Sunday, December 28, 2008

हामीले हामीलाई नै माया नगरे

पर्दा खुल्छ अनि स्टेजमा बत्तीहरु घरिघरि मधुरो,घरिघरि तेज हुन थाल्छन्। सङ्गीत बज्न थाल्छ र नाच शुरु हुन्छ। यहाँसम्म त कुरो साधारण नै लाग्छ नि हैन? दर्शकहरुका आँखा स्टेजमा सङ्गीतको लय र तालमा हल्लिरहेका मानव आकृतिसंग रमाइरहेका हुन्छन्। अनि शुरु हुन्छ गीतको बोल। एउटा सी ग्रेडको हिन्दी चलचित्रको तथाकथित आइटम नम्वर,

"नथनी उतारो सम्भल के पिया........."

झट्ट सुन्दा तपाईंहरुलाई बामदेवजीले बक्रदृष्टि लगाएका डान्स रेष्टुरेण्टहरु मध्ये कुनै एकको वर्णन जस्तो लाग्छ तर यो वर्णन केही दिन अघि राजधानीको एउटा नाम चलेको विद्यालयको अभिभावक दिवसको हो।

Wednesday, December 17, 2008

What Ugyen said

After a long time, I met Ugyen Chhopel. I haave repeatedly said that he is the only director Nepali film industry has ever seen. I know that I have rubbed a lot other people in the business with my statement. But it is a truth and I stand by it. Yesterday evening, me and Binod Serchan jammed up with Ugyen. He is worried about the state Nepali film industry is in currently. He has visions and capabilities to execute them. Binod Serchan is another gem of a person and a quality film maker. Ugyen is interested to make a film and Binod jee is keen to produce. This duo has given Trishna and Badal Paree to the industry. I hope they will keep up the enthhusiasm and their 3rd project will materlise. Of course I will be involved in the screenplay and dialogues.

Gosh, the idea excites me.

Wednesday, December 10, 2008

जाँगरको अभाव

धेरै दिनदेखि केही लेख्न सकिरहेको छैन । खै किन हो जाँगरको अभाव भइरहेको छ । त्यस्तो खास कारण पनि केही छैन तर लेख्न बस्यो, केही टाइप गर्यो अनि ह्या‍‍‍‍‌‌आआआआ भन्यो, सबै मेटायो, त्यस्तै भइरहेछ आजकल किन हो कुन्नि । भूपि शेरचनको एउटा कविता छ नि, ठ्याक्कै शव्दहरू क्रममा त सम्झना छैन,

"यसो लेख्छन्, खुइय्य गर्छन्,
अनि केर्छन्, फेरि लेख्छन्
कठै बरा भूपि शेरचन"

त्यस्तै भइराछ अचेल मलाई पनि ।

Tuesday, December 2, 2008

वर्षाको एउटा छिटा

स्निग्धताको
मधुरो आभाष पनि
कति न्यानो, कति प्रेममय

तप्त अभिशप्त
रापले डढेको पहाडलाई
चीसो हावाले सरक्क
छोएर गए जस्तो
अपूर्णताको लामो एक्लोपना
र त्यसको अत्यासलाग्दो पीडापछि
प्राप्ति, पूर्णताको
एउटा सानो अंश पनि
कति अपार, कति सम्पूर्ण

लामो सुख्खा खडेरीपछि
वर्षाको पहिलो छिटा खस्दा
सन्तापले जर्जर भइ
चिराचिरा परेको भुइंमा
उठेको वाफ जस्तो
मधूरो सुगन्ध पनि
कति सुमधु्र, प्राणदायी

एउटा अठोट, एउटा संकल्प
आफैसंग एउटा वाचा
अडिग, अटल, चीरस्थायी

शनिवार, २०६५ मङसीर १५

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...