Translate

Friday, July 30, 2021

बच्चुकैलाश, र वाईएस मुल्कीको अकर्डियन

श्रावण ९, २०७८ कान्तिपुर कोसेलीमा प्रकाशित

' बच्चुकैलाशको ठूलो प्रशंसक हुँ त्यसैले उनीप्रति आदर सम्मानको रूपमा कार्यक्रममा उनको एउटा गीत गाउन चाहन्छु कसो होला ?’ उनले शालीन स्वरमा विनम्रतापूर्वक प्रश्न गरे उनी दुब्ला पातला थिए उनको कपाल फुलिसकेको थियो चाउरीका केही मुजाहरूले उनको अनुहारमा अधिकार जमाउन थालिसकेका थिए तर, उनी तेजिला थिए फुर्तिला थिए उनको खास नाम शान्तनुकुमार लिम्बू हो मणिपुरका नेपालीभाषी गायक तर, उनी पाबुङ भनेर बढी चिनिन्थे पाबुङ त्यहाँको भाषामा माया आदरको शव्द रहेछ त्यसैले सबैले उनलाई पाबुङ भनेर बोलाउँदा रहेछन्

केही वर्षअघि गायक तथा सङ्गीतकार आभासले उत्तरपूर्वी भारतका नेपालीभाषी गायकगायिका खोज्ने क्रममा शान्तनुकुमार लिम्बूलाई भेटेका थिए त्यसै सन्दर्भमा नेपालयले हरेक महिनाको अन्त्यमा आयोजना गर्ने गरेकोपलेंटीनामक गायन कार्यक्रममा गाउनका लागि उनै शान्तनुकुमार लिम्बू, अर्थात् पाबुङ काठमाडौं आएका थिए बाहिरबाट आउने पाहुना कलाकारलाई आफ्नै कार्यालय परिसरमा भएको अतिथिगृहमा राख्ने नेपालयको व्यवस्था थियो पाबुङ पनि सोहीअनुसार त्यहीं बसेका थिए

वाद्यवादकसँग उनको दैनिक अभ्यास सुरु भएको केही दिन भइसकेको थियो केही दिनमै उनी सबै जनासँग राम्ररी घुलमिल भइसकेका थिए त्यसैले छोटो समयमै हामी सबैले उनलाई पाबुङ भन्न थालिसकेका थियौं साधारणतया कार्यक्रमभन्दा अघि हप्ता/दस दिनको तयारी हुने चलन हुन्थ्यो तर, पाबुङका गीतहरू यता नसुनिएका हुनाले अनि उनको गायन जीवनकै त्यो पहिलो एकल गायन कार्यक्रम भएकाले अलि बढी अभ्यास गर्ने सहमति भएको थियो अभ्यासको क्रममा उनले एक दिन गरेको प्रश्न थियो त्यो

पाबुङको प्रस्ताव सुनेर हामीले एकार्कामा मुखामुख गर्‍यौं सबैको आँखामा सकारात्मक भाव थियो सबै जना खुसी भयौं किनभने एक अघि भनेझैं उनका गीत यहाँका श्रोताका लागि अपरिचित थिए त्यस्तोमा उनले बच्चुकैलाशको एउटा गीत गाउँदा रमाइलो पनि हुन्थ्योउसो भए किन नारायणगोपालको एउटा पनि नगाउने  ?’ हामीमध्ये कोही एकले प्रस्ताव राख्योलौ, यो अझै बढी मजाको कुरा भइहाल्यो नि !’ पाबुङ पनि दंग परे मूल कुरोचाहिँ नारायणगोपाल बच्चुकैलाशका असंख्य सुन्दर गीतबाट उनका लागि एकएकवटा गीत छान्नु भनेको फलामको चिउरा चपाउनुजत्तिकै कठिन काम थियो तर, निकैबेरको माथापच्चीपश्चात् हामी सबै मिलेर उनले सुनेका अनि उनको रेन्ज स्वरलाई सुहाउँदो दुईवटा गीत छान्यौं ती दुई गीत थिए, बच्चुकैलाशकोमाया मैले बोलाए हुन्छ कि हुँदैन नारायणगोपालकोआँखा छोपी नरोऊ’  पाबुङका आफ्ना गीतसँगै अब यी दुई गीत पनि उनको अभ्याससूचीमा परे

कुनै पनि गीतलाई त्यसको धुन, लय त्यसअनुसारको विभिन्न वाद्ययन्त्रले सिंगारेको हुन्छ भन्ने कसैलाई भनिरहनुपर्ने कुरा होइन गीतहरूमा बीचबीचमा कुनै एउटा विशेष वाद्ययन्त्रको एउटा सानो टुक्रा प्रयोग गरिएको हुन्छ कुनैकुनै गीतको त्यस्तो सानो टुक्रा यति सशक्त कर्णप्रिय बनिदिन्छ, जसले गर्दा त्यो गीत त्यो टुक्रालाई एकार्काको परिपूरक परिचायक नै बनाइदिन्छ त्यस्ता गीतहरू आम मानिसले गुन्गुनाउँदा पनि ती वाद्ययन्त्रको टुक्रा मुखैले कराएर गाउने गर्छ गीतसंग त्यो धुनको सम्बन्ध नङ मासुको जस्तो बनेको हुन्छ उदाहरणका लागिमनको रहर.....’ पछि मुखैलेटुङ’ ‘टुङनगरीकान्छीलाई घुमाउने काठमाडौं सहरगाउन सकिन्न बच्चुकैलाशको गीतमाया मैले बोलाए हुन्छ कि हुँदैनमा पनि अन्तराको अन्त्यबाट स्थायीको लयमा फर्कने ठाउँमा एउटा त्यस्तै विशिष्ट टुक्रा धुन प्रयोग भएको बादलपारि संसार रे मैले भेटिनँ, फुलेको यौवन ओइली नझर्ने ठाउँ नै देखिनँपछिसंसार यहीं बसाए हुन्छ कि हुँदैनको बीचमा प्रयोग भएको त्यो धुनको टुक्रा अचम्मको त्यो धुनबिना लौ भनौं भने गीतको अन्तरा नै अधुरो लाग्छ त्यो टुक्रा धुनलाई अकर्डियन भन्ने वाद्ययन्त्रमा बजाइएको

त्यस गीतको अभ्यास सुरु भएपछि हाम्रोसामु एउटा समस्या टड्कारो रूपमा तेर्सिन आइपुग्यो किनभने अकर्डियन हामीकहाँ त्यति धेरै प्रयोग नहुने हुनाले त्यो बाजा त्यसलाई बजाउने वाद्यवादकको हामीकहाँ खडेरी नै झन् त्यतिबेला पलेंटीको समूहमा त्यो छँदै थिएन तर, त्यो धुन नबजाई गीत अधुरो हुनेभयो त्यसैले वैकल्पिक रूपमा अरू कुनै वाद्ययन्त्रबाट त्यसलाई बजाउने प्रयास गरियो किबोर्ड, भ्वायलिन वा बाँसुरीले त्यो बजाउन सकिन्छ कि भनेर हाम्रा वाद्यवादक साथीहरूले निकै कसरत गरे तर, त्यसक्रममा एउटा अर्को कुरा पनि थाहा भयो सुन्दा सरल सुनिने त्यो धुन बजाउन भने एकदमै कठिन रहेछ छोटो समयमा द्रुत गतिमा थुप्रै सुर छोएर सक्नुपर्ने त्यो टुक्रा हामीसँग उपलव्ध कुनै वाद्ययन्त्रमा खोजेअनुसार बजाउन सकिएन पटकौं पटक प्रयास गर्दा पनि गीतमा बजेको त्यो अकर्डियनको धुनलाई अरू कुनै वाद्ययन्त्रले न्याय गर्न सकेन त्यो धुनलाई न्याय नगरी गीतलाई न्याय हुँदैन भनेर पलेंटीका संयोजक आभाषले भनेपछि अन्त्यमा पाबुङले गाउनका लागि बच्चुकैलाशको अर्कै गीत छान्नुपर्ने अवस्था आयो त्यसैले अन्ततः कार्यक्रममा पाबुङलेबिर्सेको भए बितेका कुरा पापीको मनलेभन्ने गीत गाए

अकर्डियनको त्यो छोटो, सुन्दर तर त्यति जटिल धुन कसले बजाएको थियो होला भन्ने खुलदुली मेरो मनमा रही नै रह्यो निकै दिनपछि एक पटक बच्चु अंकलसंग (पिताका मित्र हुनाले उहाँलाई सानैदेखि बच्चु अंकल भन्छु) उहाँकै घरमा भेटघाट भलाकुसारी हुँदा अचानक मेरो मगजमा पलेंटीको बेलाको त्यो घटना झिलिक्क चम्क्यो त्यो गीत उहाँले कलकत्तामा गएर रेकर्ड गराउनुभएको हो भन्ने मलाई थाहा थियो तर, त्यो निकै नै पुरानो कुरा हुनाले त्यसबारे उहाँलाई सम्झना नहुन पनि सक्थ्यो तैपनि मैले आफ्नो खुलदुली रोक्न सकिनँ पलेंटीको अभ्यासमा भएको कुरा सुनाएर मैले उहाँसँग त्यो अकर्डियनको टुक्राबारे जिज्ञासा राखें बच्चुअंकल

आफ्नो विशिष्ट शैलीमा मुस्काउनुभयो मीठो मधुरो स्वरमा (हो, उहाँ बोल्दा पनि गाएजत्तिकै मीठो मधुरो सुनिन्छ) भन्नुभयो, ‘त्यो अकर्डियनको टुक्रा बजाउने वाईएस मुल्की भन्ने एक जना बंगाली थिए पियानो अकर्डियन बनाउने उनीजस्तो दक्ष मानिस भारतमै छैन भनिदिए हुन्छ बच्चु अंकलको स्मरणशक्ति देखेर प्रभावित भएँ

त्यहाँबाट फर्किँदा पनि मेरो मनमा त्यही धुन बजिरहेको थियो मलाई वाईएस मुल्कीबारे थप खुल्दुली भयो त्यसैले मैले गुगलमा उनीबारे केही खोजीनिती गरें नभन्दै वाईएस मुल्कीलाई भारतको विशिष्ट प्रतिष्ठित पियानोवादकका रूपमा सम्मान गरिँदोरहेछ जीवनको पछिल्लो समय मुम्बईमा बिताएका मुल्कीलाई खासगरी बंगाली सङ्गीतको खम्बा नै मानिँदो रहेछ युट्युबमा उनले बजाएका रवस्न्द्र सङ्गीत अरू बंगाली गीतका केही धुन फेला परे मुल्कीबारेचाहिँ मैले खोजेको जति धेरै जानकारी त्यहाँ पनि भेट्न सकिएन जे होस्, त्यति प्रतिष्ठित कुशल वाद्यवादकले कुनै बेला नेपाली गीतमा पनि सहकार्य गरेका रहेछन् भन्ने हामीलाई थाहा छैन

मलाई थाहा , यो पढेपछि त्यो गीत नसुनेकाले पनि सुनेकाले पनि एक पटक युट्युबमामाया मैले... बच्चुकैलाशभनेर पक्कै पनि औंलाहरू नचाउनुहुनेछ नभए पनि अर्को पटक बच्चुकैलाशकोमाया मैले बोलाए हुन्छ कि हुँदैनभन्ने गीत कतै बजेको सुनियो भने मलाई थाहा , तपार्इंहरूका पाइला पनि एकैछिन टक्क अडिनेछन् कान ध्यान त्यही गीततिर जानेछ अनि अकर्डियनको त्यो धुन सुन्दा तपाईंलाई त्यो गीत नै पनि नौलो लाग्नेछ किनभने बच्चुकैलाशको त्यस गीतमा वाईएस मुल्कीले बजाएको अकर्डियनको त्यो सानो धुन आफैमा एक विशिष्ट सृजना बनेको

गीतसङ्गीतलाई किन ईश्वरीय भनिन्छ भन्ने पनि सायद यस्तै कारण हुनुपर्छ तिनको कुनै देश हुँदैन, कुनै जात हुँदैन, ती कहिल्यै मर्दैनन् सृजना भएको दशक, शतक त्योभन्दा लामो समयसम्म मानिसका बीच ती अमर रहन्छन् सबैभन्दा मुख्य विषय हरेक पटक सुन्दा तिनमा केही नयाँ आयाम फेला पार्न सकिँदोरहेछ अनि तिनीहरूले आफैंमा एउटा इतिहास बोकेका हुन्छन् बच्चुकैलाशको त्यो तीन मिनेट पन्ध्र सेकेन्डको गीतले पनि कति धेरै कथा बोकेको रहेछ कसले भन्छ, उत्खनन जमिनमा मात्रै हुन्छ ? कसले भन्छ, पुरातात्त्विक महत्त्वका विषय जमिनमा मात्रै फेला पर्छन् ? गीतसङ्गीतको उत्खनन गर्ने हो भने त्यहाँ पनि बहुमूल्य खजाना फेला पार्न सकिन्छ कलाको खजाना, सृजनाको खजाना अनि सिंगो इतिहास !




0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment