Translate

Sunday, October 25, 2009

ठग्ने र ठगिनेहरू


केही दिनअघि पसलमा छापा मारएिको कुरा समाचारहरूमा देख्न र पढ्न पाइयो । गुणस्तरहीन ख्ााद्यपदार्थ बेचेको आरोपमा पसलका साहू समातिएका थिए । स्वाभाविक कुरा हो, ठग्न पाइँदैन । ठग्नेलाई कारबाही गर्नैपर्छ । तर, के सबै ठगहरू समातिएका छन् त ? अनेकौँ रूपमा आज आमनागरकिहरू ठगिएका छौँ । बौद्धिक ठगहरू, धार्मिक ठगहरू, शैक्षिक ठगहरू, रोजगार ठगहरू, राजनीतिक ठगहरू, आर्थिक ठगहरू र अन्य थुप्रै प्रकारका ठगहरू खुलेआम जनतालाई उल्लू बनाइरहेका छन्, तिनलाई कसले र कसरी कारबाही गर्ने हो ? सोच्दाखेरी पनि कहालीलाग्दो, अत्यासलाग्दो । ओहो ! कति धेरै ठगिएर बाँचेका रहेछौँ हामी आमनागरकि ।


एक जना मित्र कार्यालयमा त्यसदिन राती ढिलासम्म काम गर्दै थिए । घरमा खाना र ढोका कुर्दाकुर्दा थाकेकी उनकी श्रीमतीले ज्यान गए फोन नलागेपछि सन्देश पठाइन्, 'तुरुन्त घर आउनूस्, होइन भने म ढोकासोका लगाएर सुतेँ ।' तर, त्यो सन्देश उनको सेटमा भोलिपल्ट दिउँसो १ बजे मात्र आयो । कुनै निश्चित समय र परििस्थतिका लागि पठाइएको सन्देशको अर्थ अर्को समयमा अनर्थ हुन जान्छ । अर्का एक परििचत पनि यस्तै फोनका कारण असहज परििस्थतिमा परेका थिए । उनकी श्रीमतीले उनलाई गरेको फोन कुनै अर्कै नारी स्वरले उठाएछ । रमाइलो कुरा के भने यताबाट बोलेको उताबाट नसुनिने । आफ्नो श्रीमान्को साटो एकोहोरो कुनै अरू नारीले 'हलोहलो' भनेर काटिएको फोनमा उनले भर्खर डायल भएको नम्बर हेर्दा त्यो अन्त कतै गएको पनि देखिएनछ । यीबाहेक पनि मोबाइल फोनका अरू कर्मकाण्डका बारेमा छापामा दिनहुँ भनेजस्तै थुप्रै मसी खर्च भइसकेका छन् । उस्तै समझदारी नभएका कुनै लोग्नेस्वास्नीको सम्बन्ध नै फोनले बिगारििदयो भने अचम्म नमाने हुन्छ ।

द्रुत गतिमा इन्टरनेट चलाउन सकिने भनेर विज्ञापन गरएिको एउटा निजी सेवा प्रदायकको कार्डबाट कहिलेकाहीँ त एउटा इमेल गर्न पनि घन्टौँ प्रयास गर्नुपर्छ । जुन गतिमा नेट चल्छ भनेर उनीहरूले ग्राहकलाई भनेका हुन्छन्, त्यसको त एकछेउ पनि चलेको हुँदैन । तर, मासिक रूपमा उनीहरू एकमुष्ट भनेको जति शुल्कचाहिँ लाजै नमानी लिन्छन् । त्यत्तिका ग्राहकहरूसँग त्यति चर्को शुल्क लिएर गुणस्तरहीन सेवा प्रदान गर्नेहरूलाई धनी बनाउन आमनागरकिको कति पैसा खर्च भइरहेको छ, हिसाब निकाल्न सजिलो छैन । महिनैपिच्छे आरामसँग भइरहेको यो ठगीचाहिँ कुन वर्गको ठगी होला ?

स्वअध्ययनबाट कोही डाक्टर बनेर बिरामी जाँच्न पाउँदैन, वकिल बनेर मुद्दा लड्न पाउँदैन । तर, राष्ट्रको चौथो अंग भनिने पेसामा लागेर आफूलाई पत्रकार भन्न कुनै पनि निश्चित अध्ययन वा तालिम चाहिँदैन ।  अझ च्याउजस्ता एफएम र टेलिभिजनमा यस्ता स्वनामधन्य पत्रकारहरू पनि छन्, जो अन्तर्वार्ता लिन्छु भनेर फोन गर्छन् अनि आफ्नोबारेमा केही भन्नूस् न भनेर लाजै नमानी सोध्छन् । पत्रकारतिाका नाममा 'प' पनि नबुझेकाहरूको जत्थ्ाा बटुलेर बौद्धिक ठगी गर्नेहरूको पनि कमी छैन ।

ज्योतिष विद्या र कर्मकाण्डका नाममा हुने ठूलो ठगी र तिनमा लागेका इज्जतदार ठगहरूको त झन् कुरा गरसिाध्य नै छैन । आमजनताको ठूलो धनराशि यस्ता धार्मिक ठगहरूले कुम्ल्याउने गरेका छन् । तिनलाई कारबाही कसले गर्ने र कसरी गर्ने भन्ने कुरा पनि विज्ञ पाठकहरूकै तजबिजमा छोडौँ ।

एक ठाममा एउटा रोजगारका लागि आश्वासन दिएर अर्कै ठाउँमा लगेर अलपत्र पारििदने रोजगार ठगहरूले समष्टिगत रूपमा हेर्दा जनताको कति पैसा कुम्ल्याएका छन्, त्यो ठगीको हरहिसाब कसैले गरेको छ ? निजी विद्यालयहरूले लिने चर्को शुल्क अनुसारका सुविधा प्रदान गरेका हुँदैनन्, न त त्यहाँका शिक्षकहरूको क्षमतामाथि प्रश्न उठाउने अभिभावकहरूलाई अधिकार हुन्छ । विदेश पढ्न पठाउने परामर्श दिने नाममा गल्लीगल्लीमा खुलेका कन्सल्ट्यान्सीहरूले विदेशमा पठाएर अलपत्र बनाएका विद्यार्थीहरूका बारेमा उत्तरदायित्व लिने कसले ? घरैपिच्छे खुलेका ब्यांक, फाइनान्स कम्पनी र सहकारीका नाममा भइरहेका निकृष्ट व्यवस्थापन र सुविधाका बारेमा कसले, कहाँ गुनासो गर्ने ? धारामा पानी नआओस्, चीममा बिजुली नआओस् तर आमनागरकिलाई आफूले कर तिरेपछि आधारभूत सुविधा किन नपाउने भनेर सरकारसँग प्रश्न गर्ने हक छ कि छैन ? कहाँ जान्छ हामीले कर तिरेको पैसा भनेर प्रश्न गर्ने अधिकार छ कि छैन ? 

अब सबैभन्दा ठूलो तहका ठगहरूको कुरा गरौँ । यी भनेका राजनीतिक ठगहरू हुन् । सिंगो मुलुक र मुलुकबासीको भविष्य कोर्ने जिम्मेवारी पाएको यो वर्गका ठगहरू अहिलेका लागि सबैभन्दा पहिले नियन्त्रण हुनुपर्ने देखिएका छन् । जुन गहन जिम्मेवारी प्रदान गरेर जनताले यिनीहरूलाई संसद्सम्म पुर्‍याए, त्यसैलाई पाखा लगाएर यिनीहरू शक्ति र सरकार बनाउने, ढाल्ने, बनाउने खेलमा मात्र आफ्ना सारा ऊर्जा खर्च गररिहेका छन् । व्यक्तिगत 'इगो' र राजनीतिक महत्त्वाकांक्षाभन्दा माथि नयाँ पुराना कुनै पनि धार र विचारकाहरू उठ्न सकेका छैनन् । यिनीहरूलाई देश र जनताका बारे तीलको गेडो जति पनि मतलब छैन भन्ने कुरा यिनको बोली, आचरण र व्यवहारले बारम्बार प्रमाणित गरसिकेको छ । सहयोग र सद्भाव भनेको कुन चरो हो, यी चिन्दैनन् । एउटा हातले अर्को हातलाई धुन्छ भन्ने कुरा यिनले पटक्कै पनि बुझेका छैनन् । छरपष्ट रहुन्जेल औँलाहरू औँला नै मात्र रहिरहन्छ, एकआपसमा गाँसिएपछि मात्र मुट्ठी बन्छ र त्यसो भएपछि मात्र शक्ति आउँछ भन्ने कुरा पनि यिनीहरूले बिर्सिसकेका छन् । राजनीतिक अस्िथरताले कुनै पनि मुलुकलाई कति पछाडि धकेल्न सक्छ भन्ने कुरा विश्व इतिहासमा पढेका हुन् भने पनि त्यसलाई पोलेर खाइसकेका छन् सायद यिनीहरूले । देश नै पछाडि भयो भने यिनीहरू आफँै पनि कहाँ हुन्छन् त भन्ने सोच्नेसम्म फुर्सद छैन यिनलाई ।

सदन चलेको छैन, बजेट पास भएको छैन, भोलिको कुरा थाहा छैन भने दीर्घकालीन योजना, दूरदर्शिता र देश कुन बाटोमा हिँडाउने भन्ने कुरा त कहाँ हो कहाँ ! खालि फोस्रा नाराबाजी र यिनीहरूले बाँडेका पूरा हुन नसक्ने सपनाहरूमा हामी कहिलेसम्म रमाइरहनुपर्ने हो, थ्ााहा छैन । राष्ट्रको ढुकुटीबाट यिनले ज्यूनार गररिहेका तलब, भत्ता र सुविधाहरू केका लागि ? समयमा संविधान बनेन भने यीमध्ये कसैले एकरत्ति पनि नैतिक जिम्मेवारी लिने छैनन् । त्यतिबेला एकअर्काको थ्ााप्लोमा दोषको नाम्लो र ढाडमा असफलताको भारी टिकाउनमा यिनका सारा शक्ति खर्च हुनेछन् । तर, जुन कामका लागि भनेर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यति धेरै धनराशि र समय खर्च भएको छ, त्यसको हिसाब यिनीहरूसँग माग्न हामीजस्ता साधारण जनताले पाउने कि नपाउने ? 

Sunday, October 18, 2009

दशैका डोबहरु


केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित


फेरि एकपटक दशैं आएर गयो। 
तर यसपटक दशैंमा दुर्गा दिदीलाई साह्रै नरमाइलो भयो। हुन त उनलाई यस पालिको दशैंमा नातागोताहरुकहाँ जाँदा कतै पनि कुनै पनि कुरामा कसैसंग अप्ठ्यारो मान्नु पर्ने थिएन। अघिल्लो साल उनको र उनको परिवारको लागि फलिफाप भएको थियो। केही महीना अघि उनको एक्लो छोरो जेहेन्दार छात्रवृत्तिमा विदेश पढ्न गएको थियो। उनका श्रीमानको व्यापारमा पनि यसपटक बेस्सरी नाफा भएको थियो। त्यसैले खास गरि डल्ली फूपुकहाँ टीका लगाउन जाँदा पनि धक फुकाएर जान पाइने भयो भनेर उनी दंग थिइन्। डल्ली फूपु अरुलाई च्वास्स घोच्न, आफ्नो डम्फू बजाउन र अरुलाई तल पार्न खप्पीस थिइन् त्यसैले उनकहाँ टीका थप्न जानेहरु सतर्क भएर मात्र जाने गर्थे। उनी आफूबाहेक अरु कसैको प्रगति देख्न नसक्ने नारी हुन् भन्ने कुरा उनको बोली र व्यवहारले सबैलाई पटकपटक देखाइसकेको हुँदा पनि दशैंमा औपचारिकताका लागि जानै पर्छ भन्ने बाध्यताले अरु नातागोताहरु डल्ली फूपुकहाँ निधार थाप्न जाने गर्छन्। 
दुर्गा दिदी पनि त्यही औपचारिकता पूरा गर्नका लागि गएकी थिइन्। डल्ली फूपुका विदेशी परियोजनामा काम गर्ने छोरी ज्वाईहरु पनि त्यहाँ थिए। कुरै कुरामा डल्लीले दुर्गा दिदीको छोराको कुरा निकालिन्। दुर्गा दिदीले पनि गर्वसाथ आफ्नो छोराले पूर्ण छात्रवृत्ति पाएर विदेश गएको कुरा सुनाइन्। डल्ली फूपुकी छोरीले आफ्नो पनि छोरा अब अमेरिका जान लागेको बताइन्। मानौं त्यहाँ विदेश गएका छोराछोरीको कुनै प्रतिस्पर्धा हुन लागेको होस्। कसको छोरा गएको राज्य अलि ठूलो, वा कलेज अलि नाम चलेको जस्ता कुराहरुबाट पनि जब त्यहाँ हारजीत नहोला जस्तो भयो, अनि डल्ली फूपूले टाइ ब्रेकर निकालिन््,
“आफ्नो त छोरी ज्वाई दुबै विदेशी परियोजनामा काम गर्ने, बेस्करी डलरमा खान्छन्। कुन मुखले छात्रवृत्ति माग्नु? लाजै हुन्छ त्यो त भनेर आ होस् भनेर यिनीहरुले त आफ्नै खर्चमा पढ्ने गरि पठाएका हाम्रो बाबुलाई, हैन त ज्वाइंसाप?”
डलर खाने ज्वाईंले पनि गजक्क फुलेर सहमतिसूचक टाउको हल्लाए। दुर्गा दिदी अमीलो मन लिएर फर्किन्। ए लेभलमा ९० प्रतिशत भन्दा बढी अंक ल्याएर जेहेन्दार छात्रवृत्ति पाएको आफ्नो छोरालाई परेको भए आफ्नै खर्चमा पठाउन नसक्ने त उनीहरुपनि थिएनन् नि। दुर्गा दिदीलाई लाग्यो, जब एकआर्काप्रति कुनै सद्भाव नै छैन भने वर्ष भरि एकआर्काको खोजी नगर्नेहरु यो दशैंको नाममा चाहिँ किन भेटघाट गर्नु।
प्रकाश दाइलाई लौ त भने घर जाने कुरा सम्झेर नै दिक्क लागेको थियो। काठमाण्डौ बाहिर जाने गाडीहरुको मारामार, कलंकी देखि नौबिसे सम्मको जाम र बाटोको झन्झट सम्झंदा त उनलाई कहीं नगएर सुतेर बस्न मन लागेको थियो। तर पुख्र्यौली घरखेतको अंशवण्डाको कुरा चलिरहेको बेला आफू दशैंमा घर गएन भने फेरि भाइको तराजु बढी भारी होला कि भन्ने पीरले गर्दा पनि यसपटक त उनलाई दशैंमा घर नगइ हुँदै हुँदैनथ्यो। 
रविन्द्र काकालाई पनि दशैं सुरु भएदेखि नै एक किसिमको तनाव थियो। पोहोर साल सम्म त दुइटी छोरी र श्रीमतीलाई मोटरसाइकलमा हालेर झ्याल्टुङ पार्दै सबै मान्यजनहरुकहाँ पुग्न भ्याएका थिए उनले। तर यसपटक ठूली छोरी हलक्क बढेकी छ। चारजना मोटरसाइकलमा जाने प्रश्न नै आउँदैनथ्यो। दशैं आउनु अघि पत्रपत्रिकाहरुमा नयाँ पुराना गाडीहरुका आकर्षक विज्ञापनहरु हेरेर निकैपटक उनले हिसाबकिताब गरेका थिए। जे सुकै होस्, यसपालि त एउटा चारपाङ्ग्रे लिनै पर्ला कि क्या हो। तर उनले आँट गर्न सकेनन्। त्यसैले दशैंमा काठमाण्डौका चारकुना तिर फैलिएका आफन्तहरुकहाँ धाउनु उनका लागि कष्टकर अनुभव रहन गयो। भनेको बेला भनेको ठाउँमा ट्याक्सी नपाउने, पायो भने पनि तिनले मागेको भाडा सुन्दा चिटचिट पसीना आउने। कहिले यो चार दिन सकिएला र अफीस जान थाल्न पाइएला भन्दै उनले पनि औपचारिकता पूरा गरे।
अर्का एक थरि परिवार छन्। लौत भनौं भने सबै दाजुभाइ एकै थलोमा बसेको चार पुस्ता भयो। त्यसैले नाता हेर्दा निकै पर पुगिसके पनि नजीकै जस्तो लाग्छन्। संगैसंगै बसेका कारण एउटाको आन्द्राभुँडी अर्कोलाई थाहा हुन्छ। परेको बेला एउटालाई सघाउने बेलामा बहान बनाइबनाइ पन्छिए पनि प्रगति गर्न लागेकोलाई खुट्टा तानेर पछार्ने अवस्थामा चाहिँ बाँकी दाजुभाई अचम्मसंग एकजूट हुन जानेका हुन्छन्। एक वर्ष अघि माइलाको खलकले सुरु गरेको व्यापार फस्टाएर हेर्दाहेर्दै उनीहरु निकै सम्पन्न भएका थिए। उनीहरुले सबै भन्दा पहिले त एउटै ठूलो कम्पाउण्डमा भएका आफ्ना तीन घरलाई १२ फीटको पर्खाल लगाएर अरु दाजुभाइसंग छुट्याएका थिए। अरु दाजुभाईहरु चाहिँ तराइमा भएको सबैको भाग लाग्ने पुख्र्यौली मौजा उनीहरुले जालझेल गरेर एकलौटी बनाएर यो व्यापारमा लगानी गरेका हुन् भनेर पाखुरा सुर्कीसुर्की उफ्रेका थिए। कुनै खासै सबूतप्रमाण भएको भए बाँकी दाजुभाइहरुले मुद्दा पनि हालिसकेका हुन्थे। तर त्यो गर्न नसकेको भडास  काईंला खलकका एक जनाले हर रात भने जस्तो निकाले। टन्न रक्सी खाएर आएपछि उनी पर्खालमा उभिएर सुन्न समेत लाज लाग्ने शव्दहरुका साथ माइला खलकलाई भाइमारा, शोषक, पापी र अत्याचारी भनेर गाली गर्थे। हर रात भने झैं उनले माइला खलकको नाश होस् भनेर सराप्ने गरेका थिए। तर दशैंमा तिनै माइला खलककाहरु टीका थाप्न आएका बेला उनले दुर्गा भवानीले उनीहरुको अझ बढी प्रगति र उन्नति गरुन् भन्दै निधारमा टीका टाँसिदिए, कानमा जमरा सिउरीदिए। 
त्यसबाहेक पनि कसैलाई दक्षिणाको चापले, कसैलाई ठूलो परिवारको लुगाफाटो र खानपीनको जोहोले, अनि कसैलाई भ्याइनभ्याइ आउने आफन्तहरुको सेवासुश्रुषा र कामको लठारोले गर्दा दशैं चाँडै सकिए हुन्थ्यो जस्तो भयो। अनि आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ भन्ने उखान सार्थक पार्दै दशैं आफ्ना पाइलाका डोबहरु छोडेर गयो। कसैले कसैलाई केही भन्नु पर्दैन तर हामी आफैले आफैलाई नढाँटी भन्ने हो भने कतिजनाले सही अर्थमा बिना कुनै औपचारिकता साँचो मनले सदभाव बाँडेर दशैं मनायौं त?

Sunday, October 11, 2009

दसैँका डोबहरु

फेरि एकपटक दसैँ आएर गयो । तर, यसपटक दसैँमा दुर्गा दिदीलाई साह्रै नरमाइलो भयो । हुन त उनलाई यसपालिको दसैँमा नातागोताहरूकहाँ जाँदा कतै पनि कुनै पनि कुरामा कसैसँग अप्ठ्यारो मान्नुपर्ने थिएन । अघिल्लो साल उनको र उनको परविारका लागि फलिफाप भएको थियो । केही महिनाअघि उनको एक्लो छोरो जेहेन्दार छात्रवृत्तिमा विदेश पढ्न गएको थियो । उनका श्रीमान्को व्यापारमा पनि यसपटक बेस्सरी नाफा भएको थियो । त्यसैले खास गरी डल्ली फूपुकहाँ टीका लगाउन जाँदा पनि धक फुकाएर जान पाइने भयो भनेर उनी दंग थिइन् । डल्ली फूपु अरूलाई च्वास्स घोच्न, आफ्नो डम्फू बजाउन र अरूलाई तल पार्न खप्पिस थिइन् । त्यसैले उनीकहाँ टीका थ्ाप्न जानेहरू सतर्क भएर मात्र जाने गर्थे । उनी आफूबाहेक अरू कसैको प्रगति देख्न नसक्ने नारी हुन् भन्ने कुरा उनको बोली र व्यवहारले सबैलाई पटकपटक देखाइसकेको हुँदा पनि दसैँमा औपचारकिताका लागि जानैपर्छ भन्ने बाध्यताले अरू नातागोताहरू डल्ली फूपुकहाँ निधार थाप्न जाने गर्छन् । 

दुर्गा दिदी पनि त्यही औपचारकिता पूरा गर्नका लागि गएकी थिइन् । डल्ली फूपुका विदेशी परयिोजनामा काम गर्ने छोरीज्वाइँहरू पनि त्यहाँ थिए । कुरैकुरामा डल्लीले दुर्गा दिदीको छोराको कुरा निकालिन् । दुर्गा दिदीले पनि गर्वसाथ आफ्नो छोराले पूर्ण छात्रवृत्ति पाएर विदेश गएको कुरा सुनाइन् । डल्ली फूपुकी छोरीले आफ्नो पनि छोरा अब अमेरकिा जान लागेको बताइन् । मानौँ, त्यहाँ विदेश गएका छोराछोरीको कुनै प्रतिस्पर्धा हुन लागेको होस् । कसको छोरा गएको राज्य अलि ठूलो वा कलेज अलि नाम चलेको जस्ता कुराहरूबाट पनि जब त्यहाँ हारजित नहोलाजस्तो भयो अनि डल्ली फूपुले टाइब्रेकर निकालिन्् । भनिन्, "आफ्नो त छोरीज्वाइँ दुवै विदेशी परयिोजनामा काम गर्ने, बेस्करी डलरमा खान्छन् । कुन मुखले छात्रवृत्ति माग्नु ? लाजै हुन्छ । त्यही भएर यिनीहरूले त आफ्नै खर्चमा पढ्ने गरी पठाएका हाम्रो बाबुलाई, होइन त ज्वाइँसा'प ?"

डलर खाने ज्वाइँले पनि गजक्क फुलेर सहमतिसूचक टाउको हल्लाए । दुर्गा दिदी अमिलो मन लिएर फर्किन् । ए लेभलमा ९० प्रतिश्ातभन्दा बढी अंक ल्याएर जेहेन्दार छात्रवृत्ति पाएको आफ्नो छोरालाई परेको भए आफ्नै खर्चमा पठाउन नसक्ने त उनीहरू पनि थिएनन् नि ! दुर्गा दिदीलाई लाग्यो, जब एकअर्काप्रति कुनै सद्भाव नै छैन भने वर्षभर िएकअर्काको खोजी नगर्नेहरू यो दसैँको नाममा चाहिँ किन भेटघाट गर्नु ।

प्रकाश दाइलाई लौ त भने घर जाने कुरा सम्झेर नै दिक्क लागेको थियो । काठमाडौँबाहिर जाने गाडीहरूको मारामार, कलंकीदेखि नौबीसेसम्मको जाम र बाटोको झन्झट सम्झँदा त उनलाई कहीँ नगएर सुतेर बस्न मन लागेको थियो । तर, पुख्र्यौली घरखेतको अंशबन्डाको कुरा चलिरहेका बेला आफू दसैँमा घर गएन भने फेर िभाइको तराजु बढी भारी होला कि भन्ने पीरले गर्दा पनि यसपटक त उनलाई घर नगई हुँदै हुँदैनथ्यो ।

रवीन्द्र काकालाई पनि दसैँ सुरु भएदेखि नै एक किसिमको तनाव थियो । पोहोर सालसम्म त दुइटी छोरी र श्रीमतीलाई मोटरसाइकलमा हालेर झ्याल्टुङ पार्दै सबै मान्यजनहरूकहाँ पुग्न भ्याएका थिए उनी । तर, यसपटक ठूली छोरी हलक्क बढेकी छ । चार जना मोटरसाइकलमा जाने प्रश्न नै आउँदैनथ्यो । दसैँ आउनुअघि पत्रपत्रिकाहरूमा नयाँ-पुराना गाडीहरूका आकर्षक विज्ञापनहरू हेरेर निकैपटक उनले हिसाबकिताब गरेका थिए । जेसुकै होस्, यसपालि त एउटा चारपांग्रे लिनैपर्ला कि क्या हो ! तर, उनले आँट गर्न सकेनन् । त्यसैले, दसैँमा काठमाडाँैका चारकुनातिर फैलिएका आफन्तहरूकहाँ धाउनु उनका लागि कष्टकर अनुभव भयो । भनेको बेला भनेको ठाउँमा ट्याक्सी नपाउने, पायो भने पनि तिनले मागेको भाडा सुन्दा चिटचिट पसिना आउने । कहिले यो चार दिन सकिएला र अफिस जान पाइएला भन्दै उनले पनि औपचारकिता पूरा गरे ।

अर्का एकथरी परविार छन् । लौ त भनौँ भने सबै दाजुभाइ एकै थलोमा बसेको चार पुस्ता भयो । त्यसैले नाता हेर्दा निकै पर पुगिसके पनि नजिकैजस्तो लाग्छन् । सँगैसँगै बसेका कारण एउटाको आन्द्राभुँडी अर्कोलाई थाहा हुन्छ । परेका बेला एउटालाई सघाउने बेलामा बहाना बनाइबनाइ पन्छिए पनि प्रगति गर्न लागेकालाई खुट्टा तानेर पछार्ने अवस्थामा चाहिँ बाँकी दाजुभाइ अचम्मसँग एकजुट हुन जानेका हुन्छन् । एक वर्षअघि माइलाको खलकले सुरु गरेको व्यापार फस्टाएर हेर्दाहेर्दै उनीहरू निकै सम्पन्न भएका थिए । उनीहरूले सबैभन्दा पहिले त एउटै ठूलो कम्पाउन्डमा भएका आफ्ना तीन घरलाई १२ फिटको पर्खाल लगाएर अरू दाजुभाइसँग छुट्याएका थिए । अरू दाजुभाइहरूचाहिँ तराईमा भएको सबैको भाग लाग्ने पुख्र्यौली मौजा उनीहरूले जालझेल गरेर एकलौटी बनाएर यो व्यापारमा लगानी गरेका हुन् भनेर पाखुरा सुर्कीसुर्की उप|mेका थिए । कुनै खासै सबुत-प्रमाण भएको भए बाँकी दाजुभाइहरूले मुद्दा पनि हालिसकेका हुन्थे । तर, त्यो गर्न नसकेको भडास काइँला खलकका एक जनाले हररात भनेजस्तो निकाले । टन्न रक्सी खाएर आएपछि उनी पर्खालमा उभिएर सुन्नसमेत लाज लाग्ने शब्दहरूका साथ माइला खलकलाई भाइमारा, शोषक, पापी र अत्याचारी भनेर गाली गर्थे । हररात भनेझैँ उनले माइला खलकको नाश होस् भनेर सराप्ने गरेका थिए । तर, दसैँमा तिनै माइला खलककाहरू टीका थाप्न आएका बेला उनले दुर्गा भवानीले उनीहरूको अझ बढी प्रगति र उन्नति गरुन् भन्दै निधारमा टीका टाँसिदिए, कानमा जमरा सिउरििदए ।

उल्लिखित त केही प्रतिनिधिमूलक सन्दर्भ मात्र हुन् यो दसैँका । त्यसबाहेक पनि कसैलाई दक्षिणाको चापले, कसैलाई ठूलो परविारको लुगाफाटो र खानपिनको जोहोले अनि कसैलाई भ्याइनभ्याई आउने आफन्तहरूको सेवासुश्रुषा र कामको लठारोले गर्दा दसैँ चाँडै सकिए हुन्थ्योजस्तो भयो । अनि, आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ भन्ने उखान सार्थक पार्दै दसैँ आफ्ना पाइलाका डोबहरू छोडेर गयो । कसैले कसैलाई केही भन्नुपर्दैन तर हामी आफँैले आफैँलाई नढाँटी भन्ने हो भने कति जनाले सही अर्थमा बिनाकुनै औपचारकिता साँचो मनले सद्भाव बाँडेर दसैँ मनायौँ त ? 

Thursday, October 8, 2009

मिलन

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न