
[gallery]
It has been long since I have update my blog. Something or other has been peventing me to do so. Being busy for things which were killing my creativity for various reasons were the main culprit. But, life has allowed me to overcome that phase. I am planning to allocate a lot more time for creative writing. There are two major ideas in pipe line. One-I want to finish my incomplete English novel "The big Shot and The Beggar". The other one is a Nepali novel. The idea has been formed and major chapters are taking shape in mind. I dont know how long or short will it take me to complete it. Actually it starts from where my story (published in Nagarik's Achchyar) Midnight Hot ended. I am planning to give it a try. Right now, I can just have my fingers crossed. Hope I will be able to complete both.
अब सबैभन्दा ठूलो तहका ठगहरूको कुरा गरौँ । यी भनेका राजनीतिक ठगहरू हुन् । सिंगो मुलुक र मुलुकबासीको भविष्य कोर्ने जिम्मेवारी पाएको यो वर्गका ठगहरू अहिलेका लागि सबैभन्दा पहिले नियन्त्रण हुनुपर्ने देखिएका छन् । जुन गहन जिम्मेवारी प्रदान गरेर जनताले यिनीहरूलाई संसद्सम्म पुर्याए, त्यसैलाई पाखा लगाएर यिनीहरू शक्ति र सरकार बनाउने, ढाल्ने, बनाउने खेलमा मात्र आफ्ना सारा ऊर्जा खर्च गररिहेका छन् । व्यक्तिगत 'इगो' र राजनीतिक महत्त्वाकांक्षाभन्दा माथि नयाँ पुराना कुनै पनि धार र विचारकाहरू उठ्न सकेका छैनन् । यिनीहरूलाई देश र जनताका बारे तीलको गेडो जति पनि मतलब छैन भन्ने कुरा यिनको बोली, आचरण र व्यवहारले बारम्बार प्रमाणित गरसिकेको छ । सहयोग र सद्भाव भनेको कुन चरो हो, यी चिन्दैनन् । एउटा हातले अर्को हातलाई धुन्छ भन्ने कुरा यिनले पटक्कै पनि बुझेका छैनन् । छरपष्ट रहुन्जेल औँलाहरू औँला नै मात्र रहिरहन्छ, एकआपसमा गाँसिएपछि मात्र मुट्ठी बन्छ र त्यसो भएपछि मात्र शक्ति आउँछ भन्ने कुरा पनि यिनीहरूले बिर्सिसकेका छन् । राजनीतिक अस्िथरताले कुनै पनि मुलुकलाई कति पछाडि धकेल्न सक्छ भन्ने कुरा विश्व इतिहासमा पढेका हुन् भने पनि त्यसलाई पोलेर खाइसकेका छन् सायद यिनीहरूले । देश नै पछाडि भयो भने यिनीहरू आफँै पनि कहाँ हुन्छन् त भन्ने सोच्नेसम्म फुर्सद छैन यिनलाई ।
केही दिन अघि सुनकोशीमा एउटा यात्रुबाहक बस खस्यो। बीसौं निर्दोष यात्रुहरूले ज्यान गुमाए।
यो दुर्घटनाको पछाडि चालकहरूको खराब मानसिकता प्रमुख कारण थियो। अघिल्लो बस आफूलाई उछिन्न खोज्ने अर्को बसलाई साइड दिन नचाहने अनि पछिल्लो बस जसरी भए पनि अघिल्लो बसलाई उछिनेरै छाड्ने होडबाजीमा एउटा बस अन्तत: खोलामा खस्यो। यो एउटा सामान्य दुर्घटना मात्र हैन, अहिलेको हाम्रो सिंगो देशको यथार्थ पनि हो। यो घटनाबाट अहिलेका हाम्रा राजनैतिक दलहरूले पाठ सिक्न सक्नुपर्छ।
यी दलरूपी बसका चालकहरूमा पनि हामी जनतारूपी यात्रुहरूको जिम्मेवारी छ। हामीलाई गन्तव्यमा पुर्याउने कर्त्तब्य यी चालकहरूको हो। तर एकआर्कालाई उछिन्ने अन्धो होडबाजीमा लागेका यी नेताहरूलाई शायद अरू कुनै कुराको हेक्का नै छैन। सदन राम्री चल्न नसकेको कति लामो समय भैसक्यो,सानातिना कुरामा साहमति हुन सकेको छैन। सडक पनि अवरूद्ध छ,हरेक दिन नयाँनयाँ बिरोधहरू भैरहेका छन्। सामान्य जनताको त के कुरा गर्नु,राष्ट्रपति र प्रधानमन्त्रीका कार्यक्रमहरू समेत बिथोलिएका छन्। दीक्षान्त समारोहहरू भाँडिएका छन्, डक्टर र नर्सहरू समेत हडतानलमा उत्रेका छन्, बजेट पास हुने हो कि हैन थाहा छैन,संबिधान लेख्ने भन्ने कुरा पाखा लागिरहेको छ।
तर हाम्रा यी महान राजनीतिकर्मीहरू एउटा सरकार बन्न नपाउँदै त्यसलाई ढाल्ने दाउपेचमा लाग्ने गरेका छन्। नयाँ ईतिहास लेख्ने जिम्मा पाएका हाम्रा नेताहरूले यो जिम्मेवारी कति मह्त्वपूर्ण हो भन्ने पटक्कै बुझेका जस्तो लाग्दैन। उनीहरू त आआफ्नो गाडीलाई हुँइक्याउन र उछिन्नमा नै आफ्ना भएभरका ऊर्जा सकाइरहेका छन्। यही गतिमा होडबाजी चलिरहने हो भने भोलि यो सिंगो देश र जनताहरूलाई कतै कुनै सुनकोशीमा नहालुन् यिनीहरूले।
२०६६ भदौ २१ गते नेपाल साप्ताहिकमा मेरो स्तम्भ 'बायाँ फन्को" मा प्रकाशित
बन्द, हडताल, दबावको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ। साना देखि ठूलासम्म, महत्वपूर्ण देखि अर्थ न वर्थका, जायज देखि नाजायज हरेक कुराहरुमा, हरेक क्षेत्रमा आजकल दबावमूलक मानसिकता हावी भैरहेको देख्दा साह्रै नरमाइलो लाग्छ। केही दिन अघि देशको सबैभन्दा पुरानो स्वास्थ्यप्रदायक वीर अस्पतालका डाक्टरसाहबहरुले हडताल गर्नु भयो। एक दुई दिन सबै लथालिङ्ग भए पछि अन्ततः उहाँहरुका मागहरु पूरा भए। नभएर सुखै छैन भन्ने कुरा उहाँहरुलाई थाहा भएकै कुरा हो।
त्यसको लगत्तै देशभरका सरकारी, अर्ध सरकारी र नीजि स्वास्थ्य निकायका नर्सहरु सेवा वन्द गरेर आफ्ना मागहरु पूरा गराउनका लागि कटिवद्ध भए। अघिल्लो हडतालको सफताको नजीर उनीहरुको सामु ताजा नै थियो। सम्भवतः यो प्रकाशित हुनेबेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरुले आफ्नो सेवा पुनः चालु गरिसकेका पनि हुन सक्छन् त्यो अर्कै कुरा हो। तर डाक्टर र नर्सहरुको हडतालको एक दिनको त कुरै छाडौं, एकएक घण्टा, मिनेट, सेकेण्ड, पल वा निमेष कति सम्वेदनशील हुन्छ भन्ने कुरा रोगले पीडित मान्छे र उनीहरुका आफन्तलाई मात्रै थाहा हुने कुरा हो।
२०६६ भाद्र ७ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित
'बाबुलाई भेट्न नदिने..........'
कागजको एउटा टुक्रामा लेखिएको थियो, अनि त्यसैको मुनि लेखिएको थियो, कक्षा १ मा पढ्ने एउटी फुच्चीको नाम र रोल नम्बर। बाक्लो ऐनाले त्यो टेबलमा अरु पनि केही त्यस्तै कागजका टुक्राहरु थिचेर राखिएका थिए। कुनैमा आमाले भेट्न नपाउने, कुनैमा हजुरआमा वा हजुरबा प्रतिबन्धित भएका सूचनाहरु तिनमा किचिएका थिए। यस्तो लाग्थ्यो, ती कागजका टुक्राटाक्रीसंगै एकएक वटा तीता सम्बन्धका तिक्तताहरु पनि उकुसमुकुस भएर निस्सासिरहेका छन्, किच्चिरहेका छन्, छटपटाइरहेका छन्। केही दिन अघि एउटा आवासीय बिद्यालयमा काम विशेषले गएको बेला सम्बन्धित मान्छे फेला नपरुन्जेल मूलढोकाको नजीकै सुरक्षाकर्मीहरु बस्ने ठाममा कुर्दा देखिएको यो साधारण दृश्यले असाधारण रुपमा मथिंगलमा खैलाबैला मच्चायो। मगजबाट यसलाई सजिलोसंग पन्छाउन सकिएन।
हाम्रो समाज र मान्छेको सम्बन्धका अमीलो यथार्थ जस्ता लागे ती कागजका टुक्राहरु।
"सीतारामले गर्दा खानै गाह्रो हुन लाग्यो नि सर !"
टोलका एक परििचत भन्दै थिए । पेसाले उनी यातायात व्यवसायी हुन् । चार-पाँचवटा ट्याक्सी छन् उनका । तर, सबै ट्याक्सी मिटर जाँचका लागि गुणस्तर तथा नापतौल कार्यालयमा लाम लागेकाले कमाइ खान गाह्रो भएको रहेछ । केही समयअघि मिटरलाई मनलाग्दी चलाएका ट्याक्सीहरू कारबाहीमा परेका थिए । र, त्यही कारबाहीका मूली ट्राफिक प्रहरी सीताराम हाथेछुप्रति उनको गुनासो लक्षित थियो ।
स्वदेशमा नै आविष्कार भएको सस्तो, राम्रो, बलियो र भरपर्दो छुस भनिने प्रविधि अपनाएर ट्याक्सीवालाले अनावश्यक रूपमा यात्रुहरूलाई ठग्ने गरेका गुनासाहरू सुनिँदै आएका हुन् । तर, सक्रिय र प्रभावशाली रूपमा चाहिँ विरलै मात्र कारबाही हुन्छ । उनका अनुसार, केही फटाहाका कारण सही ढंगले चल्ने उनका जस्ता सवारीसाधनले पनि व्यर्थमा दुःख पाउनुपर्यो । ट्याक्सीलाई कारबाही गरेको समाचार प्रसार गर्ने सञ्चारमाध्यमहरू गुणस्तर तथा नापतौल कार्यालयमा पाइने दुःखका बारे मौन बसेकामा पनि उनले गुनासो पोखे । नापतौलका मान्छे र ट्राफिकले पैसा कमाउने भए भन्दै उनले लामो सुस्केरा पनि काढे ।
२६ साउन २०६६, नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित
अचेल धेरै सुनिने कुरा हो, राजनीतिको कुरा गर्दा पढेलेखेका युवा पुस्ता, विशेष गरेर अंग्रेजी विद्यालयका उत्पादनहरू-जो आफ्नो नेपाली कमजोर हुनुलाई गर्वका रूपमा लिन्छन् -कुम उचाली-उचाली भन्छन्:
"आई हेट पोलिटिक्स्,"
अर्थात् म राजनीतिलाई घृणा गर्छु।
लौ त भनौँ भने यो भनाइ एक किसिमको फेसनका रूपमा नै प्रचलित भइसकेको छ। राजनीति भन्ने शब्दलाई अर्कै रूपमा स्वीकार गर्न थालेको छ हाम्रो समाजले। घरमा किचलो उत्पन्न गर्ने बुहारीले परिवारमा राजनीति गरेको भनिन्छ। कार्यालयमा काम गर्ने वातावरण बिगार्ने कर्मचारीले पनि राजनीति नै गरेको भनिन्छ। त्यसैले पनि सायद यो भनाइ व्यापक हुन थालेको होला। तर, यसो भन्नेहरूसँग एकैछिन कुरा गर्ने हो र त्यसका पछाडिका कारणहरू खोतल्ने प्रयास गर्ने हो भने थाहा हुन्छ,खासमा उनीहरूले घृणा गर्ने राजनीतिलाई होइन,राजनीतिज्ञहरूलाई हो। किनभने, राजनीतिज्ञहरूलाई नै राजनीतिको पर्याय मानेर उनीहरू हिँडिरहेका हुन्छन्।
असार २१, २०६६- नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित
केही समयअघि पत्रपत्रिकामा एउटा बालकको तस्बिर छापिएको थियो। फलामे साङ्ला खुट्टामा बाँधिएको त्यो बालकको मानसिक अवस्था ठीक नभएका कारण वर्षौंदेखि उसका बाबुआमाले त्यसैगरी पालेर राखेका रहेछन्। खुला छोड्यो भने उसले उपद्रो मच्चाउँछ भनेर आफ्नो सन्तानलाई कुनै विवेकहीन जनावरलाई जस्तै राख्नु ती बाबुआमाको कति ठूलो बाध्यता होला? कति मन कुँडिन्थ्यो होला उनीहरूको, कल्पना पनि गर्न कठिन कुरा हो। सरसर्ती हेर्दा ती बाबुआमा कठोर मनका जस्ता लागे पनि कमसेकम त्यो बालकको हविगत उमेश दाइको जस्तो त भएन नि भन्ने लाग्यो।
असार २६, २०६६ नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"मा प्रकाशित
आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले।
जेष्ठ ३, २०६६, नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट
घरमा कसैको बिहे भनेको अधिकांश मान्छेका लागि एउटा अत्याशलाग्दो घटना हुने गर्छ । सके पनि नसके पनि अनेकौँ टन्टा गर्नुपर्ने अनि आफ्नो ल्याकतले भ्याए-नभ्याएका कुराहरूमा खर्च गर्नुपर्ने । खर्च गर्न सक्नेहरू त झन् मच्चीमच्ची हाम्रो यो प्रदर्शनमुखी संस्कारको होडबाजीमा सहभागी हुने नै भए । आवश्यकभन्दा अनावश्यक र अनुत्पादक ठाउँहरूमा खन्याउनुपर्ने हाम्रा चलनहरू छन् । मरीमरी जोगाएको पैसाले नपुगे ऋण खोजेर भए पनि डायनोसरजस्ता हराइसकेका साथीभाइ र हत्पति कहिल्यै नभेटिने नातागोता र दाजुभाइहरूलाई बोलाएर खुवाउनुपर्ने हाम्रो बाध्यता हुने गर्छ । भूलवश छुटेकाहरूले त तीन पुस्तासम्म पनि त्यो कुरालाई बिर्सलान् भनेर नचिताए पनि हुन्छ।
Sequal to Saino might not happen. Had a long chain of 'mailcussion' with Ugyen. He wants to go for a new subject, something vibrant, entertaining, gripping, set against real life like characters, full of emotion, wit and humor. Also had few 'phonecussion' with Prajjwal SJB Rana of eyecore films; the producers.
So I am back to square again, tying to concieve a subject, desperately need a breakthrough right now.
Recently I have signed to write a sequal of SAINO, a very popular Nepali movie made way back. In fact I was not even in the industry when it was made. It is considered to be one of the classics made in Nepal. Ugyen, the director of SAINO is directing the sequal too. He was apprehensive whether audience would still relate to a film made almost two decades back. I found that people still remembered and loved the film. So the project has kicked off and I am finding it very challenging to create a gripping story which will take off from where SAINO ended.
I have recently completed writing two movies. One is called "Keti Haraeko Suchana", to be produced by Sunil K Thapa, directed by Daya Ram Dahal with Jharana Thapa in the title role. It is a very unconventional yet commercially safe subject. I had the subject in my mind from a long time. As a writer I am very optimistic about the film. The other one is to be made by Bhuwan KC after super successful "Ma Timi Bina Marihalchhu." It has not been named yet. I believe that Bhuwan KC, being an expert maker and equally good promoter, will pull it off again. Our previous association has been fruitful and we have a chain of hits from "Karodpati," to "Nepali Babu."
Coming back to SAINO-2, I know it will be a mentally stimulating project with Ugyen in the director's seat. He can push me to the extent of my creativity and though exhausting, it is always creatively satisfying experience to work with him. "Nepali Babu" and "Badal Paree" days are still fresh in my mind. Right now, I am keeping my fingers crossed for a Hat-Trick with these three movies.
नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट, जेष्ठ १७, २०६६ प्रकाशित
एकजना पुराना परिचित हुन् तिनी। एक ताका दिनहुँ भने जस्तो भेट हुन्थे। केहीदिन भेट नभए पनि फोनमा कुरा हुन्थ्यो। त्यतिबेलाको कामको प्रवृत्तिले गर्दा पनि तिनीसंग सहकार्य भइरहने भएकोले तिनको आन्द्रा भुँडी नै थाहा थियो भन्दा पनि फरक पर्दैन। त्यसपछि विस्तारै विस्तारै भेटघाट र सम्पर्कको क्रम कम हुँदै गयो। अचानक केही समय अघि भेट हुँदा पुराना कुराहरु खोतलिने क्रममा थाहा भयो, तिनको त दिनचर्या, जीवनशैली, काम, घुलमिल गर्ने ईष्टमित्रहरुको मण्डली सबै कुरा अमूल परिवर्तन भइसकेको रहेछ। त्यसको कारण रहेछन् एकजना मान्छे, जसलाई उनी कलियुगमा देउताको रुप भनेर श्रद्धा गर्न थालेका रहेछन्।
एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्। ती नामका कारण अद्योपान्त त्यो पत्रिका पढ्न मन लाग्यो, पढियो। हुन त त्यसका कतिपय पानाहरु धमिराले पनि खान भ्याइसकेका थिए उबेलाको छपाइमा अहिलेको जस्तो निखार त कसरी हुनु र, तर पनि माथि उल्लिखित श्रष्टाहरु र अन्य सामाग्रीहरुका कारण आफू जन्मनुअघिको त्यति स्तरिय साहित्यिक पत्रिका एउटा सुखद आश्चर्य थियो। ती सबैभन्दा पनि अर्को एउटा कुराले गर्दा त्यसको चर्चा गर्नु अहिले सान्दर्भिक हुन्छ भन्ने लाग्यो।
The prime minister resigned few minutes back. God only knows what is happening in this country. The ego tussle has resulted in a political crisis. I doubt that the Maoists will retreat such easily. This might lead to unforeseen grave scenario in this country. Everything has taken a back seat as such. The dream of permanent peace might become harder to achieve. The making of constitution is already suffering. People are bewildered. If we can not predict what is going to happen in next few hours, how can we think about long term plans. Without them, we will be pushed further back in the race of the world.
I am worried about the future of my daughters. I am worried about what type of country we are giving for the next generation. I am worried about the direction this country is moving. I am worried about the motives of the leaders. I am worried about un countable things.
२०६६, बैशाख १४
२००९, अप्रिल २७
नागरिक दैनिक पत्रिकामा प्रकाशित
वाल्यकालका केही अस्पष्ट सम्झनाहरु आज मगजमा सल्वलाइरहेका छन्। कहिलेकहीं आफू भन्दा ठूलाहरुका पुच्छर लागेर सिनेमा हेर्न जान पाइन्थ्यो। सिनेमा सुरु हुनु अघि त्यसबेलाको राष्ट्रिय गान बज्ने गर्थ्यो। अनि कसैले केही भन्दै नभनी सबैजना जुरुक्क उठेर त्यो बजुन्जेल मौन भएर सम्मान प्रकट गर्थे। त्यो सकिएपछि मात्र सबैजना बस्थे। राष्ट्रिय गान बज्दा नउठ्नेलाई प्रहरीले पक्डेर लैजान्छ रे भनेको पनि कताकता सुने जस्तो लाग्छ। त्यतिबेला अहिलेको उन्मुक्तता थिएन। एउटा डर थियो। तर पनि मलाई लाग्छ त्यतिबेला मान्छेहरु डरले होइन श्रद्धाले उठ्ने गर्थे। त्यो श्रद्धा त्यतिबेलाको राष्ट्रिय गानमा भएका शव्द वा ती शव्दहरुले गरेका स्तुतिका लागि नभै आफ्नो देशप्रतिको आदरले अभिप्रेरित हुन्थ्यो भन्ने मलाई भान हुन्छ। कमसे कम म र मेरा पुस्तामा त्यसै पनि ती शव्दका अर्थहरु केलाउन सक्ने ज्ञान वा चेतना थिएन तर पनि त्यो धुनमात्र बज्नासाथ स्वतः हामी उठ्थ्यौं। अरु त के सोच्थे कुन्नि तर मलाई त्यतिबेला म नेपाली भएकोमा एक किसिमको गर्व लाग्थ्यो, मेरो त्यतिबेलाको ढुक्कुरे छाति अलिकति तनक्क परेको हुन्थ्यो। मलाई लाग्थ्यो, म मेरो देशप्रति नतमस्तक भएको छु, म मेरो मातृभूमि प्रति आदर व्यक्त गर्दैछु। संस्कृतको अरु केही नबुझे पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने श्लोकको अर्थसम्म चाहिँ मैले बुझेको हुन्थें। मलाई अझै पनि लाग्छ, जननी बरु सबै सन्तानका लागि स्वर्ग सरी नहुन सक्छिन्, जननीका बरु स्वार्थ हुन सक्छन् तर जन्मभूमि स्वर्ग हुन् भन्ने कुरामा कुनै पनि शंका कहिले पनि हुन सक्दैन।
२०६५ बैशाख ६ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" बाट
भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको छ । अनि, सँगै सुरु भएको छ, नयाँ उत्साह, नयाँ उमंग र नयाँ संकल्प । तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा छ । एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरपिरकिो परविेश र समग्र देशको अवस् थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही न केही संकल्प गरेको हुन्छ । ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित र निर्धारति गरेको हुन्छ । मानिसका यी संकल्पहरू अधुरा इच्छा र अपूरा सपनाहरू पनि हुने गर्छन् । राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो र नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स् वभाव नै हो । हरेक मान्छेको संकल्प उसको रहनसहन, जीवनशैली अनि उसका मूल्य र मान्यताहरूमा आधारति हुन्छन् । एउटा मान्छेको प्राथमिकताको क्षितिजको सानो अन्तरकुन्तरमा पनि नपर्ने कुरा अर्को कुनै मान्छेका लागि उसको जीवनको सबैभन्दा महत्त्वपूर्ण आशावादी सोचाइ हुन सक्छ । ती सबै प्रकारका संकल्पहरूको कुरा गर्ने हो भने त सायद एउटा ठूलो ठेली नै तयार हुनसक्छ । त्यसैले, एउटा आमनेपाली नागरकिको रूपमा मात्र सोच्दा 'मैले' गर्नुपर्ने संकल्पहरू के-के हुन सक्लान् त ?
एउटा आह्वान सुनियो। ग्लोवल वार्मिंगको विरोधमा अब हामीले पनि आज, शनिवार राति ८:३० बजेदेखि ९:३० बजेसम्म बत्ती निभाउनु पर्ने रे। यो आह्वान गर्नेहरुको बुद्धि देखेर मलाई खित्का छोडेर हाँस्ने हो कि क्वाँ क्वाँ रुने हो भन्ने थाहा भएन।
बीस बाइस दिन भएको थियो होला तिनलाई नदेखेको, दुब्लाएर खार्लाप्खुर्लुप्पै भएछन्। लो त भनौं भने नजीकै आएर नहाँसेका भए शायद चिन्न पनि गाह्रो हुन्थ्यो होला। अनि उनले केही दिन अघि र खौरेर अलिअलि पलाएको कपाल, टाउकोमा सेतो टोपी र काठमाण्डौंको धूलो र धुवाँले मैलो बनाएको लुगा देखेपछि के भएको रहेछ भनेर थाहा भयो। औपचारिकतावश सोधीखोजी पनि गर्नै परिहाल्यो। केही नभएका उनका बाबु अचानक रुदयाघातका कारण अस्पताल नपुग्दै बितेछन्। कुनै रेकर्ड गरिएको सामाग्री स्वीच थिचेपछि फेरि बजे जस्तो गरेर उनले आफूमाथि आइपरेको विपत्तिको बारे बताए। सम्भवतः यी पछिल्ला केही दिनहरुमा हरेक मान्छे भेटेपिच्छे उनले त्यही कुरा दोहोरुयाएको हुनुपर्छ। अनि अब वर्ष दिनसम्म उनको त्यो पहिरनले हरेक दिन पटकपटक त्यही प्रश्न र त्यही उत्तरको क्रमलाई निम्त्याइ नै रहन्छ। उनले नचाहेर पनि हरेक दिन दिन त्यो पीडा भोगिरहने भए।
केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो। तर यसपटक दशैंमा दुर्ग...