Translate

Friday, July 2, 2021

 केही समयअघिको यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालय भवनको पछाडि लामो लाइनमा उभिनुपर्दा अलि पर कुनामा उपेक्षित रूपमा मिल्काएर राखिएको एउटा ट्रली बसको भग्नावशेषमा मेरा आँखा अडिए ट्रली बसको त्यो नीलो लासलाई देखेर बाल्यकालको पुरानो सम्झना हरियो भएर आयो

हाम्रो घर त्रिपुरेश्वरको मूल सडकमा दुवैतिर निकै गहिरागहिरा खाल्टाहरू खनिन थालेका थिए बराबर दूरीमा त्यति धेरै खाल्टाहरू किन खन्न थालेको होला ? गम्भीर मुद्रामा चिउँडो कन्याउँदै मेरो एक साथीले भन्यो, ‘मेरो विचारमा इनार खनेको हुनुपर्छ !

मैले केही सोचेर भनें, ‘होइन होला यतिका धेरै इनारको के काम ? त्यो पनि मूल बाटोमा ?’ हुन पनि त्यतिबेला घरघरमा धारामा निर्बाध रूपमा पानी आउँथ्यो तीन तलामाथि राखेको टंकीमा पनि बिनामोटर पानी आफैं चढ्थ्यो त्यसैले इनारको कुनै औचित्य थिएन हामीले हेर्दाहेर्दै केही दिनमै त्रिपुरेश्वरबाट थापाथली हुँदै माइतीघरको मोडसम्मै लहरै खाल्टाहरू खनिन थाले अनि केही समयपछि तिनमा बडेबडेमानका निकै चौडा खम्बाहरू गाडिन थाले

आज सहर जीवन व्यस्त तर, पनि बाटोमा खम्बा गाडेको देख्दा हामी रमाइलो मानेर हेरेर बस्छौं आजभन्दा चार दशक पहिले सानातिना होइन, अजंगका खम्बाहरू गाड्न थालेको देख्दा मानिसहरूलाई कस्तो भयो होला ? त्यतिबेला काठमाडौंमा कसैले कतै पनि त्यति ठूला खम्बा देखेको थिएन बिजुली अड्डा, टेलिफोनका केही काठ टिनका खम्बाहरू हुन्थे ती पनि तथाकथित सुपरमोडलजस्ता लुरा, खिरिला टिंग्रिङ्ग परेका ती धेरै अग्ला पनि कहाँ हुन्थे  ? त्यस्ता खम्बाहरू देख्ने बानी परिरहेकाहरूलाई खली पहलवान्जस्ता विशाल, अग्ला, चौडा सिमेन्ट कंक्रिटका खम्बाहरू देख्दा उदेक लाग्ने नै भयो

केका लागि गाडिएका होलान् त्यति धेरै खम्बाहरू ? कहाँसम्म पुग्ला त्यो खम्बाको लाइन ? कसैले सुनायो, ती खम्बाहरू त्रिपुरेश्वरदेखि भक्तपुरको सल्लाघारी हुँदै सूर्यविनायक भन्ने ठाउँसम्म पुग्छ रे ! हामी केटाकेटीहरू मात्र होइन, त्यतिबेला त्यो ठूलाबडाहरूका लागि पनि निकै ठूलै चर्चाको विषय बन्यो किनभने बानेश्वरलाई काँठ भनिने बेला थियो त्यो माइतीघरदेखि कोटेश्वरसम्म दुवैतिर अहिले घरहरू फलेको ठाउँमा त्यतिबेला खेत थियो त्यहाँ धान फल्थ्यो, तरकारी फल्थ्यो त्योभन्दा पर गठ्ठाघर, सल्लाघारी, ठिमी भनेको कहाँ हो कहाँ ? कति मानिस त्यहाँसम्म पुगेका पनि हुँदैनथे तर, ती खम्बाहरू सूर्यविनायकसम्म पुग्छन् रे ! त्यो खम्बामा ढाड अड्याएर पछाडिबाट अँगालो हालेर आफ्नो दुवै हातले छुन सक्यो भने चिताएको कुरा पुग्छ रे ! हामी जाँचमा नपढीकनै पास हुन पाइयोस् भनेर मरीमरी त्यसलाई अँगालो मारेर दुवै हात तन्क्याउँथ्यौं तर, हाम्रो हातले त्यो भ्याउँदैनथ्यो अनि हामी अँध्यारो अनुहार लगाएर घर गएर किताब पल्टाएर बस्थ्यौं

केही समयपछि नै अर्को नयाँ कुरा सुन्न थाल्यौं, चाइनाको सहयोगमा ट्रली बस आउन लागेको रे ! खम्बा गाड्ने काम त्यसैका लागि भइरहेको हो तयारी जतिजति अघि बढ्यो, कुराहरू पनि त्यही अनुपातमा सुन्न थालियो ट्रली बस भनेको बिजुलीले चल्छ रे, त्यसमा पेट्रोल वा डिजेल चाहिन्न रे ! त्यसको आवाज पनि आउँदैन रे ! त्यसले धूवाँ पनि फ्याल्दैन रे ! ओहो कस्तो अचम्म, कसरी चल्छ होला बिजुलीले ? हामी कल्पना गर्थ्यौं (वातावरणका लागि त्यो कति ठूलो कुरा हो भन्ने अहिलेसम्म पढेलेखेका ठूलाबडा, सरकार पहुँचमा भएका कसैलाई थाहा छैन भने त्यतिबेला हामी बल्ल स्कुल जान थालेका भुरा केटाकेटीहरूलाई झन् के थाहा हुनु  ?) हाम्रो लागि बिजुलीबाट चल्ने ट्रली बस नामको एउटा मायावी जिनिस आउन लागेको उत्साह नै पर्याप्त थियो



अन्ततः दुई वर्षमा ट्रलीबसका लागि आवश्यक संरचना तयार भयो सन् १९७५ को डिसेम्बर २८ तारिखमा त्यसको औपचारिक सुरुवात हुने भयो हो तपाईंले ठीक पढ्नुभयो दुई वर्ष लगाएर तेह्र किलोमिटरको त्यो संरचना तयार भएको थियो त्यति बेलासम्म हामी अहिलेको जस्तो विकसित थिएनौं, जसले कोटेश्वरकलंकीको नौ किलोमिटर सडक विस्तारलाई मात्र पाँच वर्ष लगाओस् त्रिपुरेश्वरमा गणेशस्थान अगाडि ट्रली बसको टिकट किन्ने अफिस भवन पनि निर्माण भएको थियो सार्वजनिक यातायात त्यति व्यवस्थित नभएको हाम्रो देशमा चिनियाँहरूले बनाइदिएको त्यो चिल्लो भव्य अफिस आफैँमा गज्जबको आकर्षणको केन्द्रविन्दु थियो मानिसहरूले पहिले नै आफ्नो गन्तव्यसम्मको टिकट किन्न सक्ने, हरेक बीस मिनेटमा नियमित रूपमा बस चल्ने भनिएको व्यवस्था नौलो थियो

उद्घाटनको दिनभर ट्रली बसले त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म मानिसहरूलाई निःशुल्क यात्रा गराउने भनिएको थियो त्यस दिन सारा सहरका लागि ठूलो उत्सवको समय थियो मलाई स्कुल जान पटक्कै मन थिएन तर, ट्रली बस चढ्नका लागि स्कुल ठग्न घरका मानिसहरूले कहाँ दिनू ! मन नलागीनलागी जानै पर्‍यो दिनभर स्कुलमा कहिले छुट्टी होला ट्रली बसको तमासा हेर्न जान पाइएला भनेर मन अधीर भइरह्यो त्यस दिन कुनै पनि कक्षामा के पढाइयो भन्ने कुराको केही ध्यानै भएन निःशुल्क चढ्न पाइने ट्रलीबस चढेर सूर्यविनायकसम्म गएर फर्किने भन्ने कल्पना नै रोमाञ्चक थियो

स्कुल सकिएर घर पुग्नासाथ ब्याग फ्यालेर ट्रलीबसको स्टेसनतिर हान्निएँ त्यतिबेला साँझको बजिसकेको हुनुपर्छ काठमाडौंका कुनाकाप्चाबाट मानिसहरू अरिंगालको गोलाजसरी त्रिपुरेश्वरमा भेला भएका थिए निकै पहिलेदेखि ट्रलीबसको यात्रा गर्न लाइनमा बसेका मानिसका कारण मेरो पालो कुन ट्रिपमा आउँछ भन्ने कुनै ठेगान नै थिएन तर पनि धैर्य गरेर त्यो हूलमूलमा अडिग भएर बसिरहें मानिसहरू खम्बामा भएको तारमा आँखा गाडेर बस्थे थापाथलीनिर एउटा बस आइपुगेर त्रिपुरेश्वरतिर मोडिनुअघि नै तारमा कम्पन हुन्थ्यो अनि सबै करतल ध्वनिका साथआयो......’ भनेर कराउँथे नभन्दै केही क्षणमा मोडिएको नीलो सेतो रंगको टिलिक्क परेको ट्रली बस देखा पर्थ्यो उता थापाथली मोडबाट ट्रली बस देखिनासाथ यता मानिसहरूको हूलमूल ठेलमठेल सुरु हुन्थ्यो ट्रली बसको छानाबाट आकाशतिर उल्टोपट्टि फर्किएका दुइवटा सिङजस्ता लठ्ठीहरू खम्बामा तानिएको बिजुलीको तारसँग जोडिएका हुन्थे त्यो टुप्पो घोडाको टापजस्तो हुन्थ्यो

बिनाआवाजको त्यो विद्युतीय वाहन सललल गर्दै पानी बगेजसरी आएर त्रिभुवनको सालिक मोडिने बेला कहिलेकाहीं तारमा जोडिएको त्यसको एउटा लठ्ठी फुस्कन्थ्यो त्यसो हुँदा कन्डक्टरले ओर्लेर त्यसमा बाँधिएको डोरी तानेर फेरि मिलाएर तारमा जोड्थे ट्रलीबस बिसौनीमा आएर अडिएपछि चालकले भित्रैबाट एउटा स्विच थिच्थे अनि छुस्स.... गर्ने आवाजका साथ त्यसका ढोकाहरू खुल्थे ओर्लने चढ्ने मानिसहरूको बीचमा ठूलै द्वन्द्व हुन्थ्यो कोचिन खाँदिन मिल्ने जति मानिसहरू चढिसकेपछि फेरि छुस्स... गरेर स्वचालित ढोका बन्द हुन्थ्यो अनि ट्रलीबस फेरि सललल अघि बढ्थ्यो, बिनाआवाज मानिसहरू फेरि कुन बेला उताको तार हल्लिन्छ भनेर आँखा गाडेर कुर्न थाल्थे

यही क्रममा साँझ गाढा हुँदै अँध्यारो पनि हुन लागिसकेको थियो मेरो पालो अझै आएको थिएन मेरै उमेरका अरू तीन/चार दौंतरी पनि मसँगै थिए हामी पुलुपुलु एकअर्कालाई हेर्थ्यौं नरुले निराश अनुहार लगाएर भन्यो, ‘हाम्रो पालो आउँदैन जस्तो

मैले हतास भएर चारैतिर आँखा डुलाएँ टोलका केही ठूला दाइहरूमध्ये एकले ट्रली बसमा कन्डक्टरको जागिर पाएका थिए उनी केहीबेर पहिले कुनै बसबाट ओर्लिएका रहेछन्, हूललाई व्यवस्थापन गर्न बडो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै रहेछन् उनी त्यस दिन ठूलो भीआईपी थिए उनैलाई गुहार्न पुगें

दाइ, हेर्नु हाम्रो पालै नआउलाजस्तो भो,’ रुँलारुँलाजस्तो गरी मैले आर्तनाद गरें

उनी मेरा एक काकाको साँझसाँझ टिन्चु पानी पार्टनर हुन् भन्ने सुनेको थिएँ कसो सहयोग नगर्लान्  ? नभन्दै उनले सहानुभूतिपूर्वक मलाई ढाडस दिए, ‘पख् पख्, हुँदाहुँदै किन पीर गर्छस् ? चढाउँछु ढुक्क भएँ त्यसपछि पनि ट्रली बसहरू आउने जाने क्रम चली नै रह्यो अब साँझको साढे सात पनि नाघिसकेको थियो कुन बेला घरबाट बा अथवा आमाले आएर कान समातेर लैजाने हुन् भन्ने पनि डर लाग्न थालेको थियो तै त्यसपछि आएको ट्रलीबसमा उनले घच्याक घुचुक गर्दै हामीलाई हुल्न भ्याए अन्ततः ट्रली बस चढें सगरमाथा चढ्दा तेन्जिङ नोर्गेलाई कस्तो अनुभव भएको थियो होला भन्ने बुझ्न सक्थें

ट्रलीबस बिनाआवाज अघि बढ्यो सिट पाइएको थिएन माथि छतमा भएको समाउने डन्डी हामीले भेट्टाउने कुनै सम्भावना थिएन अलिअलि डर अलि धेरै रोमाञ्चले भरिएर सिटको छेउ अँठ्याएर अभिएको थिएँ मेरा दौंतरीहरू पनि कान रातो पारेर, आँखा ठूलो पारेर चारैतिर हेरिरहेका थिए कल्पना गर्दै थिएँ, १३ किलोमिटरको हाराहारीको त्योलामो दूरीको यात्रामा नयाँ ठाउँहरू हेर्दै सूर्यविनायक पुगेर फर्कंदा कति रमाइलो हुने होला ! उज्यालोमै चढ्न पाएको भए झनै कति मजा हुन्थ्यो होला ! ट्रलीबस सलल बग्दै थापाथली, बबरमहल, नयाँबानेश्वर हुँदै मीनभवनको ओरालोतिर पुग्यो अनि कोटेश्वरतिर नलागी मीनभवनमा देब्रे मोडियो एउटा नयाँ बनेको भवनको प्रांगणमा अडियो मैले देखें, त्यहाँ अरू पनि थुप्रै ट्रलीबस रोकिएका थिए अनि छुस्स...गरेर ढोका खुल्यो हामी जिल्ल परेर हेर्दै थियौं, बसका चालक ठूलो स्वरमा कराए, ‘ सबै जना ओर्लनुस् आजलाई यत्ति हो आठ बजेपछि ट्रली चल्दैन

त्यो भवन ट्रलीबसहरूलाई राति थन्क्याउने स्थान रहेछ कोही मानिस खुरुखुरु ओर्ले, कोही गनगन गर्न थाले, कोही प्रतिवादमा कराउन थाले धन्य त्यतिबेला प्रजातन्त्र आइसकेको थिएन, नत्र कसैले बसको ऐना फुटाउँथ्यो वा बसै जलाउँथ्यो होला ! मेरा दौंतरीहरू पनि निराश भयौं स्कुलबाट घर आएर खाजासमेत नखाई त्यत्रोबेर भोकप्यासले सेल्टिएर कन्डक्टर दाइको सोर्सफोर्स लगाएर चढेको ट्रलीबसले हामीलाई एक चौथाइ पनि यात्रा गर्न नपाई ओरालिदियो तर, हामी के गर्न सक्थ्यौं  ? हामी सबै लोप्रे कान लगाएर ओर्लियौं मीनभवनदेखि त्रिपुरेश्वरसम्म एघार नम्बरको ट्याक्सीमा लुखुरलुखुर फर्किने बेला कोही केही बोलेन घर जाने गल्लीमा छिर्ने बेला मात्र नरुले मुसोको स्वरमा भन्यो, ‘अरूलाई भन्न हुन्न बुझिस् केटा हो, बेइज्जत हुन्छ सूर्यविनायकसम्मै पुगेर आएको भन्नुपर्छहामी सबैले मौन सम्मति जनायौं त्यस राति सपनामा पनि ट्रलीबस नै देखियो

भोलिपल्ट स्कुलमा गएर मैले साथीहरूलाई बढाइचढाई यात्रा विवरण सुनाएँ उद्घाटनको दिनै ट्रली बस चढेर सूर्यविनायकसम्मको यात्रा गर्न पाउने भाग्यमानीको रूपमा उनीहरूले डाहाको आँखाले मलाई हेरे उनीहरूका लागि त्यस दिन अमेरिका पत्ता लगाएर फर्केको कोलम्बसभन्दा खासै कम थिइनँ तर, सूर्यविनायकसम्मै ट्रली बसमा चढेर जाने सौभाग्य केही महिनापछि मात्र मलाई प्राप्त भएको थियो घरका ठूला मानिसहरूले सूर्यविनायक गणेशको दर्शन गर्ने धार्मिक पर्यटनको योजना बनाएका थिए मेरा लागि त्यो गज्जबको अनुभव थियो

मेरा लागि मात्र नभई, त्यतिबेला चिनियाँहरूको सौजन्यबाट चलेका २२ ट्रली बस काठमाडौंका लागि नै गर्वको विषय थियो ट्रली बसले भक्तपुर काठमाडौंलाई नजिक बनाएको थियो धेरै मानिसको जीवन सहज बनाएको थियो उताका तरकारी, दूध, दहीजस्ता स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो सूर्यविनायक गणेश मन्दिरलाई पनि लोकप्रिय बनाएको थियो त्रिपुरेश्वर गणेशस्थानसँगै एउटा पुरानो मिठाई पसल थियोचन्दासको पसल त्यहाँको प्रख्यात जेरी खानै मात्र मानिस सूर्यविनायकबाट त्रिपुरेश्वरसम्म आउँथे रे भन्ने सुनिन्थ्यो केही मानिसहरू बिजुलीले चल्ने हुँदा करेन्ट लाग्छ कि भनेर निकै पछिसम्म पनि ट्रली बस चढ्न डराउँथे समग्रमा ट्रली बस त्यतिबेला एउटा क्रान्ति थियो त्यो क्रमलाई विस्तार गर्न सकिन्थ्यो, गर्नै पर्थ्यो किनभने त्यो वातावरणमैत्री, डिजेल पेट्रोल किन्न पैसा बाहिर नजाने विद्युतीय सवारीसाधन थियो अहिले सारा संसार विद्युतीय सवारीसाधनको विस्तार गर्ने क्रममा लागेको हामीले उहिल्यै नै त्यो क्रममा पाइला चालिसकका थियौं तर, त्यसलाई दिगो बनाउन सकेनौं

अफसोसको कुरा के भने, दूरदर्शिता नभएकाहरूले चलाएको यो देशमा ट्रलीबसको बिस्तारको कुरा छोडौं, भएका जति ट्रलीबसलाई समेत हामीले निरन्तरता दिन सकेनौं २००१ देखि राजनीतिक तथा अन्य कारणहरूले ट्रली बस बन्द नै भयो देशप्रेमी नेपालीहरूले खम्बाबाट बिजुलीका तारहरू पनि चोरेर सिध्याए कनीकुथी २००३ मा आंशिक रूपमा पुनः सञ्चालन गर्ने भनेर त्रिपुरेश्वरदेखि कोटेश्वरसम्म चलाउन थालिएको सेवा पनि अनेकौं खिचलोका कारण दिगो हुन सकेन ट्रली बस अन्ततः सधैंका लागि इतिहास बनेर बन्द भयो सडक बिस्तारका क्रममा ती खम्बाहरू पनि उखेलिए तिनको कुनै अवशेष पनि बाँकी छैन कहाँ गए होला हामीलाई चमत्कृत पार्ने त्यतिका धेरै खम्बाहरू ? ‘हामीले बाँदरको हातमा नरिवलभन्ने उखानलाई चरितार्थ गर्‍यौं कत्रो बिडम्बना !

त्यही सोच्दासोच्दै मलाई केही वर्षअघि इस्तानबुलको ट्राम चढेको सम्झना आयो त्यसको आफ्नै इतिहास त्यहाँ सन् १८६० मा घोडाले तान्ने ट्रामको सुरुवात भएको थियो, जुन सन् १९१२ मा विद्युतीय प्रणालीमा परिणत भयो सन् १९६५ सम्म विस्तारित हुँदै ५६ वटा लाइनमा चल्ने २७० वटा ट्रामले त्यहाँ १० करोड यात्रुहरू ओसारपसार गर्थ्यो तर, तीव्र सहरीकरण निर्माण अनि पेट्रोल डिजेलका बाहनहरूको बढ्दो वर्चस्वका कारण बिस्तारै ट्राम ओझेलमा पर्न थाल्यो सन् १९५६ मा बन्द नै भयो हाम्रो ट्रली बसजस्तै त्यहाँका मानिसलाई लागेको थियोबढ्दो बस, ट्याक्सी निजी सवारीसाधनका कारण यातायात जनजीवन झनै सहज हुनेछ तर, उनीहरूलाई आफ्नो गल्ती बिस्तारै थाहा हुन थाल्यो, जब वायु तथा ध्वनि प्रदूषण तथा जामको समस्याले इस्तानबुललाई आकुलव्याकुल पार्न थाल्योहामीलाई अहिले यहाँ पारेजस्तै सन् ८० को मध्यतिर इस्तानबुल युरेसियन क्षेत्रको सबभन्दा प्रदूषित सहर बन्न पुग्योअहिलेको हाम्रो काठमाडौंजस्तै

तर, उनीहरूले आफ्नो गल्तीबाट सिके इस्तानबुलको छवि सुधार गर्न प्रदूषण नियन्त्रण गर्न ट्रामलाई पुनर्जीवन दिने क्रममा उनीहरूले पुरानो ऐतिहासिक रुटलाई केही हदसम्म पुनःस्थापित गरे सहरीकरण निर्माणका कारण पुरिइसकेका कतिपय लाइनहरूलाई खोतलखातल पारेर छोटो दूरीमा भए पनि ऐतिहासिक ट्रामलाई पुनर्जीवन दिए त्यस्ता एकएक ऐतिहासिक रुटहरू आज पनि एसियाली युरोपेली भागमा चल्छन् ताक्सिम स्क्वायरबाट चल्ने . किलोमिटरको ट्राम त्यहाँको प्रमुख पर्यटकीय आकर्षण बनेको त्यसका साथै उनीहरूले नयाँ, आधुनिक द्रुत ट्राम लाइन बनाउन पनि सुरु गरे अहिले पनि त्यहाँ ट्रामका नयाँ रुटहरू बनिरहेका छन्, जसले इस्तानबुलको एसियाली युरोपेली भागहरूलाई जोडिरहेको यो क्रम आउँदा वर्षहरूमा पनि प्रमुख प्राथमिकताका साथ चालु रहने त्यसबाट हामीले सिक्न सक्ने कुरा धेरै थियो होला तर, हाम्रो प्राथमिकतामा यस्ता झिनामसिना कुराहरू कहाँ पर्छन्  ? हामी राजनीतिक शक्ति सन्तुलन, सत्ताप्राप्ति कुर्सी टिकाउबाहेक अरू विषयलाई महत्त्व नै दिँदैनौं

यातायात कार्यालयको पछाडि अजिंगरे लाइनमा बसेर कुनामा फालिएको ट्रली बस हेर्दा मलाई नरमाइलो लाग्यो जीर्ण ट्रली बसको साइडमा केही लेखिएको थियो, जसको रंग खुइलिएर उडिसकेको थियो– ‘ नै भविष्य हुँभविष्यको त्यो दुर्गति देख्दा मलाई नरमाइलो लाग्यो

दाइ, बढ्नुस् अघि,’ पछाडिको मान्छे मलाई घुच्च्याउँदै रहेछ

लामो सास फेरेर दुई पाइलाअघिसरें हामी अघि सरिरहेका छौं

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment