सुन्न खोजिरहेको छु,
आवाज, ताल र लय
एक हातले बजाउँदै थपडी
तिमी
दुबै हातले छपछप
उज्याइउज्याइ धारिलो कोदाली
ताछ्दैछ्यौ मेरो मुटुको आली
पन्छाइरहिछौ जानी नजानी
भिजेका रातो माटो
खनिरहेकी छ्यौ
म जाने बाटो
WORLD OF MY WORDS
असार २१, २०६६- नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित
केही समयअघि पत्रपत्रिकामा एउटा बालकको तस्बिर छापिएको थियो। फलामे साङ्ला खुट्टामा बाँधिएको त्यो बालकको मानसिक अवस्था ठीक नभएका कारण वर्षौंदेखि उसका बाबुआमाले त्यसैगरी पालेर राखेका रहेछन्। खुला छोड्यो भने उसले उपद्रो मच्चाउँछ भनेर आफ्नो सन्तानलाई कुनै विवेकहीन जनावरलाई जस्तै राख्नु ती बाबुआमाको कति ठूलो बाध्यता होला? कति मन कुँडिन्थ्यो होला उनीहरूको, कल्पना पनि गर्न कठिन कुरा हो। सरसर्ती हेर्दा ती बाबुआमा कठोर मनका जस्ता लागे पनि कमसेकम त्यो बालकको हविगत उमेश दाइको जस्तो त भएन नि भन्ने लाग्यो।
असार २६, २०६६ नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"मा प्रकाशित
आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले।
केही दिन अघिको कुरा हो। रात चकमन्न थियो। भूतले खाजा खाने बेला भएको थियो। संसद्कोे अधिवेशन चलिरहेको बेला सांसदज्यूहरू दिउँसै निदाए जसरी मान...