कुन्नि
हर बिहान हाम्रो अघि, वरिपरि, चारैतिर
थुप्र्‍याउाछ ऊ थुप्रोथुप्रो विष्टाहरु
चपाइएका छन् जसको लागि, हाम्रा सपना, भविष्य र वर्तमान
सरकार, हामीलाई भूतका कुराहरु सुनाउँछ–चेताउँछ
भविष्यका भयावह परिणामको गर्छ सदृश्य वर्णन–तर्साउँछ
कहिलेकाहीं मृगमरीचिकाजस्तै सुन्दर सपनाहरु देखाउँछ,
कुदाउँछ हामीलाई शीतल भ्रम देखाएर
तबसम्म, जबसम्म
फत्रक्क भएर गोडा हामी, बालुवाको थुप्रोमा पछारिन्नौं
अनि हाम्रो निस्प्राण शरीरमा सरकार ओढाउाछ छाता,
कहिले कुनै दलको, कहिले चन्द्रसूर्यको
सरकार गोही हो, सिकार निल्ने बेला ऊ चुहाउाछ
दुई थोपा नुनिलो आासु

उसका लागि हामी मात्र बूढीऔंला हौं
बेला–बेला जसको नङमा कालो दल्नुपर्छ,
सायद निधारमा पनि
उसलाई साकार बनाउनका लागि
हामी फगत मुठ्ठी हौं, कस्सिनुपर्छ
ऊ बन्नका लागि
हामी फुटेका इाटाका टुक्रा भै यताबाट उता हुर्‍याइनुपर्छ
थोत्रा टायरहरु हौं हामी, उसका लागि बेला–बेला बल्नुपर्छ
उसको आँखा पीरो हुादैन, सरकारको त आँखै हुँदैन
कहाँ निस्सासिन्छ र उसको सास, सरकारको त प्राणै हुादैन
ऊ हामीलाई उडाउँछ धूलो बनाएर, नारा बनाएर घन्काउँछ हामीलाई
मतपत्र बनाएर छाप्छ ऊ हामीलाई, कुच्च्याएर बाकसमा कोच्छ
फेरि सम्याएर हामीलाई गन्छ
ऊ जित्छ हाम्रा हारहरुमा कुल्चेर, अनि गलामा भिर्छ हार नै बनाएर
हामीसँगै घोचिएर, घाइते हुन्छन् मालामा उनिएका फूलहरु
अलिअलि गरेर मर्छन् हामीसँगै, हामीजस्तै पीडादायी मृत्यु
हाम्रो मृत्यु उसलाई दुख्दैन, सरकारमा समवेदना हुँदैन
उसको चौडा काँध हुन्छ तर, बोकेर हिंड्दैन ऊ हामीलाई
सरकार पिँध नभएको लोटा हो
कुनै पनि बेला जतासुकै पनि
पुल्टुङ्ग पल्टिन सक्छ
रगत उसको प्रिय पेय पदार्थ हो,
हर दिन लठ्ठ रहन्छ त्यै पिएर
बनेको छैन आजसम्म रगत सुँघ्ने मापसे यन्त्र,
त्यसैले, निस्फिक्री घुम्छ सहरका गल्लीगल्लीहरुमा
मातेको सरकार
मातेको सरकारलाई केही थाहै हुँदैन

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...