Translate

Tuesday, November 29, 2016

...र फुलेनन् गुराँसहरु

मंसीर १२, २०७३ को नेपाल साप्ताहिकमा प्रकाशित


अलि पर, उतापट्टिबाट आइरहेका दुईजना केटीहरुमध्ये एकजनाले हामी सबैको ध्यान एकैपटक तानिन् ।

२६ वर्ष अघि, २०४७ साल तिरको कुरो हो । निर्देशक अरुणकुमार झा, अभिनेता सन्तोष पन्त, पत्रकार शैलेश आचार्य र म घण्टाघरबाट कमलादी स्थित वसन्त चौधरीको ग्रूप थ्री भन्ने एउटा विज्ञापन एजेन्सीको अफीस तिर गइरहेका थियौं । त्यतिबेला ग्रूप थ्रीले नै उर्वशी भन्ने सिने पत्रिका पनि निकाल्थ्यो जसको सम्पादक शैलेश दाइ थिए । हामी एउटा सिनेमा बनाउन लागिरहेका थियौं, “..र फुल्छन् गुराँसहहरु” । त्यसको लागि भेटघाट गर्ने थलो पनि उर्वशीको अफीस नै थियो ।

भर्खरभर्खर केही टेलिफिल्महरुमा अभिनय गरेको म, त्यस सिनेमाबाट ठूलो पर्दामा हाम्फाल्ने भएको थिएँ । त्यतिबेला सबैको आँखा लाग्ने नबिल बैंकको गतिलो जागीर पनि मैले सिनेमाको हीरो बन्नका लागि तिलाञ्जलि दिने मनस्थिति बनाइसकेको थिएँ । आफैले लेखेको कथामा पटकथा र सम्वाद तयार भैसकेको थियो । एउटा प्रेमकथामा आधारित त्यस चलचित्र आएपछि फर्केर हेर्नपर्दैन भन्ने लाग्थ्यो मलाई भर्खर बीस एक्काइस वर्षको उमेरमा । अरु सबै मुख्य भूमिकाहरु पनि कसले खेल्ने भन्ने लगभग टुंगो लागिसकेको थियो ।

Sunday, November 20, 2016

एक शुभेच्छु पाठकको प्रतिकृया

महेन्द्र आदर्श विद्याश्रमको पढाई सकिएनि सातदोबाटो जाने मेरो बानी सकिएको थिएन । मेरो जक्सन भएको थियो सातदोबाटो । बिहान या साँझ दिनको एक पटक नगै चित्त बुझदैनथ्यो  । केटाहरुसँग बस्यो चिया खायो । फर्कियो । <br>
<br>
एकदिन हामी महेन्द्र आदर्श विद्याश्रम अगाडिको चिया पसलमा बाहिरै बसेर चिया खाँदै थियौं । सडक तिरै फर्केर चियाका चुस्की लिइरहेका बेला उमेशले सडक तीर हेरेर उत्साहित हुदै भन्यो &quot;उ उ दाई त्यो गाडीमा ब्रजेश ।&quot; मैले नि पुलुक्क हेरें अखबारको पानामा देखे जस्तै एउटा अनुहार आफै गाडी चलाएर गोदावरी तिर जाँदै थियो । तर म ठोक्का गरेर भन्न सक्दिन त्यो ब्रजेश थियो या ब्रजेश जस्तै अरु कोई ।
त्यतिबेला म सातदोबाटोको दीपावली पुस्तकालयको सदस्य र नियमित पाठक थिएँ । ब्रजेशलाई नदेखे नचिनेको भए  पनि बेला बेला कान्तिपुर,नागरिक आदिमा आउने  ब्रजेशका लेखहरु चाहिँ म पढ़थ्ये । सायद त्यही भएर हुनुपर्छ उमेशले बाटोमा देखिएको ब्रजेश मलाई देखाएको ।

Wednesday, October 5, 2016

करेली नोट

नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"बाट


केही दिन अघिको कुरो हो, एउटा पसलमा किनमेल गरेर पैसा तिर्न म पालो कुरिरहेको थिएँ । मेरो अघि एक जना पैसा तिर्दै थिए । साहूजीले उनको हिसाब गरेर बाँकी पैसा फिर्ता गरे । ग्राहकले आफ्नो हातमा परेका केही नोटहरु हेरेर अमीलो मुख लगाए । नाकमुख खुम्च्याउँदै उनले भने,  
“हरे साहूजी, कस्तो गन्हाउने र झुत्रो नोट दिनुभाको होला । छुन पनि घीन लाग्ने । अलि नयाँ र राम्रो नोट दिनुस् न ?” 
साहूजीले पनि हाँस्दै उत्तर दिए, 
“अब मैले नोट छाप्ने हैन क्यार । मैले पनि तपैंजस्तै अरु ग्राहकले जे ल्याएर दिए त्यही दिने त हो नि । यस्तै आउँछ म के गरुँ ?”

Saturday, May 14, 2016

‘डिजाइनर बन्न फिल्म लेखेको, टेलर बन्नुपर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे'

लेखनकक्षमा ब्रजेश

समुन्द्र राज घिमिरे ललितपुर, जेठ १ (सेतोपाटीबाट साभार)


ब्रजेश पाँच कक्षा पढ्दा स्कुलको एउटा कार्यक्रममा साथीबाट कविता सुनेका थिए। पैसालाई विषयवस्तु बनाइएको त्यो कविता उनलाई साह्रै मन पर्यो। उनले त्यो कविता मागे।
त्यतिबेला उनका बाबुको छापाखाना थियो। त्यहाँबाट एउटा पत्रिका नियमित निस्कन्थ्यो। पत्रिकामा साथीले सुनाएको उक्त कविता छपाए। तर, साथीलाई थाहा भएन।
उनलाई यही कुराले पिरोल्न थाल्यो। जति समय बित्यो, उनमा पछुतोबोध त्यति नै बढ्दै जान्थ्यो। 
एकदिन पिकनिक जाँदा महिनौंदेखिको उकुसमुकुस पड्कियो। पिकनिक चल्दै गर्दा साथीलाई एक कुनामा लगेर सुनाए, ‘तैंले अस्ति नै सुनाएको कविता मेरो नाममा छापेँ। सरी यार।’
त्यसपछि साथी जोडले हाँसे। र, भने, ‘त्यो कविता मेरो त होइन। दाइले सुनाएको। दाइले पनि अरू कसैको भन्थ्यो।’

Friday, February 19, 2016

A review of Junelee in GoodReads


Sunday, January 17, 2016

तस्करलाई नमन

बायाँ फन्को १७२ 

सधै अघि बढ्ने, कहिले नरोकिने र पछि त फर्कंदै नफर्कने एउटै कुरा समय हो । तर, यो अकाट्य कुरा पनि हाम्रो हकमा असफल भएको छ । हामी हरेक दिन झन्झन् पछि सर्न बाध्य भइरहेका छौँ । मानिसका प्राथमिकता कसरी समयले परिवर्तन गरिदिँदो रहेछ । हाम्रा प्राथमिकता कतिसम्म खुम्चिसकेका छन् भने केहीबेर बिजुली आउँदा पनि प्रसन्न हुन थालेका छौँ । आधा सिलिन्डर ग्यासका लागि महिनौँ दिन लाप्पा खेल्न परिरहेको छ । एक भारी दाउराका लागि आफ्नो समय, स्रोत र परिश्रम खेर फाल्नु परिरहेको छ हामीलाई । दुई छाक राम्रोसँग पकाएर खान सक्ने मानिस त सम्भ्रान्त मानिन थालेको छ ।

हामी कसैको नियन्त्रणमा नभएको, जति चाहेर पनि टार्न नसकिने प्रकृतिद्वारा सिर्जित प्रकोप त आफ्नै ठाउँमा थियो, हामीले चाहेको भए, समयमा देखेको भए र समयमै सम्बोधन गर्न सकिने अनि हामीमध्ये नै केहीबाट सिर्जित प्रकोपका एकपछि अर्को दनकले हामीलाई थचक्कै बसाइदिएको छ । देशको एक भागमा आगो बलिरहेको छ, भतभती । त्यो आगो र त्यसलाई निभाउन चलाइने गोलीबाट मानिसहरू मरिरहेका छन् । अर्को भागमा चिसोले कठ्यांग्रिएर पनि मानिसहरू मरिरहेका छन् । तर, हाम्रो सरकार भनिने संयन्त्रलाई यी दुवैले छोएको छैन । न त सरकारको विरोधमा आन्दोलन गर्नेहरूलाई नै यसले छोएको छ ।

राजधानीमा सबै कुराको अचम्मको अभाव छ । अचम्म किन भने कुनै पनि कुरा पाउनुपर्ने ठाउँमा मात्र पाइँदैनन् । तर, सम्बन्ध हुनेहरूलाई यो अभाव लागेको छैन । अनि, पैसा हुनेहरूलाई पनि । किनभने, कालोबजारमा सबै कुरा पाइन्छ । परल मोलभन्दा दोब्बर वा तेब्बर तिर्ने तपाईंको ल्याकत छ भने सबै कुरा घरैमा आइपुग्छ । डिपोमा नपाइने ग्यास अरू सबै ठाउँमा उपलब्ध छ । पम्पमा मात्र नपाइने पेट्रोल र डिजेल अन्यत्र वालछ्याल पाइन्छ । नाकाबन्दीका नाममा माथिदेखि तलसम्मका हरेक सम्बन्धित मानिसले द्रूत गतिमा पैसा कमाइरहेका छन् । यस्तोमा निमुखा जनताबाहेक अरू कसैलाई पनि यो समस्याको समाधान भइदेओस् भन्ने किन लाग्थ्यो र ? त्यसैले त अर्थ न वर्थका झिनामसिना अत्तो थापेर कुरा अड्काउनेबाहेक कसैले केही गर्नेतिर ध्यानै दिएको देखिँदैन । जनताको आँखामा छारो हाल्नु कति नै गाह्रो कुरा हो र ? हाम्रो देश हाँक्नेहरू यस कुरामा त अभ्यस्त छन् । लामो अनुभव छ उनीहरूसँग ।

गैरजिम्मेवारी, बकम्फुसे कुरा र लाजहीनताको तपाईं–हामीले कल्पना गर्नसक्ने भन्दा निम्नस्तरको मापदण्ड कायम गरिसकेका छन् हाम्रा नेताले । जुन देशका उपप्रधानमन्त्री खुलेआम तस्करका कारण चरम अभाव हुन पाएन भनेर खुसी हुन्छन्, त्यहाँ अब सुन्नका लागि बाँकी के नै रहन्छ र ? के हामी ती तस्कर र कालाबजारियाहरूप्रति आभारी हुनुपर्ने हो त ? हो भने आउनूस् सबै मिलेर एकैपटक उनीहरूको जयजयकार गरौँ, जसले तेब्बर मूल्यमा भए पनि हामीलाई चाहिने कुरा उपलब्ध गराइरहेका छन् । धन्य सम्मानित कालाबजारियाहरू र प्रातस्स्मरणीय तस्कर महोदयका कारण हामी बाँच्न पाएका छौँ, नत्र सरकारको भरमा त हामी सबै उहिले खुस्किसकेका हुन्थ्यौँ । सक्नेले तिरून्, नसक्ने मरून् ।

कुनै पनि पार्टीका नेता हुन् वा सरकार होस्, उनीहरूको कुरा सुन्दा लाग्छ, मानौँ हामी सबै घाँस खानेहरू हौँ । जे भने पनि हामी पत्याउँछौँ । फोस्रो आश्वासनबाहेक उनीहरूले हामीलाई केही दिन सकेका छैनन्, दिन सक्ने पनि छैनन् । भिजन भन्ने कुन चराको नाम हो भन्ने कसैलाई थाहा छैन । हरेक स्थानमा यस्ता मानिस छन्, जसलाई आफ्नो कामका बारेमा केही थाहा छैन । राजनीतिक पृष्ठभूमि, सम्पर्क, पैसा वा प्रभावका आधारमा नियुक्त भएका मानिसबाट अरू केही कुराको अपेक्षा पनि त गर्न सकिन्न । समाज कस्तो भइसकेको छ भने यहाँ धनका लागि मान्छे पुजिन्छ, आदरणीय मानिन्छ । विचारका लागि, गुणका लागि वा राष्ट्रप्रति उसले गरेको वा गर्न सक्ने योगदानका लागि होइन । यस्तो समयमा पनि आशावादी रहनु आमनियति बनेको छ ।