Translate

Monday, January 18, 2010

हुटेलका कलिला ग्राहकहरू

केही दिनअघिको कुरा हो । दिउँसोको करबि २ बजेको समय थियो । यो दृश्य कोटेश्वरको भित्री भागमा रहेको एउटा चिया-खाजा पसलको हो, जसलाई चलनचल्तीको भाषामा हुटेल भनिन्छ । एक कबलको सटर भएको त्यो हुटेलको सटर उठाइएको थियो । हरयिो पर्दा झुन्ड्याइएको त्यस हुटेलभित्र चार-पाँचवटा टेबल थिए, तीमध्ये दुईवटा भने बार लगाएर छेकिएका थिए । सिमेन्ट ब्लकका भित्ताहरूमा रंग थिएनन्, पत्रिकाका मध्यपृष्ठहरूमा छापिएका अर्धनग्न युवतीका 'ब्लोअप' बेथितिसँग टाँसिएका थिए । एउटा कुनामा त्यस हुटेलका साहू सुत्ने गुन्टा बेरेर खाटमा राखिएको थियो भने अर्को कुनामा काउन्टरको काम लिने गरी जालीका खापाहरू भएको र्‍याक र त्यसको माथि ग्यासको चुलो, केही पकाउने भाँडाहरू थिए । तेल, मसला र बाफले लतपतिएको अनि धूवाँले कालो भएको भित्ता । काठमाडौँका गल्लीहरूमा बग्रेल्ती भेटिने अक्सर सबैजसो हुटेलहरूमा साधारणतया देखिने वातावरणभन्दा खासै फरक थिएन, त्यो हुटेल पनि । 

तर, यस स्तम्भकारको ध्यान आकर्षण गर्ने फरक कुरा केही थियो भने ओठ निचोरे दूध आउलाजस्ता चार-पाँच जना कलिला केटाहरू थिए त्यहाँ । धेरैजसोले आफ्नो कपाललाई चार भाग लगाएर चारतिर फर्काएका थिए । अगाडिको भागलाई चिल्लो हुने गरी सायद जेल लगाएर चुच्चोचुच्चो र ठाडो बनाएका थिए । पछाडिको भाग तालुमा चपक्कै टाँसिएको थियो भने दायाँ र बायाँ कन्चटमाथिको कपाल एकनास नमिल्ने गरेर काटिएको हुनाले भुत्ल्याएको जस्तो देखिन्थ्यो । अचेलका युवा पुस्तालाई खूब मन पर्ने कोरयिन चलचित्रहरूमा देखिने पात्रहरूका जस्तो कपालको शैली थियो उनीहरूको । दुई जनाले आँखामा गाजल लगाएका थिए, एकएक कानमा टप पनि थियो । नौ वर्षदेखि १२ भन्दा माथिको उमेर कसैको पनि थिएन । वरपिरकिा कसैको उपस्िथतिको उनीहरूलाई आभास पनि थिएन । न त तिनका लागि अरू कसैको अस्ितत्वको नै कुनै अर्थ थियो । आफ्ना कुरा अरू कसैले सुनिरहेका होलान् भन्ने किञ्चित पनि मतलब थिएन उनीहरूलाई । त्यसैले आवश्यकताभन्दा ठूलो स्वरमा उनीहरू ग्ाफ गररिहेका थिए । उनीहरूको भाषा नेपाली नै थियो तर प्रयोग गररिहेका कतिपय शब्दहरू सायद शब्दकोशमा भेटिँदैन होला । त्यसबाहेक पनि हरेक शब्दपिच्छे नै एउटा अपशब्द छिराएर बोल्दा पनि उनीहरूलाई कुनै असहजता भएजस्तो लाग्दैनथ्यो । यस्तो भान हुन्थ्यो, मानौँ कसले सबैभन्दा बढी अपशब्द घुसाएर बोल्न सक्छ भन्ने कुनै प्रतियोगिता हुँदैथ्यो उनीहरूका माझ । 

सबैभन्दा बढी बिथोल्ने कुरा त के भने उनीहरूमध्ये तीन जनाको हातमा चुरोट थियो, जुन पालैपालो एकआपसमा बाँडेर बुंगबुंग धूवाँ उडाउँदै थिए । सबैको सामु गिलास थियो र त्यसमा थियो छ्याङ । उनीहरूको कुरा गराइबाट त्यो पहिलो थिएन भनेर लख काट्न सकिन्थ्यो । ती फुच्चेहरूको लवाइखवाइ हेर्दा कुनै मध्यमवर्गीय परविारका हुन् भन्ने लाग्थ्यो । हेर्दाहेर्दै तिनीहरूले आफ्ना सामु भएको गिलास खाली गरे, फेर िभर्न लगाए । अनि, यसपटकको चाहिँ सबैले एकै घुट्कामा सकाउने सहमति गरेर एउटाले गन्न थाल्यो, 'एक, दुई, तीन' । अनि, नभन्दै गिलास सिनित्त पारेर उठे, हल्लाखल्ला गर्दै बाहिर निस्के । हुटेलवालाले लामो शान्तिको सास फेरेर उनीहरूलाई सराप्यो । तिनका बाबुआमालाई पनि निकै दोष लगायो । 'सन्तान जन्माएपछि राम्ररी पाल्न सक्नुपर्छ, के गर्दैछन्, कस्तो संगतमा हिँड्दैछन् भन्ने कुराको पनि ख्याल राख्न नसक्नु बाबुआमाको गल्ती हो' भनेर उसले लामै प्रवचन दियो । तिनले किताब किन्न भनेर ल्याएको पैसा पनि बेलाबेला त्यहीँ ल्याएर छ्याङ र तोङ्बा खाएर सकाउने गरेको कुरा पनि उसैले सुनायो । 

हुन पनि हो, कति गाह्रो छ बाबुआमा हुन । सन्तानलाई सही मार्गदर्शन गर्न र उसलाई एउटा असल मान्छे बनाउन । तर, बेलाबेला मानिसहरूले यो जिम्मेवारीको गहनतालाई बिर्सिरहेका हुन्छन् । जानाजानी वा अन्जानमा पनि उनीहरू आफ्ना सन्तानको उचित मार्गदर्शन गर्नबाट चुकिरहेका हुन्छन् । व्यस्तता र प्रतिस्पर्धाको अन्धो दौडमा भाग लिनु मानिसको आजको बाध्यता पनि हो । तर, हुर्किरहेका केटाकेटीहरूले गर्ने संगत, हेर्ने सिनेमा, पढ्ने किताब, सुन्ने संगीत र लगाउने लुगाहरूका कुरामा ध्यान दिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

ती कलिला ग्राहकहरूका सन्दर्भमा तिनका ब्ााबुआमाको दायित्व र जिम्मेवारीका बारेमा हुटेलवालाका कुराहरूसँग सहमत हुँदाहुँदै पनि उसको आफ्नो जिम्मेवारी र नैतिकताका बारेमा उसलाई प्रश्न गर्न मन थियो, के ती नाबालकलाई छ्याङ र तोङ्बा उपलब्ध गराउनु उसको चाहिँ अपराध थिएन ? यस्ता गतिविधि नियन्त्रण गर्ने दायित्व कसको त ? सडकमा बस्ने केटाकेटीहरूले प्लास्िटकमा लागूपदार्थ सुँघेर हिँडेका दृश्यहरू पनि सम्झना आए । नाबालकलाई चुरोट बेच्न पनि पाइँदैन तर त्यसको अनुगमन कसले गर्छ ? स्िथति कस्तो छ भने हामीलाई नियम कानुनले बाँधेर, कडीकडाउ नगर्ने हो, जरविानाको डर नहुने हो भने हामी केही पनि नियम मान्दैनौँ । अरूका लागि सहज हुने कुरा त परै छाडौँ, आफँैलाई हानि गर्ने कुरामा पनि प्रहरी-प्रश्ाासनको डर र कर नभई हामीलाई हुँदैन । गाडीको सिट बेल्ट र मोटरसाइकलमा पछाडि बस्दा लगाउने हेलमेट यसका उदाहरणहरू हुन् । कडीकडाउ हुन छोड्नासाथ ती नियमहरू सबैले पोलेर खाए । केहीअघि जुन पायो, त्यही पसलमा मदिरा र चुरोट बेच्न नपाइने नियम बनेपछि ती वस्तु बिक्री गर्न भिन्दै पसलहरू खुलेका थिए । तर, हरेक सरकार फेरनिे क्रमसँगै पछिल्लो सरकारका राम्रै कुराहरू पनि परविर्तन हुन्छन्, ओझेलमा पारन्िछन् । दाउपेच र शक्तिका लागि चौबीसै घन्टा कसरत गर्नेबाहेक कसैलाई अरू कुराको हेक्का नहुनु यो समयको ठूलो दुभ्र्ााग्य हो ।

बालबालिकाहरूलाई हामी भोलिका कर्णधार भन्छौँ तर तिनका लागि हामीले के दिइरहेका छौँ ? एकपटक सबैले छातीमा हात राखेर सोच्नैपर्ने भएको छ । 

Sunday, January 3, 2010

जिजिविषा

आइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू । एकअर्कासँग कुरा गर्दा आफूलाई कम उमेरको देखाउन प्रत्यक्ष र अप्रत्यक्ष सबै तरकिाहरू अपनाइरहेका हुन्छन् । यी त भए सर्वमान्य केही तथ्यहरू । तर, उमेर घटाउने कुरामा स्वास्नीमान्छेहरूको काँधमा राखेर बन्दुक चलाउने मात्र हो, लोग्नेमान्छेहरू पनि आफूलाई तरुनो र तन्नेरी देखाउने मामिलामा कम  हुँदैनन् ।

एक जना चिरपरििचत अभिनेता छन्, जसले आफूलाई कहिल्यै पनि ४० वर्ष काट्न दिएका छैनन् । अर्की एक अभिनेत्रीका बारेमा त भनिन्छ, २८ पछि हरेक वर्ष उनको उमेरले ढिकिच्याउँ खेल्छ रे ! अर्थात्, २८ पछि अर्को वर्ष त उनी २७ हुन्छिन् रे, त्यसको अर्को वर्ष फेर ि२८ अनि अर्को वर्ष पुनः २७ । १७ वर्षमुनिका खेलाडीहरूको प्रतियोगितामा भाग लिनेहरूको उमेर परीक्षा गर्दा थुप्रै जना त्यसभन्दा माथिका पाइए र कारबाहीमा परेको घटना केही समयअघि सार्वजनिक पनि भएको थियो । छिटो अवकाश पाइएला र खोजेको तहसम्म पुग्न नपाइएला भनेर पनि जागिरेहरूले उमेर कम गर्छन् । त्यस्ता महत्त्वाकांक्षी जागिरे, खेलाडी, अभिनेता र चमकदमकको पेसामा लागेकाहरूका लागि त लौ यो मानसिकता भयो रे ! तर, त्यस्ता कुनै बाध्यता नभएका मान्छेहरू पनि यस कुरामा कोहीभन्दा कम हुँदैनन् । मानिसहरूले नागरकिता नै पनि दुईथरी बनाउन भ्याएका हुन्छन् । एक जना परििचतका उनीभन्दा पाँच वर्ष जेठा दाइले दुई वर्ष कान्छो जन्ममिति राखेर दोस्रो नागरकिता बनाएको घटना यहाँनिर स्मरणयोग्य छ । उमेर घटाउने, तन्नेरी हुने र आफूभन्दा अरूलाई पाको बनाउने रहर अक्सर सबै मानिसमा हुने गर्छ । यस्ता मान्छेहरू, जोसुकैलाई पनि 'दाइ' अथवा 'अंकल' भनेर सम्बोधन गर्छन् । तर, उमेर बढ्नु भनेको त्यससँगै अनुभव बढ्नु हो, पाको हुनु हो, ज्ञान बढ्नु हो भन्ने कुरालाई मनन गर्न सक्ने हो भने मान्छेलाई उमेर घटाउने होइन, सायद बढाउने आवश्यकताको अनुभूति हुन्छ होला ।  

सायद मान्छेको जीजिविषा नै यस किसिमका मानसिकताका पछाडिको कारक हुनुपर्छ । यो सृष्टिको हरेक वस्तुजस्तै मान्छेको पनि उमेर, विकासक्रम र अन्त्य अवश्यम्भावी कुरो हो भन्ने बुझ्दाबुझ्दै पनि हरेक मान्छे भ्रममा बाँच्न रुचाउँछ । आफूलाई राम्रो हुन्जेल मान्छेले अरूलाई परेको दुःख वा अरूको अभावबाट सिक्दैन । कुनै आफन्त वा मित्रको अप्रत्यासित निधन भएका बेला मलामी गएर र्फकंदा अक्सर सबै मानिस सोच्न बाध्य हुन्छ । हामी सबै पनि कुनै दिन यसैगरी यही बाटो लाग्ने हो भन्ने अनुभूतिले हामीलाई बिथोल्छ । त्यस्तो बेला हामी स्वीकार्छौं, यो तेरो-मेरो भन्ने प्रतिस्पर्धा, यो उपलब्धिको होडबाजी सबै बेकारको कुरा हो । रसिराग र वैमनष्यताका लागि जिन्दगी निकै छोटो छ । मुस्िकलले दुई दिन यो सोच हामीमा रहन्छ । तेस्रो दिनदेखि जिन्दगीको भागदौडमा हामी फेर िमिसिन्छौँ ।  

मान्छे आफूलाई अजम्मरी हुँ भन्ने सोच्न चाहन्छ, संसारको सबैभन्दा ठूलो र एउटै मात्र सत्यका बारेमा सोच्न चाहँदैन । त्यसैकारण ऊ आफ्ना सबै कुरालाई दिगो ठान्छ । यही मानसिकताका कारण शारीरकि होस् वा मानसिक, बौद्धिक, राजनीतिक वा आर्थिक कुनै पनि शक्तिको उन्माद मानिसमा चढ्छ । यी सबै उपलब्धिको पनि एउटा निश्चित उमेर हुन्छ भन्ने कुरा मान्छे बिर्सन्छ । सम्झना रहे पनि त्यसलाई स्वीकार्ने होइन, टार्ने प्रयासमा ऊ लागिपर्छ । कृष्णको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने थाहा भएपछि देवकीका हरेक सन्तानको घाँटी निमोठ्ने कंश बनेर मानिस आफ्ना सम्भावित विरोधीहरू, आफ्नो असम्भव स्थायित्वमा तगारा बन्न सक्ने कारकहरूलाई पन्छाउन खोज्छ । त्यस कारण नै मान्छेले अरूलाई दुःखी बनाउँछ । श्ाासक, तानाशाहहरू आफूविरुद्ध उठ्ने आवाजहरूलाई दबाउन खोज्दाखोज्दै अन्ततः आफैँ नाश भएका घटनाहरूको इतिहास साक्षी छ । तर पनि शक्तिको स्वाद चाखेको मानिसमा त्यसको लत लाग्छ । यो लत रक्तबीज भन्ने राक्षसजस्तै हुन्छ । त्यसैले, बेलाबेला एउटा तानाशाहको अन्त्यसँगसँगै अरू तानाशाहहरू जन्मने पनि गर्छन् । यिनीहरूमा लागेको त्यो लत कुनै पनि लागूपदार्थको भन्दा कडा हुन्छ । घरका सामान बेच्नेदेखि लुटपाटसम्म गर्न प्रेरति गर्ने त्यस्ता लत लागेजस्तै यी राजनीतिक दुव्र्यसनीहरू पनि आफूलाई टिकाउनका लागि नैतिकता र स्वाभिमान बेच्न पनि पछि पर्दैनन्, नरसंहार मच्चाउन पनि पछि पर्दैनन् ।

तर, उनीहरूले पनि बुझ्नुपर्छ, कुनै पनि कुरा चिरस्थायी छैन । यो विशाल सृष्टिको युगौँदेखि चलिआएको अनन्त प्रक्रियाको हामी सबै एउटा क्षीणभन्दा पनि क्षीण भाग मात्र हौँ । हामी र हाम्रा कुनै पनि कुराहरू अजर छैनन् । दिगो, चिरस्थायी र अमर रहन केही सक्छन् भने ती हाम्रा विचार र कर्म मात्र हुन्, भौतिक होइन । सुविचार र सत्कर्म गरेकाहरूलाई पुस्तौँपुस्ताले सम्झेर श्रद्धा गर्छ, कुविचार र दुष्कर्म गर्नेहरूलाई सराप्छ । समयले अरू हरेक चीजलाई भुलाउँछ तर आफ्ना लागि मात्र नभएर अरूका लागि बाँचेकाहरू भने सम्झना र इतिहासमा अमर हुन्छन् । त्यसैले अमर र अजर हुन चाहनेहरूले सोच्नुपर्ने कुरा यति मात्र हो, भोलिको समयले हामीलाई कसरी सम्झोस्, श्रद्धाले वा श्रापले ।

Tuesday, December 22, 2009

1st day of Nepal Band, December 5 2009



[gallery]

Sunday, December 20, 2009

आवश्यकता र महत्त्वाकांक्षा

मंसिर महिनाको अन्तिम साता थियो । यसपटक चिसो पोहोरको भन्दा बढी अनुभूत भइरहेको थियो । त्यसमाथि पनि त्यस दिन बिहान अरूबेलाको भन्दा बढी नै जाडो थियो । आकाशतिर हेर्दा घाम नलाग्ने अथवा लागिहाले पनि ढिला मात्र सूर्यको न्यानो किरण देख्न पाइने लक्षण देखिएको बिहान थियो त्यो । मीनभवनको मूल सडकको छेउमा दुवै हात खल्तीमा हालेर, बाक्लो र न्यानो ज्याकेटमा आफूलाई सुरक्षित बनाउँदा बनाउँदै पनि बेलाबेला लुगलुग काम छुटिरहेको थियो । नगरपालिकाका सफाइ कर्मचारीहरू कानसम्म छोप्ने गलबन्दी र ऊनका पन्जा लगाएर पेटी बढाररिहेका थिए ।



अचानक अलि परबाट आउँदै गरेको एउटा आकृतिले ध्यान तान्यो । कुप्रो परेर विस्तारै अघि बढिरहेको त्यो आकृति अलि नजिक आएपछि मात्र थाहा भयो, एउटी वृद्धाको कमजोर काया रहेछ । कष्टकर जिन्दगीले हरेक पल हरेक क्षण उनको अनुहारमा आफ्नो उपस्िथतिका चिह्नहरू गाढा बनाएर छोडेका हुनाले उमेरका रेखाहरूलाई सायद भोगाइका पीडाले छोपेका थिए । त्यसैले उनको खास उमेरको लख काट्न सम्भव थिएन । पुरानो धोती र पातलो स्वेटरमाथि उनले एउटा पातलो खास्टो ओढेकी थिइन् । ती कुनै पनि त्यो बिहानको चिसोलाई थेग्न पर्याप्त थिएनन् । उनका आँखाहरू चारैतिर केही खोजीमा डुलिरहेका थिए । अलि पर केही पुराना पत्रिकाका पानाहरू, कुनै पसलेले सडकमा हुत्याइदिएको चाउचाउको कार्टुन, प्लास्िटकको डोरीका त्यान्द्रातुन्द्री र पोकाहरू असरल्ल परेका थिए । ठूलै खजाना पाएझैँ ती वृद्धाका आँखाहरू निमेषभरका लागि चमक्क चम्किए र उनको शिथिल पाइलामा मानौँ केहीछिनका लागि कतैबाट ऊर्जा प्राप्त भएझैँ हतारएिर त्यता बढे । रातभरको शीतले कठांगि्रएको चिसो सडकको पेटीमा थचक्क बसेर ती वृद्धाले ती चीजहरू बटुलबाटुल पारनि् । एउटा सलाइको बट्टा, जसमा सायद थोरै मात्र काँटीहरू बाँकी थिए, पोल्टाबाट निकालिन् र आगो बालेर केहीछिनको न्यानो ताप्नका लागि तयार भइन्् । मसिना, सुकेका पाखुरा र नाडीसँग जोडिएका उनका सिन्काजस्ता औँलाहरू सलाइ कोर्नका लागि तयार हुनै लागेका बेला, सफाइ कर्मचारीको कुचो ती फोहोरमाथि डुल्न भ्याए र उनको त्यो खजाना लतारएिर उनीबाट पर पुग्यो । निराश आँखाले त्यो हेरेर उनी केही नबुझ्ने भाषामा बडबडाइन् । 

निकैबेरदेखि तिनी र तिनका गतिविधिबाट आँखा हटाउन नसकिरहेको यस पंक्तिकारलाई आफँैले पाउन लागेको कुनै उपलब्धि अचानक प्रारब्धले खोसेको जस्तो भान भयो । कुचोको अर्को निर्मम प्रहारले त्यसलाई झनै पर पुर्‍याउनु अगावै सफाइ कर्मचारीलाई त्यो फोहोर नउठाउने अनुरोध गरयिो । केही नबोली तिनी अर्कोतिर कुचो चलाउन थालिन् । हातैले ती फोहोरलाई सोहोरेर फेर िती वृद्धाका सामु थुपारििदन खै किन हो, किञ्चित पनि अप्ठ्यारो लागेन । वरपिर िअरू केही मान्छेहरू पनि मूकदर्शक बनेर त्यो सब हेररिहेका थिए । वृद्धाले सलाई कोरेर त्यस फोहोरमा झोसिदिइन् । चिसोले ओसिएका ती पदार्थहरूबाट आगो कम, धूवाँ ज्यादा निस्कन थाले । तर पनि ती वृद्धा चप्पलबाट आफ्नो खुट्टा बाहिर निकालेर न्यानो ताप्ने प्रयास गर्न थालिन् । चारैतिर हेरेर अलिपर देखिएका अरू पत्रिकाका थोत्रा पानाहरू बटुलेर उनको आगोलाई दन्काउने सहयोगमा स्वतःस्फूर्त रूपमा गइरहेका बेला अलिपर स्कुल जानका लागि बस कुररिहेकी एउटी सानी बालिका त्यतातिर आइन् र उनले आफ्नो हातमा भएको २० रुपियाँको नोट ती महिलातिर बढाइन् । सायद उनलाई चकलेट खानका लागि वा खाजा खानका लागि दिइएको पैसा थियो, त्यो । अबोध, निर्दोष त्यो मानवीय सहयोग देख्न सक्ने हो भने कति ठूलो महत्त्व हुन्छ ? मानवता भन्ने कुरा कतै न कतै, कुनै न कुनै रूपमा जहिले पनि सुषुप्त भएर बाँचिरहेको हुन्छ भन्ने कुराको त्यो दह्रो प्रमाण थियो । मान्छे केटाकेटी हुन्जेल निःस्वार्थ हुन्छ । जतिजति हुर्कंदै गयो, बुद्धिमान हुँदै गयो, त्यतित्यति नै उसले तेरोमेरो, मलाईतँलाई भन्ने सिक्दै जान्छ । तर, ती वृद्धाले केही नबोली हातको इसाराले मात्र त्यो नोट लिन अस्वीकार गरनि् । त्यो अवस्थामा समेत उनको त्यो व्यवहारले मान्छेको स्वाभिमान भन्ने कुरा उसको अभाव र कष्टसँग कुनै पनि रूपमा सम्बद्ध हुँदैन भन्ने पनि प्रस्ट पाररिहेको थियो । 

ती वृद्धालाई त्यो सानो आगो र धूवाँले कति बेर न्यानो दियो होला भन्ने सोच्दै आफ्नो बाटो लाग्दै गर्दा अलिपर पेटीमा बेच्न फिँजारएिका पत्रपत्रिकाहरूमा आँखा परे । सबैजसोमा कोपनहेगन जाने जम्बो सरकारी टोली, तिनका आफन्त, छोरा-नातिका कारण राष्ट्रले बोक्नुपरेको अनावश्यक व्ययभारका विरोधका कुराहरू थिए ।  

आफ्ना आवश्यकताहरूका बारेमा हामी सबैले आ-आफ्नै मापदण्ड तोकेका हुन्छाँै । अनि एउटा आवश्यकता पूरा हुनासाथ त्यसभन्दा ठूलो अर्को आवश्यकताका पछाडि कुद्न थाल्छौँ । त्यो कतिबेला महत्त्वाकांक्षाका रूपमा परविर्तित हुन्छ भन्ने कुरा हामीलाई हेक्का पनि हुँदैन । आर्थिक, सामाजिक, राजनीतिक र बौद्धिक उपलब्धिहरूका आफूलाई चाहिने सीमा मान्छेले तोक्न सक्ने हो भने अरू धेरै मान्छेलाई खुसी र सुखी बनाउन सकिन्छ । तर, त्यो अन्धो दौडमा जित्नका लागि हामी जानीजानी, नजानेरै अरू कति मान्छेका भावना र आवश्यकताहरूलाई निर्ममतापूर्वक पैँतालामुनि किच्दै अघि बढ्छौँ भन्नेसमेत हामीलाई थाहा हुँदैन । तर, हाम्रो त्यो दौड कहिले पनि सकिँदैन । माया, स्नेह र भावनालाई छोडेर बाँकी हरेक चीजको सीमा हुन्छ । विडम्बना ! हामी तिनै चीजमा चाहिँ कन्जुस्याइँ गर्छौं, बाँकी कुरालाई असीमित बनाउँछौँ । 

Friday, December 11, 2009

A new phase

It has been long since I have update my blog. Something or other has been peventing me to do so. Being busy for things which were killing my creativity for various reasons were the main culprit. But, life has allowed me to overcome that phase. I am planning to allocate a lot more time for creative writing. There are two major ideas in pipe line. One-I want to finish my incomplete English novel "The big Shot and The Beggar". The other one is a Nepali novel. The idea has been formed and major chapters are taking shape in mind. I dont know how long or short will it take me to complete it. Actually it starts from where my story (published in Nagarik's Achchyar) Midnight Hot ended. I am planning to give it a try. Right now, I can just have my fingers crossed. Hope I will be able to complete both.

Sunday, December 6, 2009

सर्जियस होइन, ब्लन्सली

कहिलेकाहीँ नचिनेका मान्छेहरू पनि परििचत बन्ने गर्छन् । यस्ता किसिमका अनौठा सम्बन्धहरूले थुप्रै ठाउँमा जन्म लिने गर्छन् । हामी नियमित रूपमा काममा निस्कँदा सधँै देखिने मान्छेहरू, बस कुर्दा अलि पर उभिएका एउटै गन्तव्यका सहयात्रीहरू, तरकारी बजारमा बिहान-बेलुका भेटिने आफूजस्तै ग्राहकहरूको नामथर केही थाहा नभए पनि परििचत लाग्छन् । कुनै कुराकानी, बोलीचाली, भलाकुसारी नहुँदानहुँदै पनि यी अपरििचत मान्छेहरूप्रति एक किसिमको आशक्ति हुने गर्छ । ती मान्छे को होलान्, के गर्लान्, कस्ता होलान् भन्ने कौतूहल मनमा पैदा हुने गर्छ । अनि, अर्को रमाइलो कुरा के भने तीमध्ये कोही मन पर्छन्, कोही मन पर्दैनन् । कसैलाई आज पनि देखिए हुन्थ्यो जस्तो लाग्छ भने कसैलाई नदेख्न परे हुन्थ्यो भन्नेजस्तो पनि हुन्छ । ती मान्छेहरू मन पर्नु वा नपर्नुको कुनै कारण नै नभईकन पनि तिनीहरूका बारेमा एउटा धारणा बन्ने गर्छ । दुवै धारणा सही वा गलत जे पनि हुन सक्छन् । सायद तिनीहरूको हाउभाउ, हेराइ, व्यक्तित्व वा शरीरको भाषाले हामीलाई एउटा निश्चित धारणा बनाउन प्रभावित गरेको हुन्छ । 

त्यस्तै एक जना मान्छे बिहान सधँै भेटिन्छन् । तिनी पनि आफ्नो सानो छोरालाई स्कुलको बस चढाउनका लागि मूल बाटोमा आएका हुन्छन् । निकै लामो समयदेखि सधँै भेटिने भए पनि ती मान्छेसँग किनकिन एक किसिमको चिढ हुने गथ्र्यो । उनको हेराइ निर्विकार भएकाले हुनुपर्छ, आँखा भावहीन भएकाले पो हो कि अथवा कहिले पनि नमुस्कुराउने उनको चेहराले हो, त्यसको आफ्नै हिसाबले अर्थ लगाइन्थ्यो । मान्छे पूर्वाग्रही भएपछि केही कुरा पनि सकारात्मक लाग्दैन, कुनै पनि कुरा राम्रो देखिँदैन । दुर्गालाल श्रेष्ठको गीतले भनेजस्तै सायद, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भएजस्तो ती मान्छे कुरूप लाग्थे । धार्मिक चलचित्र बनायो भने कुनै पनि राक्षसको भूमिकामा बिनामेकअप नै खेलाउन मिल्ने जस्ता लाग्थे ती मानिस । सधँै आँखा जुध्दा चिसो भावले हेर्ने ती मान्छेका आँखाहरूलाई चिसै उत्तर दिइने क्रम चली नै रहन्थ्यो । अनि, हरेक दिन ती मान्छेलाई आज देख्न नपरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

तर, एक दिन अचम्म भयो । सधँैजस्तै आँखा जुध्दा ती मान्छे अनायास मुस्कुराए । एक मुस्कानले मानिसको ओठ मात्र होइन, उसको आँखा, अनुहार र समग्र व्यक्तित्वमा नै कति ठूलो परविर्तन आउँदो रहेछ । अनि, त्यो मान्छेप्रतिको आफ्नो धारणा अनायास नै कुनै जादुको छडीले छोएजस्तो नाटकीय रूपमा परविर्तन हुँदोरहेछ । नराम्रो लाग्ने ती मानिसमा अचानक नै सुन्दरता देखिएको भान भयो । त्यसबखत तिनी धार्मिक चलचित्रका असुर पात्रजस्ता कतैबाट पनि देखिएनन् । एउटा ओठसँग सिंगै अनुहार हाँसेपछि आफ्नो पनि अनुहार निर्विकार रहन सक्दैन रहेछ । दुवैतिरबाट आदानप्रदान भएको एक-एकवटा मुस्कानले मानौँ, लाखौँ शब्दले बोलेर नभ्याउने भाषा बोलिदिए । हाम्रा पाइलाहरू कुनै अदृश्य शक्तिले सन्तुलन गरेझैँ एकअर्कातिर बढे । अनि, साधारण भलाकुसारी हुँदै स्कुलको बस नआउन्जेल अन्य धेरै कुराहरू हुन थाले । ती मान्छेको स्वर पनि मीठो रहेछ । सभ्य र सुसंस्कृत पनि लागे तिनी । हाम्रा सोचाइमा अनेकौँथरी सुखद समानताहरू पनि रहेछन् । 

बस आएपछि आफ्नी छोरीलाई चढाएर उनीसँग बिदावारी भएर भोलिपल्ट भेट्ने वाचा गरेर र्फकंदा मनमा खेलिरह्यो, यदि आज त्यो एक मुस्कान नभइदिएको भए उनका राम्रा पक्षहरूका बारे त थाहा पनि हुने थिएन र तिनलाई पूर्वाग्रही आँखाले नै मात्र हेरनिे थियो होला । त्यो मुस्कान उनको भन्दा पहिले आफ्नो ओठमा किन आएन होला भन्ने प्रश्न पनि मनमा खेलिरह्यो । एउटा मुस्कान, न त्यसका लागि खासै कसरत गर्नुपर्छ, न त त्यो खर्चालु छ, न त्यो धेरै प्रयोग गरेर सकिन्छ । अनि, त्यसले कहिल्यै पनि कुनै पनि रूपमा हानि पनि गर्दैन । त्यति हुँदाहुँदै पनि किन हामी मुस्कुराउन कन्जुस्याइँ गर्छौं ? हामी अचेल जुन परविेश र परििस्थतिमा बाँचिरहेका छौँ, हो- मुस्कुराउन सजिलो छैन । त्यसैले हामी आक्रामक र हिंस्रक हुँदै गएका छौँ । तर, जसरी त्यो एक मुस्कानले मित्रतालाई निम्त्याएको थियो, त्यसैगरी आवेगले आवेगलाई नै निम्त्याउँछ । हामी आफूभन्दा निर्धोलाई पेलेर बहादुरीको आत्मरति पाल्छौँ । बहादुरीको परभिाषा नै फरक बनाउँछौँ हामी । 

बाटोमा दुईतिरबाट आएका सवारीहरू एकअर्कासँग बाझेर बसेका दृश्यहरू हामी दिनहुँ देख्छौँ । अर्कोको गल्ती छ भने त्यसमाथि जाइलागि नै हाल्ने त मानौँ हाम्रो जन्मसिद्ध अधिकार भइसकेको छ, हिजोआज । तर, एकपटक सोचौँ, अर्काको गल्ती नै छ भने पनि त्यसलाई मुस्कुराएर हलुका बनाइदिन, आफ्नो गल्ती छ भने मुस्कानले त्यसको माफी माग्न कति गाह्रो छ ? त्यो गर्न सक्ने हो भने हाम्रो दैनिक जीवन नै कति धेरै शान्त हुन्छ ? हामी सबै आफैँमा भिन्दै छौँ, फरक छौँ तर आफ्नो मूल्य, आफ्नो मान्यता, आफ्नो सिद्धान्त र विचारमा उग्र हुँदाहुँदै अरूका तिनै कुराहरूप्रति पनि अलिकति सौहादर््रता देखाउन पैसा पनि लाग्दैन, बल पनि लाग्दैन । त्यति गर्न सक्यौँ भने नजानिँदो पाराले हामी आफैँलाई खुसी बनाइरहेका हुन्छौँ । आफ्ना वरपिरकिा अरूलाई खुसी बनाइरहेका हुन्छौँ ।

जर्ज बर्नाड शले आफ्नो प्रसिद्ध नाटक आम्र्स एन्ड द म्यानमा बहादुरी र मूर्खताबीचको फरकलाई साह्रै सटीक हिसाबले अथ्र्याएका छन् । युद्धका बेलामा ज्यान बचाउन भागेको ब्लन्सली नामक एउटा सिपाहीलाई नायक र उनीहरूलाई भगाउने सेनाको नेतृत्व गर्ने सर्जियसलाई मूर्खका रूपमा चित्रण गरेर उनले मानवीयताको सन्देश दिएका छन् । अहिलेको अवस्थामा हामीले आफूलाई जाइलाग्ने सर्जियस होइन, बरु दुई पाइला पछि हट्न सक्ने ब्लन्सली बनाउने प्रयास गर्नुपर्छ । त्यस दिन बस स्टपमा भेट्ने मान्छेको मुस्कानबाट यही निचोड निकालेर र्फकंदा भोलिपल्ट ती मान्छेलाई देख्न पाइयोस् भन्ने लागिरहेकोे थियो ।