Translate

Friday, December 10, 2010

विकिलिक्सको लहरो

बायाँ फन्को ४८

विकिलिक्स चुहियो । अनि त्यसका कारण लहरो तान्दा पहरो गर्जन्छ भनेजस्तो भयो । सम्पूर्ण विश्व अमेरिकाले कहाँकहाँ के के खुराफात गरेको रहेछ भन्ने कुरामा जिज्ञासु भयो । हुन त शक्तिशाली राष्ट्रहरुले संसारका अरु मुलुकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो प्रभावमा राख्नका लागि अनेकौं तिगडम भिडाएका हुन्छन् भन्ने कुरा कसलाई थाहा नभएको हो र ? बेलाबेलामा यस्ता तिगडमबाजीका खुलासाहरु भै नै रहेका हुन्छन् । केही समय समाचार माध्यमहरुमा तिनले गतिलै ठाउँ पाउँछन्, विशेषज्ञहरु तिनका बारे चर्काचर्की गर्छन् । अनि केही समयपछि अर्को कुनै कुरा आउँछ, त्यो कुरा फेरि सेलाउँछ । तर यसपटक कुरा अलि बेग्लै भयो । अरु बेला अनुमान र बिना कुनै प्रमाणिक तथ्यहरुका आधारमा हुने कुरा यसपटक अलि गतिलो र सम्वेदनशील भयो । जुलियन असान्ज नामक ह्याकर (नेपालीमा त्यसको ठ्याक्कै अर्थ लाग्ने शव्द छैन,) ले अमेरिकाले आफ्ना दूतावासहरुसंग अरु मुलुकहरुमा गरेको राजनीति, कूटनीति, चाणक्यनीति, विदुरनीति र अन्य थुप्रै नीतिका बिद्युतीय संचार र पत्राचारको  निकै ठूलो ठेली चोरेर सार्वजनिक गर्न सुरु गरेपछि सारा संसारको ध्यान त्यसमा आकर्षित भयो । अमेरिका आफ्नो बचाउमा लाग्यो, आफ्नो त्यो उदांगिएको कृयाकलापलाई कसरी वकालत गर्ने भन्ने कसरत सुरु भयो । स्विडेनमा महिलाहरुसंग भएका असान्जका यौन सम्बन्धका उदेकलाग्दो मुद्दाका लागि उनको पक्राउका लागि रेड कर्नर नोटिस समेत जारी भयो । विकीलिक्सको साइट इण्टरनेटको संजालबाट बिरालोले बास सारे जस्तो यता र उता हुन थाल्यो । कतैबाट हटाएर अलप भएको विकिलिक्स फुत्त अर्को तिर प्रकट हुन थाल्यो । हेर्दाहेर्दै केही समय अघिसम्म कसैले नचिनेका असान्ज र विकिलिक्स खोजीको पहिलो रोजाइ हुन थाल्यो । उनी सर्वेक्षणहरुमा विश्वका पचास प्रभावशाली मान्छेहरुको गणनामा पर्न पुगे ।
अमेरिकाको गोप्य संचार यसरी वालछ्याल बनाउन हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरामा विवादहरु हुन थाले । अधिकांश वकालत विकिलिक्सको पक्षमा चर्कियो । विकिलिक्सको यो अदम्य साहसलाई खोजी पत्रकारिताको नयाँ आयामको रुपमा पनि व्याख्या हुन थाल्यो । सूचना सबैको अधिकार हो भन्ने आधारमा विश्वले यो जानकारी पाउनै पर्छ भन्ने कुरामा मानिसहरु चम्किएर बोल्न थाले । यो कुरामा कसैको दुइमत हुने त कुरा नै भएन । तर बायाँ फन्को मारेर सोच्ने हो भने हरेक तसवीरको जस्तै यसको पनि अर्को पाटो नभएको पनि होइन । सूचना र ज्ञान भन्ने कुरा पनि कुन बेला कसलाई कति उपलव्ध गराउनु वा हुनुको पनि अर्थ हुन्छ । त्यसका आफ्नै प्रभावहरु हुन्छन् । ज्ञानले मान्छेको भलो नै गर्छ भन्ने किटान गर्न मिल्दैन । गलत समयमा गलत मान्छेले पाएको गलत ज्ञानले उल्टै हानि नगर्ला भनेर पनि भन्न सकिंदैन । मान्छे भन्ने जीव विकासक्रम देखि नै अत्यन्त रहस्यमय र जटिल जीवको रुपमा रहिआएको छ । सोच्न सक्ने र योजना बुनन जान्ने खूवीका कारण मान्छेले आफूलाई आजको रुपमा उभ्याउन सफल भएको हो । लेखाजोखा, राजनीति, कूटनीति र चलखेल भनेको हरेक मान्छेले आआफ्नै तहमा गरिरहेको हुन्छ । परिवार, सम्वन्ध र मित्रताका लागि पनि मान्छेले त्यो सब गरेको हुन्छ । त्यो क्रममा हरेक मान्छे भित्र रहस्यका अनेकौं पाटाहरु लुकेका हुन्छन् । बाबुआमा र सन्तान, लोग्ने र स्वास्नी अनि साथीसाथी,हरुका बीचमा पनि सबै कुरा छर्लंग भएका हुँदैनन् । लुकाइएका कतिपय कुराहरुले एक दुइ जनालाई असर गर्ने भए पनि धेरैकालागि त्यसले सकारात्मक भूमिका खेलेको हुन्छ भन्ने त्यस्ता कुरा नउदांगिएको नै राम्रो हुन्छ । हरेक मान्छेको हरेक कुरा हरेक मान्छेलाई थाहा हुने हो भने सम्भवत मान्छेमान्छेका बीचमा काटमारको बाहेक अरु सम्बन्ध नै रहँदैन होला ।
अल्पज्ञानी हुनुभन्दा अज्ञानी हुनु राम्रो भन्ने त भनाइ नै छ नि । विकिलिक्सको सम्वन्धमा यो कुरा गर्दा सोचनु पर्ने केही कुराहरु छन् । इण्टरनेटका माध्यम जो सुकैले प्राप्त गर्न सक्ने ती गोप्य दस्तावेजका एउटा साधारण मान्छेलाई के काम ? विज्ञहरुका सन्दर्भमा नै पनि भन्दा दुइलाख भन्दा बढी दस्तावेजहरुका कारण के मुलुक मुलुकका बीच त्यसले उत्पन्न गर्ने शंका उपशंकाका कारण धमिलो पानीमा माछा मार्नेहरुका लागि त्यसले मज्जाको चलखेल गर्ने वातावरण बनाइदिंदैन त ? धेरै टाढा नजाने हो भने केही दिन अघि भारतका एक कूटनीतज्ञले अफगानिस्तानको सन्दर्भमा अमेरिकासंग गरेको कुरामा नेपालको सन्दर्भ पनि जोडिएको कुरा आयो । नेपालका माओवादीहरुलाई भारतले पैसा दिएको भन्ने आशय लाग्ने त्यो कुराकोे ठोस आधिकारिकता प्रमाणित हुनु अघि नै माओवादीहरुले त्यसको खण्डन पनि गरिहाले । त्यस्ता अनेकौं अरु जालेमाले विवाद विकिलिक्स र त्यसलाई आफ्नो सुविधाका लागि घुमाउनेहरुले संसारभर जता त्यतै निकाल्न थालिसकेका छन् । त्यसरी पर्न सक्ने दूरगामी असरहरुका बारेमा सोच्ने हो भने के आँखा चिम्लेर जुलियन असान्जलाई धन्यवाद भन्न सकिन्छ कि सकिंदैन होला ? हो सूचना र ज्ञान मान्छेले पाउनुपर्छ तर कहिले र कति भन्ने कुरालाई बिर्सन हुँदैन । दुइ कक्षामा पढ्ने विद्यार्थीलाई ज्ञानै त हो भनेर प्रजनन र यौनका कुरा त बताउनु भएन नि । विष्फोटकको ज्ञानले सडक बनाउनेले पहरा फुटाउँछ भने आतंककारीले त्यही ज्ञानले मान्छे मार्छ ।
मूल कुरो के भने अहिले देशदेशका त कुरै छोडौं, एउटै देशका पार्टीका तीन नेताहरुका बीचमा समेत अविश्वास र संशय बढिरहेको बेला थप शंकाउपशंका र अविश्वास उत्पन्न गर्ने चीजहरुको के मानव समाजलाई आवश्यकता छ ? यस्तो ज्ञान हुनु भन्दा अल्पज्ञानी वा अज्ञानी हुनु राम्रो पो हो कि त ? फुटाउने विकिलिक्स भन्दा बढी जुटाउने विकिलिक्सको हामीलाई बढी खाँचो पो छ कि ? के त्यस्तो कुरा हाम्रो वरिपरि छैन होला त ? भए पनि त्यसले यत्तिकै चासो र प्रचारप्रसार पाएको होला त ? विकिलिक्सको चुहावटले संसारलाई समग्रमा फाइदा बढी गर्छ कि हानि भन्ने कुरालाई पाखा लगाउन मिल्छ ?

Sunday, December 5, 2010

डक्टरी नपढेका डक्टरहरु

बायाँ फन्को ४७

एकपटक रामवहादुरको भैंसी विरामी भएछ । उसलाई झलक्क भएछ, केही समय अघि श्यामबहादुरको पनि भैंसी विरामी भएको थियो । त्यस अर्थमा भैंसीका रोगको बारेमा रामबहादुरलाई श्यामबहादुर आफूभन्दा बढी विज्ञ ठहर भयो । रामवहादुर दौडेर हस्याँङ्गफस्याङ्ग गर्दै श्यावहादुरको घरमा पुगेछ । भैंसी विरामी भएको बेलामा रामवहादुरले के गरेको थियो भनेर उसले सोधेछ । श्यामवहादुरले भैंसीलाई पाँच लिटर मट्टितेल खुवाएको जानकारी दिनासाथ रामवहादुर दौडेर घर फर्केछ र आफ्नो भैंसीलाई पनि मारसंग पाँच लिटर मट्टितेल खुवाइदिएछ । भोलिपल्ट बिहान उसको भैंसी मरिरहेको रहेछ । क्रुद्ध रामवहादुर श्यावहादुरकहाँ गएर रिसले दाह्रा किट्दै कुर्लेछ,
“मेरो भैंसी त म¥यो ।”
श्यामवहादुरले भनेछ,
“मेरो पनि त मरेको थियो नि ।”
यो त भयो भैंसीको कुरा । हामी मध्ये धेरै जसोमा पनि रामवहादुर बसेको हुन्छ । त्यतिमात्र कहाँ हो र हामी त भैंसी हैन आफ्नै स्वास्थ्यको कुरामा पनि धेरै हदसम्म रामवहादुर जस्तै हुन्छौं ।
हुन त सानातिना स्वास्थ्य सम्बन्धी समस्यामा घरेलु उपायहरुको भर पर्ने, जानकार र विज्ञ चिकित्सकको सल्लाह विना नै औषधि खाएर च्याँखे हान्ने हामीकहाँ मात्र नभै अन्य अल्प विकसित देशहरुमा पनि चलन हुनछ भन्ने कुरा त्यस सम्वन्धी सर्वेक्षणहरुले बताउँछन् । हामी अरुको सल्लाह पनि सुन्छौं र आफू पनि अघि सरेर सल्लाह दिन्छौं । लौ त भन्ने हो भने यो एक किसिमले हाम्रो राष्ट्रिय चरित्र नै बनिसकेको छ । कुनै पनि रोग वा समस्याको बारेमा कतै चर्चा भयो भने अर्को मान्छेले घरेलु, आध्यात्मिक, तान्त्रिक, पौराणिक, आयुर्वेदिक वा एलोप्याथिक गरेर केही न केही उपाय र औषधि बताउँछ । त्यति मात्र कहाँ हो र थरिथरि मान्छेले हामीलाई विभिन्न उपायहरु बताउँछन् । हामी त्यसमध्ये कतिवटालाई त प्रयोग गरेर पनि हेर्छों । एकदमै गम्धीर परिस्थिति नभै हत्पति डक्टर वा अस्पताल जान हामीलाई मन लाग्दैन । समस्यालाई सानो रुपमा लिने बानी, पहिले आफ्नो वा अरुको मिल्दोजुल्दो समस्याको निराकरणको अनुभव जस्ता कुराहरु त्यसको पछाडिका कारणहरु हुने गर्दछन् । त्यसले गर्दा भित्रभित्र केही डरलाग्दो लक्षणहरु पालेर हामी बसिरहेका हुन सक्छौं । केही समय अघि एकजना परिचित आफ्नो नियमित बिहानीको दौड गर्दागर्दै बाटोमा पुक्लुक्क ढले र उनको त्यहीं निधन भयो । पोष्टमार्टम गर्दा थाहा भयो, उनको मुटुको आकार सामान्य मान्छेको भन्दा चार गुना बढी फुलेको रहेछ । उनी स्वस्थ्य देखिन्थे र साधारण जीवन बाँचिरहेका थिए । उनमा मुटु सम्बन्धी केही समस्या थियो भन्ने कुरा साथीभाई त छोडौं यनका घरपरिवारलाई पनि अत्तोपत्तो रहेनछ ।
डाक्टरकहाँ जानु भनेको अनावश्यक खर्च बेहार्नु हो भन्ने मान्यताले हाम्रो मनमा गहिरो जरो गाडेको हुन्छ । हुन त सरकारी अस्पतालका झारो टार्ने मानसिकता, दयनीय स्थिति र प्राइभेट नर्सिंग होमका खर्चालु उपचारले गर्दा आम मानिसले एक हजारपटक सोच्नु पर्ने हुन्छ । त्यसैले होला अध्ययनहरुले भने अनुसार ३० मिनेटको दूरीमा अस्पताल वा उपचार केन्द्र भए पनि मान्छे सकेसम्म आफ्नै र अरुका स्वविवेकले नै रोगव्याध निको पार्ने प्रयास गर्छ, अल्पज्ञानीले झ्याम्मै एण्टिवायोटिक खाने, खुवाउने गर्छ । त्यतिले नभए औषधि पसलेहरुको भर पर्छ र अनि औषधि पसलेहरु पनि त्यस्तो बेलामा आफ्नो उच्च मूल्याँकन भएको अनुभूतिले होला, डक्टर बन्ने प्रयत्न गर्नबाट पछि पर्दैनन् । हुन त औषधि पसल चलाउनेहरुका लागि पनि एक प्रकारको निश्चित तालीम हुनुपर्छ भन्ने तोकिएको छ र मात्र उनीहरुलाई अनुमति दिइन्छ । तर, ऊ खाना खान गएको बेला वा अरु कामले पसल छोडेर गएको बेला त्यहाँ बस्ने उसकी श्रीमती वा अरु कोहीेले पनि आएको ग्राहकलाई फर्काउँदैनन् । कुनै बेला औषधि पसलमा गएको बेला ध्यान दिएर हेर्नुहोला, सामान्य समस्याका लागि कोही त्यहाँ सल्लाह गर्न आयो भने त्यो पसलेले कसरी आफ्नो गर्धन अह्ररो पारेर, दुइचारवटा जटिल प्राविधिक शव्दहरु प्रयोग गरेर आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्छ ? अस्पताल जानु व डक्टरलाई देखाउन पर्ला कि भन्ने जिज्ञासा गर्दा कतिपयले त भएको तपाईंलाई यही नै हो, तिनले दिने औषधि पनि यही हो, बेकारमा अनेकौं परिक्षण गरेर किन पैसा खर्च गर्नुहुन्छ भनेर मुडेको पनि कहिलेकहीं देख्न पाउनुहुन्छ ।
हामी किन स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा अरुलाई यति धेरै सल्लाह दिन्छौं र अरुको यति धेरै सल्लाह लिन्छौं । अरु कुरामा आफूलाई ज्ञान नभएको विषयमा नबोले पनि औषधिका कुरामा हामी मध्ये अधिकांश चुप लागेर बस्दैनौं । कहिले हेक्का गर्नुभएको छ भने त्वचा कसरी राम्रो बनाउने भन्ने कुरामा कुनै पनि स्वास्नीमान्छेलाई कसैले पनि केही भन्यो भने त आँखा चिम्लेर उनीहरुले त्यो सब प्रयत्न गर्छन् । बजारमा त्यही मानसिकतालाई भजाउनका लागि आएका उत्पादनहरु प्रयोग गर्न देखि लिएर ट्यूबलाइटले छाला बिगार्छ भनेर पहेंलो चीम बाल्न समेत उनीहरु पछि पर्दैनन् ।
नियमित स्वास्थ्य परिक्षण गर्ने भन्ने कुरा हाम्रो लागि दुर्लभ कुरा हो । भौगोलिक विकटता, आर्थिक अवस्था र खर्चिलो उपचार पद्धतिका कारण पनि शायद यसो भएको हुनसक्छ । मानिसको शरीर एउटा यति जटिल संरचना हो, हेर्दा सामान्य लाग्ने आँखा झिम्क्याउने कामका लागि पनि भित्रभित्रै सयौं क्रियाहरुको तालमेल भैरहेको हुन्छ । तसर्थ हामीले कुनै पनि समस्यालाई हलुका रुपमा लिने गर्नु हाम्रो लागि दीर्घकालीन रुपमा नराम्रो हुनसक्छ । आफू स्वास्थ्यको कुरामा विज्ञ भएको भ्रम पालेर उपचार विधि सिकाउने वा अरु त्यस्तै मान्छेको सल्लाह सुन्ने प्रवृत्ति हामीले सुधार्नै पर्ने बानी हो । नत्र कुनै पनि बेला हामी रामवहादुर वा श्यामबहादुर बन्न सक्छौं ।

Tuesday, November 16, 2010

Am I being insomniac?

Its been sometime that I have been waking up early. The time I wake up is getting earlier everyday. I woke up at 3:30 AM this morning. Just makes me wonder am i becoming insomniac?

Monday, November 15, 2010

give and take

life is a give and take fiasco. if you are not in a position to give anything, no one bothers about you.

Saturday, November 13, 2010

परपीडाको कुलत

हुन त बस, ट्रक तथा अन्य सार्वजनिक सवारीसाधनहरू उटपट्याङ् र बकम्फुसे मुक्तक तथा उक्तिहरूका लागि बदनाम छन्। तर, कहिलेकाहीँ आक्कलझुक्कल तिनमा साह्रै गहिरा कुराहरू पनि पोतिएका भेटिन्छन्। केही दिनअघि एउटा ट्रकमा त्यस्तै कुरा देखियो। त्यसमा लेखिएको थियो, "मान्छे आफ्नो सुखमा भन्दा अरूको दुःखमा बढी खुसी हुन्छ।"

घोरएिर सोच्दा त्यसमा हाम्रो जीवनको एउटा कटु यथार्थ अभिव्यक्त भएजस्तो लाग्यो। अधिकांश मानिसमा वास्तवमा नै यो प्रवृत्ति हुन्छ। एकपटक तीन जना अत्यन्त दुःखी मानिसहरू जंगलमा कठोर तपस्या गर्न गए। निकै लामो समयपछि भगवान् प्रकट भए। पहिलो मान्छेलाई उनले वरदान माग्न भने।

"भगवान् ! मलाई अरू केही चाहिन्न, संसारभरको खुसी दिनूस्। म सदैव प्रसन्न रहन चाहन्छु।"

भगवान्ले तथास्तु भन्नासाथ त्यो मान्छेको अनुहारमा प्रसन्नताका यस्ता धर्साहरू कोरएि, त्यसले गर्दा ऊ दिव्य देखियो। भगवान् अब दोस्रो मान्छेतिर उन्मुख भए। श्रीसम्पत्ति, धनधान्य र सुन्दर जीवनसाथी माग्न तपस्या गरेको त्यस मान्छेले एकछिन घोरएिर भन्यो, "भगवान् ! मलाई पनि अघिको मान्छेलाई जस्तै प्रसन्नता दिनूस्।"

दोस्रो मान्छेकोे अनुहार पनि चमचमाउँदो भयो। अब तेस्रो मान्छेको पालो थियो। निकैबेर घोत्लिएर उसले भन्यो, "यी दुवै जनालाई पहिलेकै जस्तो दुःखी बनाइदिनूस्।"

अधिकांश मान्छेहरूमा यस्तै प्रवृत्ति हुने गर्छ। मान्छे भन्ने जीव बनाउने बेला प्रकृतिले रसिराग, वैरभाव, प्रतिस्पर्धाको भावना, डाहजस्ता कुराहरू फिल्टर गर्न सकेको भए निःसन्देह यो सृष्टिको सर्वोत्तम सिर्जना हुन्थ्यो होला। यस संसारमा जेजति नराम्रा कुुराहरू भएका छन्, ती सबैका पछाडि मान्छेको यही बानी नै प्रमुख कारण रहेको छ। यी कुराहरूलाई जित्नुपर्छ, त्याग्नुपर्छ भनेर हरेक युगमा, हरेक समयमा कसैले न कसैले भनिरहेका नै हुन्छन् तर मान्छेले आदिम युगदेखि अहिलेसम्म कहिल्यै पनि त्यसो गर्न सकेन। एउटा लामो धर्कालाई छोटो बनाउन भन्यो भने सबैजसो मान्छेले त्यसलाई मेटाउँछन्। धेरै कम यस्ता मान्छे हुन्छन्, जसले त्यो धर्काको मुनि त्यसभन्दा लामो अर्को धर्का कोर्छन्। जिन्दगीका हरेक मोडमा पनि मान्छे यही नै गररिहन्छन्। अरूले कोरेका धर्कालाई मेटाउनमै शक्ति खर्च गररिहन्छन्। अरूको आगोमा आफ्नो हात सेक्न मान्छेलाई किन त्यति धेरै रमाइलो लाग्छ कुन्नि ! अरूका बीचमा फाटो ल्याउनका लागि मान्छेले निकै परश्रिम गर्छन्। दुई जनाको बीचमा भ्रम र असमझदारी पैदा गर्ने मान्छेको निकै नै लोकपि्रय खेल हो। त्यति जान्दाजान्दै पनि हामी आफैँ पनि बेलाबेला यो खेलको सिकार बन्न पुग्छौँ। कसैले तेरो कान कागले लग्यो भन्दा पहिले कान नछामी कागको पछि कुद्ने मूर्खता हामी सबैले कुनै न कुनै बेला गरेको हुनुपर्छ।

अरूको झगडा वा दुःखमा मानिसलाई कति रमाइलो लाग्छ भन्ने कुरा ठम्याउन धेरै पर जानु पर्दैन। बाटोमा दुई जनाको झगडा परेको छ भने हामी कामै छोडेर भए पनि उभिएर त्यो हेर्छौं। छिमेकमा दुई जनाको विवाद र भनाभन भएको छ भने त्यहाँ दर्शकको भीड नै लाग्छ। अरू त छोडौँ, ट्राफिकले कुनै सवारी चालकको अनुमतिपत्र कब्जा गरेको ठाउँमा पेटीमा हिँड्ने पनि ठाउँ हुँदैन। अचेल टेलिभिजनमा 'रयिालिटी सो'का नाममा थुप्रै पूर्वनियोजित कार्यक्रमहरू आउने गर्छन्। तीमध्ये अधिकांशमा एउटै कुरा समान हुन्छ, झगडा र विवाद। प्रतिस्पर्धीका बीचमा झगडा, निणर्ायकहरूका बीचमा झगडा, सबैको सबैसँग झगडा। जुन कार्यक्रममा जति बढी झगडा भयो, त्यसको दर्शक संख्या त्यति नै धेरै हुन्छ। भोलिपल्ट जमघटहरूमा त्यसैको चर्चा बढी हुन्छ। मानिस परपीडामा रमाउँछ। परपीडाको खेल खेल्छ। पहिले जनावर र पंक्षी लडाएर मनोरञ्जन लिने मान्छे सभ्य, विकसित र सुुसंस्कृत भए पनि अझै कुस्ती, मुक्केबाजी, कराँते, विभिन्न नाममा एउटा मान्छेले अर्कोलाई झम्टिने, हिर्काउने, ढाल्ने, पछार्ने र रगतपच्छे बनाउने खेलहरूमा रमाउँछ। तिनै खेलका लागि अर्बौं खर्च गर्छ। मान्छे परपीडामा नरमाउने भए चिन्नु न जान्नुका दुई जना बिनाकुनै कारण एकअर्कालाई भकुर्ने र तिनलाई अझ बढी हिंस्रक बनाउन हजारौँ मान्छे थपडी बजाइबजाई रमाउने कुराहरू खेलका रूपमा चल्दैन थिए होला।

घरपरविारमा, साथीहरूको बीचमा, काम गर्ने थलोमा हरेक ठाउँमा मानिसले आफँैजस्तो अरू मान्छेहरू भेटिरहन्छ। यी हरेक ठाउँमा यो खेल चलिरहेको हुन्छ। हुन त एउटा भनाइ छ, मान्छेलाई दुईवटा कान तर एउटा मात्र मुख दिएको जति बोल्छौ, त्यसको दोब्बर सुन्ने गर भन्नका लागि हो रे ! तर, सुन्ने के, कति र पत्याउने कति भन्ने कुरा मान्छेले सिक्न सकेन भने त्यो मान्छे सुखी हुन सक्दैन। कसैले आफ्नाबारेमा यसो भन्छ वा आफ्नो विरोधमा उसो गर्छ भनेर सुनेपछि हामीमध्ये कतिले त्यो कुराको यथार्थ पहिल्याउने प्रयास गर्छौं? सम्बन्धित मानिससँग ठाडै त्यो कुराको छिनोफानो नगरेर महिनौँ, वर्षौं वा जीवनभर मनमा तुष लिएर पनि हामी बाँच्ने गर्छौं।

तर, मान्छेलाई परपीडामा रमाउने कुलत लागिसकेको छ। यो कुलतले गर्दा हामीभित्र नजानिँदो गरी परपीडा कसरी दिने भन्ने सोचले पनि काम गर्न थालिसकेको हुन्छ। दर्शनले भन्छ, कुलत भनेको नरम बिछ्यौनाजस्तो हुन्छ, त्यसमा हाम फाल्न सजिलो हुन्छ तर त्यसबाट निस्कन गाह्रो। त्यसैले वैरभावको ठाउँमा सद्भाव, इष्र्याको ठाउँमा कदर, क्रोधको ठाउँमा आदर र आवेगको ठाउँमा हामीले शान्तिजस्ता कुराहरूलाई राख्ने प्रयास गर्नुपर्छ। अरूको पीडामा नरमाउने बानी चाह्यौँ भने लगाउन नसकिने कहाँ हो र? 

Life;an old steam engine

Its like an old steam engine running along battered trails. Chugging, puffing and putting on all the efforts to run along. crossing dilapidated stations on its journey. Stop...rennovate..move ahead to come across another such station. When you think everything is smoothly running, you hear a clanking noise somewhere and notice yet another repair to be done. And, it continues till you reach your destination. The only difference is, in this journey, you are not aware of your destination. End could be round any corner..sudden...abrupt. Or the journey might be very long.

ओशोसंग ९० मिनेट

कान्तिपुरको कोसेलीमा प्रकाशित

२०४२ माघ
आचार्य रजनीश काठमाण्डौ आए भन्ने कुरा नेपाल टेलिभिजनमा साँझ आठ बजेको समाचार हेर्दा थाहा भयो । त्यतिबेला मलाई आचार्य रजनीश भनेका एक चर्चित र विवादास्पद व्यक्ति हुन् भन्नेसम्म मात्र थाहा थियो । पन्ध्रसोह्र वर्षको उमेरमा मान्छेले आफूलाई ठूलो ज्ञानी र विवेकशील मान्न थालेको हुन्छ । पछि उमेर, अध्ययन र अनुभवले पाको हुँदै गएपछि जतिजति आफ्ना विगतलाई मान्छेले केलाउन थाल्छ, त्यतित्यति आफ्नो पहिलेको अल्पज्ञान र त्यससंग आएका तुजुकहरुलाई सम्झेर मान्छे आफै हाँस्न थाल्छ । म पनि उमेरको बाटोको एउटा त्यस्तै मोडमा थिएँ । उनका बारेमा मलाई त्यतिबेला भएका अरु थप जानकारी थिए, उनी केही समय अघि अमेरिकाबाट धपाइएका थिए । टाइम पत्रिकामा एक पटक उनका अनगिन्ती रोल्स रोयस गाडीहरु लाम लगाएर राखिएको फोटो देखेको थिएँ । त्यसपछि २२ वटा मुलुकले उनलाई प्रवेशाज्ञा दिइका थिएनन् । अजासु दाइ काकाहरुले सुनाएका कुराहरुका आधारमा मात्र मैले आचार्य रजनीशलाई चिन्थें । त्यसका आधारमा उनी खुला यौनको वकालत गर्ने भएकाले रुढीवादीहरुका अनुसार समाज भाँड्ने विचारका प्रचारक हुन् भन्ने मलाई अल्पज्ञान थियो । म यौन र तिनसंग सम्बन्धित कुराहरु खुला रुपमा चर्चा गर्नुहुन्न भन्ने पारीवारिक वातावरणमा हुर्किएर त्यसैको कौतुहलताले कुत्कुत्याउने उखर्मौलो उमेरमा थिएँ । त्यसैले आचार्य रजनीशको काठमाण्डौ आगमन त्यतिबेला मेरा लागि विशेष आकर्षणको कुरा बन्न पुगेको थियो ।

Friday, November 12, 2010

भट्भटेको प्रेममा पर्दा

२०६७ कार्तिक २० गते कान्तिपुर कोसेलीमा प्रकाशित


एघार बाह्र वर्षको हुँदा भट्भटेमा मेरो खुट्टा नै पुग्दैनथ्यो । एकातिर पिँध बङ्ग्याएर बूढी औंलाले भुइँ छोयो भने अर्को तिरको खुट्टा ढक राखेको तराजुको रित्तो पाटो जस्तो उचालिएर तुर्लुङ्ग झुण्डिन्थ्यो । तै पनि अडाएको भट्भटे देख्यो भने म बुर्लुक्क उफ्रेर चढिहाल्थें र मुखैले ढुर्रढुर्र टिंटटिंट प्वाँप्वाँ गर्न थालिहाल्थें । मलाई त्यतिबेला लाग्थ्यो त्यो रोकिएको भट्भटे बेतोड कुदिरहेको छ । दायाँबायाँका रुख, खम्वा र दृश्यहरु सबथोक फुत्तफुत्त पछाडि छुट्दै गैरहेका छन् र म अघिअघि बढ्दैछु । आफू गतिशील भएर सबैलाई पछाडि छोड्दै गएको त्यो अनुभव मलाई निकै रमाइलो लाग्थ्यो । मेरो कल्पनामा अगाडिबाट हुत्तिएर कुनै सवारी साधन आउँथे जसलाई म मुखैले ब्रेकको चुइँय आवाज निकाल्दै ढल्केर छल्थें । कहिलेकहीं अपर्झट अगाडि आउने गाइवस्तु वा मान्छेलाई नकिच्न म न्वारान देखिको बल लगाएर ब्रेक थिच्थें । सपनामा पनि म भट्भटे कुदाएको देख्थें ।

एकदिन घरमा गुठी संस्थानको लीलामीमा किनिएको एउटा पुरानो भट्भटे आयो । पूरै साढे पाँच हजारमा बोलकबूल गरेर हात परेको थियो त्यो अजंगको साँढे जस्तो साढे दुइसय सीसीको भट्भटे । त्यसको आवाजले रुखमा बसेका चराहरु कोलाहल गर्दै यता र उता उड्दथे । घर वरिपरिका लूरा कुकुरहरु पुच्छर लुकाएर कुइँकुइँ गर्दै कुनातिर लाग्थे भने शूरा कुकुरहरु दाह्रा ङिच्चाएर, जग्गरका रौंहरु ठाडो पारेर झम्टन तयार हुन्थे ।  बेस्मारी गह्रुँगो पनि थियो त्यो । उस्तै मान्छे त एक्लैले अड्याउनका लागि उचाल्न पनि नसक्ने । मलाई अब भट्भटे चढेको भानको आनन्द लिनका लागि कसले घर अगाडि भट्भटे  रोक्ला भनेर कुर्न नपर्ने भयो । त्यसमाथि म भैंसीको ढाडमाथि बसेको काग जस्तो देखिन्थें ।

Friday, October 22, 2010

गूड मर्निंग

कतै परबाट एउटा भाले बास्छ, अँध्यारोको राज सकिने बेला भयो भन्ने संकेत दिँदै। म पनि के कम भनेजस्तो गरेर अर्को कुनै कुनाबाट अर्को एउटा भालेले त्यसको सुरमा सुर मिलाउँछ। अनि, चारैतिरबाट भालेहरूको ऐक्यबद्धता प्रकट हुन थाल्छ, शुभ प्रभातको। त्यसपछि चराहरू चिरबिर गर्न थाल्छन्। कोही कताबाट, कोही कताबाट संगीत सिर्जना गर्न थाल्छन्, मीठो मधुरो चिरबिरको सुरलिो कोरस सुनिन थाल्छ। अलि पर कतै रेडियो नेपालको प्रसारण आरम्भ हुनुअघिको संकेत संगीत बज्न थाल्छ। त्यो अघि एकैछिन बज्ने एकतमासको टूँ... गर्ने ध्वनि पनि कर्कश लाग्दैन त्यतिबेला। छिमेकमा कुनै विद्यार्थी, कुनै दूध पसले, तरकारी व्यापारी, पत्रिका पसले, ट्याक्सी चालक वा अरू कुनै जाँगरलिो श्रमजीवी मान्छेले समयमा उठ्नका लागि खाटको छेउमा राखेको चाइनिज घडीको अलार्म बज्न थाल्छ। बिहानी हुनुअघिको चकमन्नतामा त बेलाबेला सहरको बीचतिर उभिएको घन्टाघरको घडीको आवाज पनि सुनिन्छ, काठमाडौँको पल्लो छेउसम्म। छेउछाउमा मन्दिरका घन्टाहरू बज्न थाल्छन्, कसैले शंख बजाउँछ, कसैले मन्त्र पनि पढ्न थालेको हुनसक्छ। दसै दिशाबाट छोपिएर आउने यी आवाजहरू गहिरएिर सुन्ने हो भने कुनै अत्याधुनिक सिनेमाघरको डल्बी साउन्ड प्रविधिले खन्याउन नसक्ने महजस्तो मीठो आवाज बिहानीको पूर्वाभासको संगीतले कानको जालीमा चुमाइदिन्छ। आकाश पनि उनीहरूको होमा हो मिलाउने सुरसार गरेर आङ तान्छ अनि विस्तारै, अलिअलि गर्दै आफ्नो पूर्वी दैलो उघार्न थाल्छ। कालोबाट गाढा नीलो, हल्का नीलो, अलिअलि पहेँलो, बैजनी र रातो रंगहरूलाई कुचीले पोत्न थाल्छ, वल्लो छेउदेखि पल्लो छेउसम्म। रंगहरूका एउटा माथि अर्को यसरी थपिन र मिसिन थाल्छन्, संसारको कुनै पनि चित्रकारले त्यति मिहिन रूपमा तिनको सम्मिश्रण गर्न सक्दैन। हरेक दिन त्यति नै सूक्ष्म, त्यति नै उत्कृष्ट र सफा चित्र बनाउँछ आकाशको क्यानभासमा प्रकृति नामको त्यो चित्रकारले। अनवरत, नथाकी हरेक दिन बनाइरहन्छ सुनौलो बिहानी। तर, हामीमध्ये कतिलाई यो नियमित कला, संगीत र चलचित्रका बारेमा थाहा नै हुँदैन। त्यतिबेला हामी भुसभुस निदाइरहेका हुन्छौँ। अबेलासम्म सुत्ने बानी लागेका हामीमध्ये धेरैले बिहानी देख्दैनौँ, बिहानी सुन्दैनौँ र भोग्दैनौँ बिहानी।

अंग्रेजीमा एउटा उखान छ, जसको अर्थ हुन्छ- बिहान चाँडै उड्ने चराले बढी आहारा भेट्टाउँछ। यो उखानले जिन्दगीमा सही समयमा सही काम गर्न सक्नुको अर्थ बताउँछ। जिन्दगीमा ठूल्ठूला कुराहरूको पछि दौड्दादौड्दै हामी स-साना कुराहरूलाई बिर्सन्छौँ। ती स-साना कुराहरू, जसले मान्छेको जिन्दगीलाई रंगीन बनाएका हुन्छन्। तिनका आफ्नै महत्त्व हुन्छन्, सुन्दरता हुन्छन्। भागदौडमा हामीले तिनलाई हेक्का नै गरेका हुँदैनौँ। आफ्नो क्षेत्रका सफल र चर्चित एक जना चिकित्सक, जो अति धेरै सक्रिय र व्यस्त छन्। आफ्नो नियमित कामबाहेक अरू धेरै उपलब्धिमूलक कामहरूमा पनि उनी त्यत्तिकै दौडधुप गर्छन्। आफ्नो व्यक्तिगत रुचिका कामहरू गर्न पनि उनलाई समयले छेक्दैन। सभासमारोह, भेला, मनोरञ्जन र सामाजिक भलाकुसारीका थलोहरूमा पनि उनी पुगिरहेका हुन्छन्। कहिलेकाहीँ अचम्म लाग्छ, उनले कसरी ती सबै काम भ्याउँछन्? कतै उनको दिनमा २४ घन्टाभन्दा बढी पो समय छ कि? केही समयअघि कुराकानीका क्रममा यही जिज्ञासा प्रकट गर्दा थाहा भयो, उनी छ घन्टा मात्र सुत्दा रहेछन्। स्वास्थ्य विज्ञानले पनि एउटा स्वस्थ मान्छेलाई साधारण अवस्थामा दैनिक छ घन्टा निन्द्रा परे पुग्छ भनेर भन्छ।

हुन पनि हो, कति घन्टा सुत्ने भन्ने कुरा त हो। छ घन्टा सुत्नु भनेको सक्रियताका लागि १८ घन्टा पाउनु हो। सरसर्ती हिसाब गर्दा त्यस्तो मान्छेले १० घन्टा सुत्ने मान्छेको दाँजोमा एक सातामा ४२ घन्टा बढी पाउँछ। महिनाको १ सय २० घन्टा अर्थात् पाँच दिन, वर्षको १ हजार ८ सय २५ घन्टा अर्थात् झन्डै ६१ दिन। सक्रिय जीवनको ३० वर्षको मात्र हिसाब गर्ने हो भने पाँच वर्ष बढी उत्पादक समय मान्छेले चाह्यो भने फोसामा निकाल्न सक्ने रहेछ, आफ्नो जीवनरेखाबाट। जीवनको उत्तरार्द्धमा लेखाजोखा गर्न बस्दा मान्छेले आफूले बाँचेको कति दिन, महिना वा वर्ष सम्भिmन सक्छ होला? त्यो समयमा उसले गरेको उपलब्धिको गणना गर्ने हो भने कतिवटा घटना उसको स्मरणमा हुन्छन् होला? उकालो र ओरालोकोे बराबरी मात्रा हुने हरेक मान्छेको यात्राका अवरोह, असफलता र निराश दिनहरूकै कुरा गर्दा पनि कतिवटा त्यस्ता दिन र घटना बाँकी रहलान् र स्मृतिका पानाहरूमा। केही सुखका र केही दुःखका बाहेक बाँकीका अरू दिनहरू त कता हराए, कता गए र कसरी सकिए भन्ने थाहा पनि हुँदैन होला। बिहानलाई दिन, दिनलाई रात बनाउँदैमा, बाँच्नका लागि होडबाजी गर्दैमा, अरूको सफलताबाट रौसिएर, हौसिएर, चिढिएर तिनलाई जित्न प्रतिस्पर्धा गर्दैमा, गोरुजस्तो भएर सामाजिक र पारविारकि जिम्मेवारीको कोल घुमाउँदैमा झिमिक्क गर्दा सकिसकेको हुन्छ यो लामो भनिने जिन्दगी।

दिनको दुई घन्टाको यो फोसालाई एकपटक सदुपयोग गरेर हेरौँ न। खुट्टा तन्काउनका लागि झिसमिसेमा बाहिर निस्कने हो भने बिहान देख्न पाइन्छ। साइकलमा हरयिा सागपातहरूको डुंगुर बोकेर ठिमीबाट हरेक दिन नयाँबानेश्वर आइपुग्ने एक जना हँसिला ठिटा, महिनाको २० हजार किस्ता तिर्नका लागि 'टिप' पुर्‍याउनुपर्छ भनेर ट्याक्सी लिएर चोकमा यात्रु कुर्ने ६८ वर्षका 'लक्का जवान', कलेज जानका लागि हतारँिदै निस्केका केटाकेटीहरू, घरघरमा पत्रिका पुर्‍याउन साइकलका पैडलमा फटाफट खुट्टा चालिरहेका मानिसहरूले जीवन, गति र सक्रियताको प्रतिनिधित्व गररिहेका हुन्छन्। यसबाट सिक्न सकिने कुरा कति छ? अहिले त दसैँ आउन लागेकाले हावामा नै एउटा अनौठो बास्ना हुन्छ। अलिअलि चिसो, अलिअलि हुस्सु र उत्सवको रंगको अनुभूति गर्दै बिहानीलाई भेट्ने हो भने अरू केही नभए पनि शरीरका अवयवहरूलाई चाहिने कसरत मात्रै भए पनि त हुन्छ नि !

शुभ प्रभात ।

Sunday, September 26, 2010

डरको डर

नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को' बाट


केही दिनअघिको कुरा हो, बिहान चाँडै निन्द्रा खुलेको हुनाले यसै यताउता भौँतारिँदै गर्दा कुनै जाँगरिलो मान्छेले झिसमिसेमा नै खोलेको चियापसल देखा पर्‍यो।


बिहानको अलिअलि चिसोमा केतलीबाट निस्केको बाफले नै चिया मीठो होला भन्ने लागिरहेको थियो। त्यही चिया पसलको अलि पर ट्याक्सीहरू रोकिने ठाउँ रहेछ। ग्राहकको प्रतीक्षामा बसेका चालकहरू पनि चिया सुर्क्याउँदै गफ गरिरहेका थिए। कसको गाडीको के बिग्रेको थियो, कसले हिजो कति कमायो, कुन यात्रुले पैसाको कुरामा किचलो गर्‍यो, कुन चालकले छोटो दूरीमा नै कति ढडायोजस्ता कुराहरू भए पनि कहिलेकाहीँ उनीहरूका अनुभवहरू रमाइला हुने गर्छन्। एक जना चालक भन्दै थिए,

Sunday, September 12, 2010

कुरा कीराको

कीराहरू विभिन्न प्रजातिका हुन्छन्। केही अपवादलाई छोड्ने हो भने अधिकांश कीराहरू मान्छेका लागि हानिकारक नै हुन्छन्। कीराहरू निकै छिटो विस्तार हुनसक्ने, प्रतिकूल र विषम परििस्थतिमा पनि आफूलाई सुरक्षित राख्न सक्ने हुनाले यिनीहरू हतपति नाश हुँदैनन्। कीराहरू घिनलाग्दा पनि हुन्छन्। त्यसैले बाघभालुसँग नडराउने मान्छे पनि कीरा भनेपछि तर्सन्छ। 


अचेल हाम्रो वरपिरकिो वातावरण पनि कीरामय भएको छ। पछिल्लो केही समय घर, बजार र बाटोघाटो जताततै कीराहरू देखिन थालेका छन्। हुन त यो वषर्त्को मौसम भनेको कीराहरू बढी सल्बलाउने, सक्रिय हुने र फस्टाउने समय हो। तर, यसपालि अरू नै केही कुराले गर्दा कीराहरूको बढी चलखेल भएको हुनुपर्छ। कहिले नसकिने फोहोरको राजनीतिका कारण महानगरपालिका र डम्पिङ् साइट वरपिरकिा बासिन्दाको विवाद यसपटक पनि तन्की नै रह्यो। त्यसको कारण कुनै लाज नभएको, नालायक र अलोकपि्रय नेता गर्वसाथ कुर्सीमा लिसो टाँसिएर बसेजस्तो गरी फोहोरमैला बाटोमा नै गर्वसाथ रहिरहे। थुप्रै दिनसम्म गल्लीगल्ली र सडकसडकको शोभा बढाउन सफल यी फोहोर वषर्ात्को पानीमा भिज्दै, बेलाबेला झुल्किने घाममा सुक्दै गर्दा यिनमा पनि स्याउँस्याउँ कीराहरू जन्मे, हुर्के, फैलिए र विस्तारति भए। तिनले लघुकालीन रूपमा बाटो हिँड्नेहरूलाई नाक थुनेर सास रोक्ने कलाको राम्रै अभ्यास गर्ने मौका प्रदान गरे भने दीर्घकालीन रूपमा जनस्वास्थ्यमा कति ह्रास पुर्‍याए भन्ने कुराचाहिँ लेखाजोखा गर्न बाँकी नै छ। 

त्यसपछि कीराहरूलाई बढी चर्चित बनाउने काम कुनै पेय पदार्थमा भेटिएका कीराहरूले गरे। यस्ता कीराहरू पहिले पनि बेलाबेला भेटिने र हराउने नगरेका त होइनन् तर यसपटक यी कीराहरूको संरक्षण र सम्वर्द्धनका लागि अलि ठूलै तहमा भएका कसरतहरूका कारण लहरो तान्दा गर्जिएको पहरोले गर्दा यी झीना-मसिना कीराहरूको अस्ितत्व डायनोसरको जस्तो बन्न पुग्यो। अब पहिले जस्तै खुसुक्क आउँदै र खुसुक्क जाँदै गर्न यी कीराहरूलाई गाह्रो हुने भयो। जनस्वास्थ्यका लागि यो निश्चय नै पनि सुखद कुरा हो। अब सम्बन्धित निकायले यी कीराहरूका बारे गर्नुपर्ने जाँच र अनुसन्धान गरेर सफा चित्र देखाउने नै छन् भन्ने विश्वास गर्न सकिन्छ। 

कीराकै कुरा भइरहेका बेला हामीले अरू कीराहरूका बारेमा पनि किन खोजीनीति नगर्ने त ? कीरा सपि्रन र मौलाउनका लागि विशेष किसिमको परििस्थतिको आवश्यकता हुन्छ भन्ने सबैलाई थाहा छ। खास गरेर फोहोर र प्रदूषणमा कीराहरू रमाउँछन्। त्यसैले सामाजिक र राजनीतिक वातावरण फोहोर र प्रदूषित भयो भने त्यहाँ पनि कीराहरू उत्पत्ति हुन्छन् र फैलिन्छन्। हामीलाई प्रत्यक्ष/अप्रत्यक्ष हानि गर्ने अरू थुप्रै कीराहरू पनि नभएका होइनन्। हेर्दाखेरी कीराको जस्तो रूप नभएका तर बानी बेहोरा र चरत्रि त्यस्तै भएका अरू प्राणीहरूलाई पनि किन कीराकै वर्गमा नराख्ने त ? अनि, कीरासँग जस्तै तिनीहरूसँग पनि किन सतर्कता नअपनाउने ?

लौ त भनौँ भने पेय पदार्थका बट्टामा भएका कीराहरूसँग बच्न त्यो प्रयोग नगर्दा सकिन्छ। तर, तीभन्दा बढी अहिले हामीलाई असर गररिहेका कीराहरूका बारेमा पनि सोच्नुपर्ने बेला होइन र यो ? कुनै कीरा हामीलाई फाइदा गर्ने हुन्छन्। रेशमजस्तो मुलायम पदार्थ पनि कीराबाट नै बन्ने हो। हामीलाई रेशमको मुलायमपनाको आवश्यकता भएकाले हामी जनताले रेशम बनाउनका लागि कीराहरू पाल्यौँ, सेतो ठूलो बट्टामा। तिनबाट एउटा निर्धारति समयमा रेशम प्राप्त हुन्छ भनेर दंग पनि पर्‍यौँ र रेशम प्राप्त भएपछि यस्तो हुन्छ र उस्तो हुन्छ भनेर आशावादी पनि भयौँ। तर, तिनबाट हामीलाई भनेको समयमा रेशम प्राप्त भएन। हामीले म्याद पनि थपिदियौँ। अहिले पनि हामी यो थपिएको समयमा त रेशम कसो नपाइएला भनेर आशावादी छौँ। तर, कीराहरू भने रेशम बनाउनेभन्दा अरू नै कुरामा अन्त्यहीन विवाद गर्न थालेका छन्। उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने, यो समयमा पनि रेशम प्राप्त हुन सकेन भनेचाहिँ हामीले फरक हिसाबले सोच्नुपर्ने हुन सक्छ। भोलि हामीले रेशम कीरा भनेर अरू नै कुनै कीरा पालेका रहेछौँ भन्ने थाहा भयो भने त्यसले सबैभन्दा दुःखी हामीलाई नै तुल्याउँछ। सबैभन्दा बढी हानि पनि हामीलाई नै पुर्‍याउँछ। कीराहरू त कुनै पनि परविर्तित परििस्थतिमा आफूलाई ढाल्न खप्पिस हुन्छन्। 

त्यसैले रेशम कीराका बीचमा अरू कीराहरू उत्पन्न हुन र फैलिन नपाउन् भन्नाका लागि त्यहाँको वातावरणलाई प्रदूषित र फोहोर हुन नदिन सबैले जिम्मेवार भएर आफ्नो सोच, आनीबानी र आचरण सुधार्नु पर्‍यो। कसैको पनि व्यक्तिगत, समूहगत वा वैचारकि स्वार्थभन्दा बढी सबैले यो राष्ट्र र यसमा बस्ने पौने तीन करोड जनताको स्वार्थलाई सर्वोपर मान्न सक्नुपर्छ। 

त्यसैले देखिने कीराहरूका साथसाथै नदेखिने कीराहरूका बारेमा पनि हामी सबै सचेत हुनु जरूरी छ। हामीले आफैँलाई पनि नियालेर हेर्ने हो भने सायद अरू कीराहरू पनि हामीले आफँभित्र पनि भेट्छौँ। जानी/नजानी कतै हामीले त्यस्ता कीराहरू पालेर त बसेका छैनौँ भनेर आत्ममूल्यांकन गर्नुपर्ने बेला पनि हो यो। आफ्नो जिम्मेवारीबाट विमुख हुने, आफ्नो अकर्मण्यताका भारीजति अरूको थाप्लोमा जाक्न खोज्ने प्रवृत्ति सबैभन्दा डरलाग्दो कीरा हो। यसलाई हामीभित्र पलाउन नदिनका लागि सचेत हुन सकेनौँ भने त्यसको परण्िााम भयावह हुनसक्छ।

Sunday, August 29, 2010

महात्मा र बिच्छी

एउटा पुरानो उखान छ, 'जब पर्‍यो राती तब बूढी ताती।' यो उखान बनाउने मानिस पक्कै पनि अत्यन्त दूरदर्शी हुनुपर्छ। किनभने, हाम्रो आनीबानी र आचरणसँग यो उखान आज पनि असाध्यै धेरै समयसापेक्ष छ। कहिलेकाहीँ अचम्म लाग्छ, हामी किन कुनै पनि कुरालाई समयको सीमामा बाँध्न सक्दैनौँ ? तोकिएको समयमा हामी किन केही पनि काम फत्ते गर्न नसक्ने भएका हौँ कुन्नि ! समय भन्ने कुरा सबैभन्दा मूल्यवान हुन्छ र त्यसको सही सदुपयोग गर्न सक्नुपर्छ भन्ने कुरा हामी सानै बेलादेखि घोक्ने गर्छौं। तर, व्यवहारमा हामीमध्ये धेरै कम मात्र यसलाई लागू गर्छौं। समयलाई हेप्ने, वास्ता नगर्ने र त्यससँग नहिँड्ने हाम्रो राष्ट्रिय संस्कार भइसकेको छ। व्यक्तिगत, औपचारकि, व्यावसायिक, सामाजिक र राजनीतिक कुनै पनि कुरामा कसैले पनि संसारको सबैभन्दा शक्तिशाली समय भन्ने कुरालाई लाप्पा खुवाएर हिँड्ने हाम्रो चरत्रि बनिसकेको छ।


समयका बारेमा हाम्रा आफ्नै मूल्य र मान्यताहरू छन्। कुनै बिहे-व्रतबन्ध वा भोजभतेरको निम्तोमा ६ बजे समय तोकिएको छ भने हामी साढे ७ बजेतिर पुग्नुपर्छ भनेर योजना बनाउँछौँ। यसका पछाडिको कारण के हुन्छ भने, खानै नपाएको जस्तो भनेको समयमा ठ्याक्क पुग्नु हुँदैन। खान पाउनु र नपाउनु भन्ने कुरा समयमा हिँड्नुसँग कसरी र किन गाँसिएको हो, भगवान् नै जानून्। त्यसबाहेक पनि कुनै काम, समारोह वा भेटका लागि ठीक समयमा कहीँ पुग्यो भने आफू काम नभएको र फुर्सद भएको प्रमाणित भइन्छ भनेर पनि अलमल गर्ने हाम्रो संस्कार छ। व्यस्त हुनु, काम हुनु र समयमा नहिँड्नु फरक कुरा हो भनेर हामी बुझ्दैनौँ। जो जति ढिला कतै पुग्छ, त्यो त्यति नै ठूलो भीआईपीमा गनिन्छ। अहिले त काठमाडौँको ट्राफिक व्यवस्थालाई दोष लगाएर उम्कन पनि साह्रै सजिलो छ। बाटो जता पनि जाम हुन्छ भन्ने मान्छेहरूले त्यो जामको पनि हिसाब गरेर हिँड्न जानेका हुँदैनन्। 

संसारका कुनै पनि विकसित राष्ट्र, सफल मान्छे र ठूला उपलब्धिहरूका पछाडि एउटै मात्र समान कुरा के हो भनेर खोतल्ने हो भने थाहा हुन्छ, समयको महत्त्व। प्रकृतिले कुनै पनि कुनाका कुनै पनि मान्छेलाई पक्षपात नगरी एकनासले बाँडेर दिएको सायद यही नै एउटा कुरा होला, समय। हरेक मानिसका वर्षमा १२ महिना हुन्छन्, हरेक मान्छेका महिनामा ३० दिन नै हुन्छन्, हरेक दिनमा २४ घन्टा नै हुन्छन्, हरेक घन्टामा ६० मिनेट र मिनेटमा ६० नै सेकेन्ड हुन्छन्। तर पनि केही मान्छेहरू आफ्ना लागि समय नपुगेको बहाना बनाएर आफ्ना असफलतालाई छोप्ने प्रयास गर्छन्। 

मानिलिउ“m, हामीसँग एउटा यस्तो बैँक खाता छ, जसमा हरेक दिन कसैले १ हजार ४ सय ४० रुपियाँ जम्मा गरििदन्छ। तर, सर्त के भने त्यो रकम हामीले त्यही दिन खर्च गर्नैपर्छ। अर्को दिन हुनासाथ अघिल्लो दिनको रकम भुस हुन्छ र नयाँ १ हजार ४ सय ४० रुपियाँ जम्मा हुन्छ। त्यसो भएमा त्यो रकम के गर्नुहुन्छ भनेर कुनै पनि मान्छेलाई प्रश्न गर्ने हो भने हरेक मान्छेले त्यो रकम त्यही दिन निकालेर प्रयोग गर्छु नै भन्छ। एक दिनमा १ हजार ४ सय ४० मिनेट हुन्छ। हाम्रो एक मिनेटलाई एक रुपियाँ बराबर मात्र मान्ने हो भने हामी सबैलाई प्रकृतिले त्यस्तै खाता दिएको छ। यो कुरा बुझेर पनि हामी त्यसको सदुपयोग गर्दैनौँ भने हामीभन्दा मूढ कोही हुन सक्दैन। दुर्भाग्यको कुरा त के भने समयको यति ठूलो दुरूपयोग गरेर पनि हामीले चेतेका छैनौँ। समग्रमा, राष्ट्रको एकमुष्ठ हिसाब गर्ने हो भने हामी दिनदिनै कति धेरै गरबि हुँदै गइरहेका छौँं भन्ने कुरा कसैले सोचेका छौँ ?

त्यही बानीले गर्दा हामीकहाँ कहिल्यै कुनै कार्यक्रम भनेको समयमा सुरु हुँदैन, भनेको समयमा अन्त्य हुँदैन। हवाई उडान, बस छुट्ने, बैठक, गोष्ठी, भेला, चुनाव, कुर्सी बाँडफाँट, सरकार गठन, निर्णय, बजेट, निर्माण कार्य, विकास योजना र कुनै पनि कुराको कार्यान्वयन कहिल्यै पनि भनेको समयमा हुँदैन। पासपोर्ट प्रकरण र संविधान निर्माण यस कुराको अहिलेको बेलाको सबैभन्दा ज्वलन्त उदाहरण हो। प्रधानमन्त्रीको चुनावका नाममा भइरहेको नांगो नाचको पनि कुरा गर्ने हो भने त्यसका लागि कति बहुमूल्य समय नाश भएको छ, त्यसको हिसाब कसले माग्ने, कसले दिने र जिम्मेवारी कसले लिने हो, थाहा छैन। राजधानीका रात्रिकालीन रेस्टुराँहरूमा हुनेभन्दा बढी असामाजिक, राष्ट्रघाती र अश्लील सामूहिक नग्न नाच त हामीले चुनेर पठाएका हाम्रा तथाकथित जनप्रतिनिधिहरूले दिनको उज्यालोमा नै महिनौँदेखि देखाइरहेका छन्। तर, त्यो बन्द गर्ने/गराउने कुनै रमेश खरेल यस मुलुकमा छैन। हामी नेपाली जनता भनेको त साह्रै धेरै धैर्यवान्, दयालु र माफी दिन सक्ने सहनशील प्राणी हौँ। हामीलाई पशुपतिनाथले यस देशको रक्षा गरेका छन् भन्ने कुरामा चाहिनेभन्दा बढी विश्वास छ र हामी सबै चीज सहेर पनि आँखा बन्द गरेर रातीराती ढुक्कसँग निदाउन सक्छौँ। 

एक जना महात्मा र बिच्छीको प्रसंग यहाँनिर उल्लेख गर्नु उपयुक्त होला। नदीमा स्नान गर्न लाग्दा महात्माले एउटा बिच्छी देखे। पानीमा डुब्न लागेको त्यो बिच्छीलाई किनारामा राख्नका लागि उनले अञ्जुलीमा उठाए। तर, बिच्छी उनलाई डसेर फेर िपानीमा पस्यो। महात्माले पुनः त्यसलाई निकाल्न खोज्दा फेर िडसेर त्यो पानीमा पस्यो। यो क्रम निकैबेर चलिरह्यो। महात्मा त्यसलाई निकाल्न नछोड्ने, बिच्छी उनलाई डस्न नछोड्ने। अलि परबाट त्यो देखिरहेको एउटा माझीले सोधेछ, "हे महात्मा ! बिच्छी हो, डस्छ भन्ने थाहा पाउँदापाउँदै पनि तपाईं किन बारम्बार यो निरर्थक प्रयास गर्नुहुन्छ ?"

महात्माले उत्तर दिए, "यसको धर्म डस्नु हो, डस्छ। मेरो धर्म यसलाई बचाउने प्रयास गर्नु हो, म गर्छु। हामी दुवै आ-आफ्नो धर्म निर्वाह गररिहेका छौँ।"

अहिले हामी पनि महात्माको धर्म निर्वाह गररिहेका छौँ। थाहा छैन, कहिलेसम्म हामी बिच्छीको डसाइ खप्दै तिनलाई पानीबाट निकालिरहन सक्छौँ ! यदि हामीले 'भाग्यनिर्माता'हरूलाई उनीहरूको एक मिनेटको भाउ उनीहरू स्वयंले नै कति लगाउँछन् र त्यसैको मात्र हिसाब गर्ने हो भने पनि उनीहरूले हामीलाई कति गरबि बनाइसके भनेर प्रश्न गर्ने ठाउँ छ। के उनीहरूमध्ये कसैले हामी जनताको आँखामा हेरेर त्यसको हिसाब दिन सक्छन् ? 

Sunday, August 15, 2010

अहिंसा परमोधर्म

केही दिनअघि एक जना परििचतले आफ्नो छोराले प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेको कुरा मित्रहरूलाई उत्साहित र उत्तेजित स्वरमा सुनाउँदै साखिनी कुखुरा काटेर खुवाउने घोषणा गरे । हुन पनि हो, आफ्नाहरूको उपलब्धिमा, सफलतामा खुसी हुनु मानवीय स्वभाव हो । खुसी भएपछि त्यसलाई मन मिल्ने मान्छेहरूसँग बाँड्दा दोब्बर हुन्छ । तर, यहाँनिर उदेकलाग्दो प्रश्न के हो भने हामी हाम्रा खुसीहरूलाई किन अर्को प्राणीको ज्यान मारेर मासु खाने कुरासँग जोड्ने गर्छौं ? खुसी हुनु र त्यसलाई बाँड्नुको मासु खानुसँग के सम्बन्ध छ ? बिनामासु खुसी, उत्सव र उमंग अधुरो हुन्छ भन्ने हामीलाई किन लाग्छ ? खुसीको पनि स्तर अनुसार कुन प्राणी काटिन्छ भन्ने कुरा पनि निर्धारण हुन्छ । अघि उल्लेख गरेका मान्छेको उपलब्धिको नै कुरा गर्ने हो भने सायद उनका छोराले द्वितीय श्रेणीमा परीक्षा उत्तीर्ण गरेको भए ब्रोइलर कुखुरा मात्र काटिन्थ्यो, विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको भए खसी ढल्थ्यो । नेपालभरमिा सबैभन्दा बढी अंक आएको भए सम्भवतः कुनै राँगोको ज्यान जान्थ्यो होला । मासु हाम्रो आतिथ्य सत्कारको अभिन्न अंग भइसकेको छ । अचेल मात्र हो, बाहुनहरूको बिहे-ब्रतवन्ध र छोरीको बिहेमा पनि मासुका परकिारहरू सजिन थालेको । नत्र केही वर्षअघिसम्म पनि बाहुनको भोजमा मासु हुँदैन भनेर नजाने मान्छेहरूको कमी हुँदैनथ्यो । कसैको जमघटमा मासुका परकिार भएनन् भने त्यहाँ पाहुनाहरूले अहिले पनि नाकमुख खुम्च्याउन छोडेका छैनन् । कुनै विशेष कारणले मासु नखाने वा नपाइने दिनमा पाहुना नबोलाएर मासु खाने दिनसम्म कुर्ने प्रचलन छ हाम्रोे ।

औषधी विज्ञानले प्रमाणित गरसिकेको छ, मांसाहारीभन्दा शाकाहारी मानिस बढी बाँच्छन् । मासु खाएर प्राप्त हुने कुराहरू अरू चीजहरूबाट पनि प्राप्त हुने गर्छन् । मासु पच्नका लागि निकै धेरै गाह्रो हुन्छ र त्यसले अनेकौँ रोगहरू पनि निम्त्याउन सक्छ । हाम्रो पाचन प्रणालीको बनोटको नै कुरा गर्दा पनि यो गाईभैँसी, खसीबोका र अरू शाकाहारी जनावरहरूसँग बढी मिल्दोजुल्दो छ । त्यो बाघ, सिंह, स्याल वा ब्वाँसोजस्ता हिंस्रक मांसाहारी जनावरहरूभन्दा फरक छ । त्यसले के प्रमाणित गर्छ भने प्रकृतिले पनि मानव भन्ने जनावरलाई मासु खानका लागि बनाएको होइन । ती अरू मांसाहारी जनावरसरह बाँच्नका लागि हामीले मासु खानु पर्दैन । हाम्रा हातगोडा तिनका भन्दा फरक बनाइएका कारण सायद हामीले खेतीपाती गर्न सकौँ भनेर हो ।

हाम्रो देशको परपि्रेक्ष्यमा कुरा गर्ने हो भने त हाम्रो मासु खाने तरकिा पनि एकदमै अस्वस्थकर छ । न हामीकहाँ स्वस्थकर ढंगले मासु उत्पादनका लागि जनावरहरू पाल्ने कुनै प्रावधान छ, न त मासु ओसारपसार र बिक्रीको कुनै उचित बन्दोवस्त । रक्िसा र टेम्पोमा तपतप आलो रगत चुहाउँदै ओसारएिका राँगाका फाल्साहरू गल्लीगल्लीमा कस्ता पसलहरूमा कसरी बेच्न राखिएका हुन्छन्, त्यो हामी सबैले कहीँ न कहीँ त देखेको नै हुनुपर्छ । खसी र कुखुराका मासुहरू पनि छेवैमा ढल बगिरहेका झीँगा भन्किने पसलहरूमा यति अस्वस्थकर ढंगले पसारएिका हुन्छन्, त्यो देख्दा पनि हामीलाई घीन लाग्दैन भने हामीभन्दा हिंस्रक जनावर अरू कुन होला त ? छालामा सबैभन्दा बढी संक्रमण हुन्छ भन्ने थाहा पाएका पढेलेखेका मानिसहरू पनि छालाबिनाको मासुमा त स्वादै हुँदैन भन्ने कुमान्यता छोड्न सक्दैनन् ।

आदिम युगका मान्छेले बाँच्नका लागि अरू प्राणीको सिकार गर्न सिक्यो । त्यो कला उसलाई प्रकृतिले सिकाएको हुनुपर्छ । त्यस युगका मान्छेलाई प्रकृतिले बाँच्नका लागि अरू थुप्रै कुराहरूको भण्डार पनि सिर्जना गरििदएको छ भन्ने कुरा थाहा थिएन । विकासको क्रमसँगै मानवले धेरै अरू कुराहरू पत्ता लगाउँदै गयो । रूखहरूमा लटरम्म फल्ने फलहरूका बोक्राहरू जति नै कडा र नमिठा भए पनि तिनलाई छोड्याएपछि त्यहाँभित्र स्वादिष्ट, पौष्टिक र शरीरलाई फाइदा गर्ने गुदीहरू हुन्छन् भन्ने कुरा थाहा पाउन अवश्य पनि मान्छेलाई निकै लामो समय लागेको हुनुपर्छ । हरेक कुराका बीजहरू हुन्छन् र तिनलाई माटोमा रोपेपछि ती फेर िफल्छन् भन्ने कुरा त मान्छेले अझ पछि मात्र सिकेको होला । तर जेहोस्, चौतर्फी विकाससँगै मान्छेले आफ्नो चेतना र विवेक पनि बढाउँदै लग्यो । अरू जनावरभन्दा मानिस श्रेष्ठ हुँदै गयो किनभने मानिसमा प्रकृतिले बुद्धि पनि हालिदिएको थियो । सोच्ने, तर्क गर्ने र कुनै पनि कुराका पछाडि किन र कसरी भन्ने प्रश्न उठाउने अनि तिनको उत्तर फेला नपारुन्जेल चुप नलाग्ने मान्छेको प्रवृत्तिले नै उसको विकास गर्दै लग्यो । विकासक्रमसँगै मान्छेका स्वभावहरू परविर्तन भए, मानसिकता परविर्तन भए, हाउभाउ परविर्तन भए, शरीरका अवयवहरू नै पनि परविर्तन भए तर परविर्तन भएन एउटै कुरा, अर्को प्राणीलाई मार्ने बानी । खानका लागि अरू जनावरहरू मात्र होइन, आफ्नो स्वार्थका लागि, आफ्नो सर्वश्रेष्ठता प्रमाणित गर्न, राज्य गर्न र नेतृत्व गर्नका लागि मान्छेले मान्छेलाई नै मार्ने कामचाहिँ कहिल्यै पनि छोड्न सकेन । त्यसैले ठूलठूला युद्धहरू भए, लाखौँ मानिस मारएि । कहिले धर्मका नाममा, कहिले देशका नाममा, कहिले विचारका नाममा र कहिले वादका नाममा मानिसहरू अनाहकमा मारएिका थिए, अहिले पनि मारएिका छन्, भोलि पनि मारनिेछन् । अहिंसा परमोधर्म भन्ने उक्ति जति पढे पनि व्यवहारमा त्यसलाई लगाउन मानिसले कहिल्यै पनि किन सिकेन ? मानिसको यही मासु खाने भोकका कारण नै कतै उसले आफ्नो आदिम पुर्खाहरूको त्यही अविकसित, चेतनाहीन, आक्रामक र हिंस्रक गुण छोड्न नसकेको त होइन ?

विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाले भनेका छन्, हाम्रो पेट भनेको मरेका जनावरहरूलाई गाड्ने चिहान होइन । उनको योे उद्गार मांसाहारीप्रति लक्षित थियो । भनिन्छ, उनको यो भनाइ पढेर, सुनेर धेरै मान्छे शाकाहारी बनेका छन् । तर पनि हामी शाकाहारी किन बन्न सक्दैनौँ ? यो प्रश्न मैले आफैँलाई पनि बारम्बार गर्ने गरेको छु । 

Saturday, July 31, 2010

शिक्षा र स्वास्थ्यको लात

कुनै पनि समृद्ध राज्यको निर्माणका लागि महत्त्वपूर्ण कुराहरू धेरै हुन्छन् । ससानादेखि ठूल्ठूलासम्म निकै कुराहरूका सामूहिक नतिजाले राज्यलाई बनाउने वा बिगार्नेमा भूमिका खेलिरहेको हुन्छ । तीमध्ये पनि महत्त्वपूर्ण केही कुराहरू हुन्छन्, जसले कुनै पनि देशका नागरकिलाई प्रत्यक्ष रूपमा असर पार्छन्, प्रभावित गर्छन् । देश के बन्छ, कस्तो बन्छ र कुन दिशामा हिँड्छ भन्ने कुरा त्यहाँका जनताको मानसिकता, विवेक अनि शारीरकि अवस्थाले निकै हदसम्म निर्धारण गर्छ । अनि, तिनका लागि आधारभूत कुरा हो शिक्षा र स्वास्थ्य । तर, दुर्भाग्यको कुरा यी दुवै कुरामा हामी संवेदनशील देखिँदैनौँ । धेरै हदसम्म यो हाम्रो बाध्यता हो ।


केही समयअघिका दुईवटा सन्दर्भ यहाँनिर उल्लेख गर्नलायक छन् । एक जना आफन्तको असामयिक र अचानक निधन भयो । उनलाई कुनै रोग थिएन, उनको उमेर पनि धेरै थिएन । स्वस्थ, हँसिला, परििचतहरूका माझमा लोकपि्रय ती मानिसका अचानक दुईवटै मिर्गौला, त्यसपछि कलेजो हुँदै मस्ितष्कका स्नायुहरूले काम गर्न छाडे । केही दिनसम्म सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर धाने पनि अन्ततः कसैको केही लागेन । भएको कुरा साधारण मात्र रहेछ । उनलाई साधारण ज्वरो आएका कारण घरनजिकैको एउटा अस्पतालमा जँचाउन लगियो । त्यहाँका डाक्टरहरूले साधारण रुघाखोकीको ज्वरोका रूपमा औषधी दिएर उनलाई पठाए । दुई दिनसम्म फाइदा नभएपछि अर्को अस्पतालमा लगेपछि उनको रगत जाँच गर्दा थाहा भएछ, पहिले नै त्यसो गरेको भए साधारण उपचारले उनी ठीक हुने रहेछन् । औषधी विज्ञानको भाषामा 'सेप्सिस' भनिने एक किसिमको ब्याक्टेरयिल संक्रमण रगतमा फैलिएका कारण उनलाई बचाउन सम्भव नभएको रहेछ । क्यान्सर र एड्सपछि संसारमा सबैभन्दा बढी मान्छेलाई मार्ने यो संक्रमण साधारणतया २४ देखि ६० वर्षका मान्छेहरूलाई हुनसक्ने रहेछ । उच्च ज्वरोमा रगत परीक्षण हुँदा सुरुमा थाहा भयो भने साधारण औषधीले त्यसलाई ठीक पार्दो रहेछ । हामी स्वास्थ्यको कुरामा चाहिनेभन्दा बढी हेलचेक्र्याइँ गर्छौं । हामीहरू डाक्टरकहाँ गयो भने 'यो गर र ऊ गर' भनेर बेकारमा नचाहिने खर्च गराउँछन् भन्ने मान्यता राख्छौँ । 

यो निकै हदसम्म सही कुरा पनि हो । स्वास्थ्यमा यति धेरै व्यापारीकरण भएको छ, त्यसले गर्दा स्वास्थ्य सेवा दिनानुदिन महँगो हुँदै गएको छ । यसले गर्दा एउटा सामान्य मान्छेलाई अलिकति गम्भीर रोग लाग्यो भने उपचार गर्नु असम्भवजस्तै हुन थालेको छ । सरकारी, अर्धसरकारी अस्पतालहरूको सेवाको स्िथति मायालाग्दो र डरलाग्दो भइसकेको छ । दक्ष चिकित्सकहरू पैसा कमाउनेमा बढी रुचि राख्छन् । फलतः आर्थिक स्िथति कमजोर हुनेहरूलाई गम्भीर रोग लाग्यो भने उससँग कुनै उपाय नै बाँकी रहँदैन । व्यापारलाई पहिलो मन्त्र मानेर खुलेका नर्सिङ्होम, अस्पताल र पढाइमा भएको खर्च चाँडोभन्दा चाँडो उठाउने प्रयासमा लागेका डाक्टरहरूले अनावश्यक खर्च गराउँदैनन् भनेर पनि भन्न सकिन्न । त्यसैले साधारण ज्वरोलाई घरेलु उपचार गरेर या आफँैले एन्टिबायोटिक किनेर खाएर तंगि्रने थुप्रै मान्छेहरूको बानी हुन्छ । तर, यो बानी खतरनाक हुन सक्दो रहेछ । ती आफन्त त एउटा सामुदायिक अस्पतालमा नै जाँदा पनि उनको त्यो हविगत भयो भने आफैँले जान्ने भएर उपचार गर्न खोज्दा जे पनि हुनसक्छ । तर, बाध्यताले हामीलाई यस्ता अनावश्यक जोखिम मोल्न लगाउँछ । 

व्यापारीकरणको अर्को चर्को उदाहरण शिक्षा क्षेत्रमा देखिन्छ । गतिलो र स्तरीय शिक्षा दिने नाममा आफ्नो 'ब्रान्ड भ्याल्यु' बनाएको भरमा निजी कलेज र विद्यालयहरूले ब्रह्मलुट मच्चाइरहेका छन् । त्यसैबाट दिग्भ्रमित भएर अभिभावकहरू सकी-नसकी, खाइ-नखाइ आफ्ना सन्तानलाई असली शिक्षा दिने नाममा बलिको बोका रेटिएजस्तो रेटिइरहेका छन् । फलानो विद्यालय वा कलेजमा सन्तान पढ्नु भनेको धाकजस्तो बनिसकेको छ । तर, नाम ठूलो भएका कतिपय विद्यालयहरूले जवाफ दिन नसक्ने कुरा के हो भने, एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू किन जहिले पनि काठमाडौँबाहिरका, नाम नचलेका वा सरकारी विद्यालयका नै हुन्छन् त ? व्यापारीकरण गरएिका यी विद्यालयहरूले ठटाउने चर्को शुल्कप्रति उनीहरूको उत्तरदायित्व छ कि छैन त ? विभिन्न बहानामा हुने हडतालका कारण महिनौँ दिन बन्द भएको बेलामा समेत यातायात र खानाको शुल्क ठटाउन भने नछोड्ने विद्यालयहरू र आफ्नै जिम्मेवारीमा सवारीसाधन पार्किङ् भनेर शुल्क उठाउनेहरूमा कुनै भिन्नता हुँदैन । तर पनि अभिभावक नामक कामधेनु गाई चुपचाप बिहानै-बेलुका दुहिनबाहेक केही गर्न सक्दैन । 

शिक्षाको व्यापार कतिसम्म भइरहेको छ भन्ने कुरा एसएलसीपश्चात् कलेजहरूले गर्ने आक्रामक, आधारहीन विज्ञापन र विद्यार्थीहरूका लागि गर्ने हारालुछबाट नै त्यसको दह्रो प्रमाण पाइन्छ । राम्रो अंक ल्याएको विद्यार्थी कुनै कलेजमा बुझ्नका लागि मात्र जाँदा पनि उसको फोटो खिचेर भोलिपल्ट आफ्नो कलेजको विज्ञापनमा प्रयोग भएका घटनाहरूले पनि यिनीहरूको मानसिकता दर्शाउँछ । एउटा कलेजले आफ्नो सल्लाहकारका नाममा कुनै एक वरष्िठ प्राज्ञ र बुद्धिजीवीको नाम र फोटो छापेको भोलिपल्ट तिनले आफ्नो त्यहाँ संलग्नता नभएको खण्डन नै जारी गर्नुपरेको थियो । बदमासीको यसभन्दा ठूलो उदाहरण अरू हुनै सक्दैन । शिक्षाका नाममा कुम्ल्याउन पल्केकाहरूको होडबाजी देख्दा विमानस्थल र बसपार्कमा यात्रुहरूलाई आफ्नो गाडी र होटलमा तान्नका लागि तँछाडमछाड गर्ने दलालहरूसँग तिनलाई दाँज्न सकिन्छ । कुनै निश्चित भौतिक पूर्वाधारका मापदण्डसमेत नभएकाहरूले पनि लाजै नमानी अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने दाबी गररिहेका हुन्छन् ।

अनि, हामी यस्तो वातावरणमा पौडिँदै समृद्ध र समुन्नत नयाँ नेपालको सपनामा रमाउन बाध्य छौँ ।

Saturday, July 17, 2010

न्युज ब्रेकिङ्

अचेल च्याउ उम्रेसरी पलाएका एफएम र टेलिभिजनका आवाजहरू अनि पत्रपत्रिकाहरूका पानाहरूमा विरलै मात्र सकारात्मक र राम्रा कुराहरू पढ्न पाइन्छ । त्यसले गर्दा मान्छेहरूमा समाचार भन्ने कुरासँगै वितृष्णा उपन्न होलाजस्तो भइसकेको छ । हुन पनि हो, अचेल समाचारहरू नै त्यस्ता भएका हुन् वा मानिसहरूका अपेक्षा त्यस्तै भएकाले माग अनुसारको आपूर्ति भएको हो, ठोकेरै भनिहाल्न गाह्रो छ । तर, दुःखलाग्दो सत्य के हो भने, अचेल समाचार भनेको भएका महत्त्वपूर्ण र आममान्छेका रुचि तथा सरोकारका कुरा र घटनाहरूको तथ्यपरक सम्प्रेषणबाट विस्तारै सिर्जना गरनिे उत्तेजक कुराहरू हुँदै गएको भान हुन्छ । २४ घन्टा चलाउनु पर्ने बाध्यता भएका च्यानलहरूले भएका समाचार कुर्ने होइन, समाचार बनाउने प्रथाको शुभारम्भ गरेका छन् । चलचित्र, संगीत, साहित्य, कला र राजनीतिलगायत हामीले सिकेका अन्य धेरै कुराहरूजस्तै यो पनि मित्रराष्ट्रकै अनुपम देन हो हाम्रा लागि ।

छिमेकी मुलुकमा पनि समाचार र त्यसको सम्प्रेषणको तरकिामा फरक आउन थालेको धेरै भएको छैन । आजतक नामक समाचार च्यानलले समाचारलाई उत्तेजक, आक्रामक रूपमा प्रस्तुत गर्ने र समाचार निर्माण गर्न सुरु गरेको नौलो चलनले निकै कम समयमा उक्त च्यानललाई नाफा कमाउने च्यानल बनाइदियो । फलतः व्यवस्थापनको अध्यापन गराउँदा समेत त्यसलाई उदाहरणका रूपमा उल्लेख पनि गरयिो । दर्शकसंख्या उल्लेख्य रूपमा आकषिर्त गर्न सफल उक्त च्यानलको सफलताबाट डराएर अरू समाचार संस्थाहरू पनि उसको बाटो पछ्याउन बाध्य भए । अनि, थाहै नपाई टेलिभिजन च्यानलहरू समाचारका नाममा कुनै बेला मनोहर कहानियाँ र सत्यकथाजस्ता अपराध-कथाका पत्रिकाहरूले उछाल्ने विषयहरूको भण्डार हुन पुगे ।

जिम्मेवारी र समाचार सम्प्रेषणको गहनताभन्दा बढी आक्रामक र क्षणिक आवेगका कुरालाई समातेर दर्शकका भावनालाई निचोर्ने काममा समाचार प्रस्तुति केन्दि्रत भयो । दर्शक आकषिर्त गर्ने नाममा संवेदनशीलता, विश्वसनीयता, नैतिक मूल्य र सामाजिक जिम्मेवारी भन्ने कुराहरू विस्तारैविस्तारै पाखा लाग्न थाले । कतिसम्म भने समाचार च्यानलहरूले छाती ठोकेर हरेक दिन यति यति बजे 'ब्रेकिङ् न्युज' देखाउँछौँ भन्ने धृष्टता पनि गर्न थाले । ब्रेकिङ् न्युज भनेको त अति नै ठूलो राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका कुराहरू वा ठूला घटना, दुर्घटना र प्राकृतिक विपत्तिका समाचारहरूका लागि हुन्छन् तर पूर्वघोषित समयमा ब्रेकिङ् न्युज सुनाउनुपर्ने बाध्यताका कारण कुनै घरमा कसैले श्रीमतीलाई पिटेको कुरा पनि ब्रेकिङ् न्युजका रूपमा प्रचारति/प्रसारति हुन थाल्यो । केही नभए पनि समाचार सिर्जना गर्नुपर्ने स्िथति समाचार च्यानलहरूले आफैँ पैदा गरे । फलतः ब्रेकिङ् न्युजले न्युजलाई नै ब्रेक गर्न थाल्यो । त्यसले क्षणिक र सस्तो लोकपि्रयता त अवश्य पनि दिलाउन सफल भयो होला तर विश्वसनीयता भन्ने कुरा कुन चराको नाम हो त भन्ने स्िथतिको अभ्युदय भयो । मान्छेहरूले पनि समाचारलाई मनोरञ्जनका रूपमा लिन थाले, जसमा रोमाञ्च, हास्य, रहस्य र त्रासको अंश प्रशस्तै हुन्छ । समग्रमा भन्ने हो भने एउटा सिनेमा हलमा गएर हेर्दा कुनै मसलादार काल्पनिक कथाले दिनेभन्दा बढी मनोरञ्जन घरमा बसीबसी प्राप्त हुन थाल्यो । ती समाचारका नाममा सुनाइएका कुराहरूको कुनै प्रामाणिकताको पनि आवश्यकता नहुने भयो र लघुकालीन अथवा दीर्घकालीन प्रभावका बारेमा पनि कसैले टाउको दुखाउनु नपर्ने भयो । 

जनआन्दोलनताका आजतक नामक च्यानलका एक जना वरष्िठ समाचार निर्माता काठमाडौँमा आएका थिए । उनी नेपालको तत्कालीन राजनीतिक अवस्थाका बारे यहाँका केही बुद्धिजीवीहरूलाई बटुलेर एउटा छलफल कार्यक्रमको छायाँकन गररिहेका बेला संयोगवश भेट भयो । मैले किन हिन्दी समाचार च्यानलहरू यति धेरै बकम्फुसे हुँदै गएका भन्ने जिज्ञासा राख्दा उनले भनेका थिए, "के गर्ने ? हामीले नगरे त्यो काम अर्को च्यानलले गर्छ र दर्शक लैजान्छ । हाम्रा च्यानलका मालिकहरू हमेसा हामीलाई टीआरपी -दर्शक संख्या निर्धारण गरनिे एक प्रकारको मापन प्रक्रिया) बढाउनका लागि नै मात्र दबाब दिइरहन्छन् । हामीसँग अरू विकल्प नै छैन ।"

तर, यसले दूरगामी रूपमा विश्वसनीयतामा आउने ह्रासका बारेमा भने उनी पनि चिन्तित थिए । केही वर्ष पहिले अमेरकिामा पनि समाचार च्यानलहरूले प्रतिस्पर्धाका लागि होडबाजी गर्दा विश्वसनीयतामा कमी आएको कुरा एउटा सर्वेक्षणले देखाएपछि सामूहिक रूपमा समाचार च्यानलहरू आफ्नो नीति परविर्तन गरेर गुमाएको साख कमाउन कटिबद्ध भएका थिए । छिमेकी मुलुकमा पनि अहिले त्यो कुरा गम्भीर रूपमा उठ्न थालिसकेको छ । काँचको पर्दालाई मनोहर कहानियाँ बन्न दिनु हुँदैन भन्ने व्यापक आवाजहरू त्यहाँ उठ्न थालिसकेका छन् । तर, हाम्रो विडम्बना भनेको के भने हरेक कुरामा हामी उतैबाट प्रभावित भएर त्यहाँका खराब पक्षहरूको अन्धो नक्कल गर्छौं । त्यहाँका मानिसहरूको कामप्रतिको लगन, मिहिनेत, समर्पण र व्यावसायिकताको चाहिँ हामी कहिल्यै सिको गर्दैनौँ ।

साधारणतया मान्छेको ध्यान अपराध, ठगी, हिंसा र लुटपाटका कुराहरू र नकारात्मक चीजले बढी तान्ने गर्छ । एकथरी दर्शनले भन्छ, मान्छेको चेतनाको, मनको दुईवटा पाटाहरू हुन्छन् । एउटा तल्लो र एउटा माथिल्लो । धेरैजसो हामी आफ्नो तल्लो पाटो मात्र खोलेर बसेका हुन्छौँ । त्यसले गर्दा हामी साधारण र अर्थहीन कुराहरू मात्र देख्छौँ । माथिल्लो पाटो खोलेपछि मात्र हामी कुनै पनि कुराका सकारात्मक र गम्भीर पाटाहरू केलाउन सक्ने हुन्छौँ । समाचार र तिनका माध्यमहरू भनेको अति नै संवेदनशील र सशक्त अस्त्र हो । यसको सही प्रयोग गर्न सक्यो भने तुरुन्तै सकारात्मक प्रभावहरू देखा पर्छन् । 

पछिल्लो सातामा नै पनि यसका प्रमाणहरू देखिएका थिए । विजातीय विवाह गरेर घर छोडेर काठमाडौँ आएकी एउटी युवती, आफ्नो पतिको मृत्युपश्चात् सानो बालकको लालन-पोषणका लागि कसरी रेस्टुराँमा काम गर्न पुग्छे र कस्ताकस्ता सम्झौता गर्न बाध्य हुन्छे भन्ने एउटा समाचारले धेरैका आँखा रसाएका थिए । कान्तिपुरमा त्यो छापिएको पर्सिपल्ट उसका लोग्नेका आफन्तहरू उसलाई खोज्न काठमाडौँ आएका थिए र उसलाई घर लिएर गएका थिए । त्यस्तै, सरकारी स्कुलमा पढेर एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने एउटी छात्राको समाचार पनि केही दिनअघि प्रकाशित भएको थियो । ड्राइभरकी छोरीले पढेर के गर्नू भनेर घोच्ने आफन्तहरूका इखले सो नतिजा हासिल भएको बताउने ती छात्राले आफ्नो डाक्टर बन्ने इच्छा पूरा गर्ने आर्थिक स्िथति बाबुआमाको नभएको दुःखमनाउ गरेको भोलिपल्टै एउटा कलेजकले उनलाई निःशुल्क पढाउने जिम्मेवारी बोकेको थियो । 

त्यसैले पत्रपत्रिकामा छापिने एकएक शब्द वा टेलिभिजनमा बोलिने एकएक बोली हजारौँहजार गोलीभन्दा बढी शक्तिशाली हुन्छन् भन्ने कुरा आमसञ्चारमा भएका मानिसहरूले बुझ्नुपर्छ । कुनै पनि ऊर्जाको सही प्रयोगले विकासका ढोकाहरू खोल्छन् भने त्यही ऊर्जाको गलत प्रयोगले आमविनाशका हतियार पनि बनाउन सक्छ । आमसञ्चारको ऊर्जाको असर सही वा गलत दुवैमा अत्यन्त प्रभावकारी हुन्छ भन्ने कुरा राज्यको चौथो अंग भनेर मानिने यस माध्यमले कहिल्यै पनि बिर्सनु हुुँदैन ।

Sunday, July 4, 2010

नेपाली फुटबल र बिचरो ब्वाइज युनियन

बेच्नका लागि डालोभर िझुर्‍याहा बदाम बोकेको एउटा ठिटो हुन्थ्यो उसको खास नाम धेरैलाई थाहा थिएन सबैले उसलाई खै किन हो हाँगे भनेर चिन्थे हाँगेले त्यो बदाम बेचेर कमाएको नाफाले सायद स्कुलका लागि चाहिने कपी किन्थ्यो वा मीठोचोखो खान्थ्यो होला दशरथ रंगशालामा हुने फुटबल प्रतियोगिताहरूका लागि पूरै काठमाडौँ ओइरनिे बेलाको कुरा हो यो तर, खेल सुरु भएपछि त्यसको उत्तेजनामा हाँगे यसरी हराउँथ्यो, छुल्याहा केटाकेटीहरूले आफ्नो डोकोे रत्तिो बनाएको पनि उसलाई थाहा हुँदैनथ्यो यो धेरै वर्षअघिको कुरो हो 

त्यतिखेर नेपालमा फुटबलको निकै ठूलो चहलपहल हुन्थ्यो चहलपहल अहिले विश्वकपका कारण झनै कम छैन तर त्यतिबेला नेपाली खेल हेर्ने कुरामा दर्शकको उत्साह हेर्नलायकको हुन्थ्यो त्यतिबेलाका महारथी टोलीहरू संकटा, एनआरटी, महावीर क्लब र ब्वाइज युनियनले दर्शकको रक्तचाप नै बढाइदिन्थे नकआउट प्रतियोगिता बर्सेनिजस्तो हुन्थ्यो अनि, एउटा प्रतियोगिता सकिँदा नसकिँदै अर्कोको व्यग्रताका साथ प्रतीक्षा हुन थाल्थ्यो त्यतिबेला मनोरञ्जनका अरू उपायहरू कम भएकाले फुटबलमा बढी आकर्षण भएको भन्ने हो भने अहिले पनि विदेशी फुटबलका लागि त्यति नै अथवा त्यसभन्दा बढी उत्तेजना नदेखिने होइन विश्वकप, त्यसका चर्चा-परचिर्चा र त्यसको ज्वरो नेपालीहरूलाई नराम्ररी गाँजेको कुराका बग्रेल्ती प्रमाणहरू चारैतिर छन् त्यसो भए स्वदेशी फुटबलचाहिँ किन ओरालो लाग्दै गएको हो भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ 

टेलिभिजन र विदेशी च्यानलहरूको सर्वसुलभ पहुँचका कारण दर्शकले उत्कृष्टभन्दा उत्कृष्ट खेलहरू हेर्न पाउन थालेका कारण उनीहरूको स्वाद र रुचि परस्िकृत हुँदै गएको कुरालाई नकार्न सकिँदैन स्वदेशी फुटबल सायद उनीहरूको चाहनाको कसीमा खरो उत्रन नसक्नुका कारण पनि त्यसले दर्शकलाई बाँध्न र रंगशालासम्म डोर्‍याउन नसकेको होला तर, त्यसो भनेर पन्छिने छुटचाहिँ नेपाली फुटबलको श्रीवृद्धि गर्ने जिम्मा लिएर बसेकाहरूलाई छैन विदेशी च्यानलहरू हेरेका कारण तिनबाट अरू धेरै कुरामा प्रगति गर्न सकिएको छ भने खेलकुदमा पनि सकिन्छ 

पुरानो कुरा गर्दा दशरथ रंगशालामा हुने फुटबल प्रतियोगिताहरूका केही संस्मरणहरू यहाँ छुटाउन मिल्दैन ब्वाइज युनियन क्लबले कुनै दाताकोे सहयोगमा बैंककबाट खेल पोसाक झिकाएको रहेछ त्यतिबेला हतपति जर्सीसँग मोजा र कट्टुका रंगमा एकरूपता हुँदैनथ्यो तर, जब टलक्क टल्कने पहेँलो जर्सी, कालो कट्टु, पहेँलै मोजा र नयाँ बुटमा ब्वाइज युनियन मैदानमा छिथ्र्यो, आधा जनसमर्थन त उसले त्यत्तिकै कमाइसकेको हुन्थ्यो त्यतिबेलाको त्यो टिम सश्ाक्तताको एउटा उदाहरणीय नमुना बनेर उदाएको थियो रूपक शर्मा र अशोक केसीको आक्रामक अग्रपंक्ति, उनीहरूका लागि अवसर निकाल्ने बाबुराम पुन र विदुर विष्टको मध्यक्रम, सुरेश पन्थी र द्वारकिा राउतको अभेद्य रक्षापंक्ति अरू सबै टिमका लागि टाउको दुखाइको विषय हुन थालेको थियो उतिबेलाका महारथी मानिने महावीर र एनआरटीजस्ता टिमबाट उपाधिहरू खोस्न ब्वाइज युनियन सफल हुन थालेको थियो यी टिमहरूको खेल हुने बेला दशरथ रंगशालामा तनाव र उल्लासमय वातावरण हुन्थ्यो दर्शकले घरघरबाट बोकेर ल्याएका टिनका भाँडाहरूले भुभुजेलाको भन्दा कम कोलाहलमय वातावरण बनाउँदैनथे अनि, विजयी टिमले सिन्दूरजात्राका साथ ट्रकमा सील्ड, खेलाडी र समर्थकहरूका साथ गर्ने नगरपरत्रिmमाको उल्लास पनि अविस्मरणीय हुन्थ्यो समग्रमा भन्दा त्यतिबेला फुटबल पर्वका रूपमा मनाइन्थ्यो एउटा यस्तो पर्व, जसलाई हरेक वर्ग, समुदाय र जातिले उत्तिकै स्नेह, जाँगर र उत्साहका साथ मनाउँथ्यो 

समयसँगै परििस्थति फरक हुँदै गयो ब्वाइज युनियनका सबैजस्तो खेलाडीलाई नेपाल प्रहरीले गच्छे अनुसारको पदमा दरबन्दी दिएर तानेर लग्यो र उनीहरू खेलाडीभन्दा पहिले प्रहरी बन्न पुगे पश्चिम बंगालका नेपाली मूलका चर्चित खेलाडी श्याम थापालाई ल्याएर पनि हुन त ब्वाइज युनियनले आफ्नो साख जोगाउन नखोजेको होइन तर त्यो समूहगत प्रदर्शनको जादू फेर िहुन सकेन खेलाडीले बाँच्नका लागि अरू उपायको खोजी गर्नुपर्ने बाध्यता रहुन्जेल उसले आफ्नो सम्पूर्ण क्षमता चिन्न पनि सक्दैन, देखाउन पनि सक्दैन ब्वाइज युनियन मात्र होइन, अरू क्लबका खेलाडीको पनि यही नै समस्या थियो, अझै पनि छ दौडधुपका खेलहरूका लागि ठाउँ फराकिलो पार्न दशरथ रंगशालाको दर्शक क्षमता पनि पछि गएर कम बनाइयो 

कहिले वर्षौं स्थगित हुँदै, कहिले धर्मर गर्दै चल्ने सहिद स्मारक लिग प्रतियोगितामा यसपटक कुनै बेलाको सशक्त टिम ब्वाइज युनियन सुरुदेखि नै रेलिगेसनमा परेर 'बी' डिभिजनमा र्झनबाट बच्नका लगि कसरत गर्न बाध्य भयो अन्ततः संघर्ष गर्दागर्दै आफ्नो गौरवशाली इतिहासलाई पनि आफूसँगै अँगालो मारेर ब्वाइज युनियन गल्र्याम्म ढल्यो हुन त यसका पछाडि उसको कमजोर खेल मात्र जिम्मेवार रहेन खेलपछाडिको राजनीति र मिलेमतोका कारण पनि उसको त्यो हविगत भएको आरोप उसका व्यवस्थापकहरूले लगाए, जुन केही हदसम्म सत्य पनि हो तर, ब्वाइज युनियन आफैँमा बलियो भएर रेलिगेसनको चक्रवातमा नपरेको भए उसको खुट्टा समातेर डुबाउन कुनै मिलेमतोले पनि सक्दैनथ्यो त्रिपुरेश्वरको रैथाने क्लबलाई त्यहाँका रैथाने पुराना धनीमानी, व्यापारी, नवधनाढ्य, प्रभावशाली माानिस र सबै बासिन्दा मिलेर एकएक अञ्जुलि मात्र सहयोग गरििदएको भए पनि उसले आफ्नो काँचुली फेर्न सक्थ्यो तर, खेलका लागि, त्यसको विकासका लागि यस किसिमका संवेदनशीलता अचेलका मान्छेहरूमा छैन नेपाली फुटबलले आशा गरे अनुरूप प्रगति नगर्नुका पछाडि यो एउटा प्रमुख कारण हो 

मिलेमतोको राजनीति त संसारका कुन कुनामा नहुने कुरा हुन् र ? तर, दःुख लाग्ने त के भने हामीकहाँ चाहिँ अहिले उल्टो भइरहेको छ जहाँ हुनुपर्ने हो, त्यहाँचाहिँ मिलेमतो हुन सकिरहेको छैन जहाँ हुन नहुने हो, त्यहाँचाहिँ मिलेमतो भइरहेको छ। यी दुईलाई सटक्क ठाउँ साटेर यताको उता बनाइदिन पाएदेखि कति रमाइलो हुन्थ्यो होला ? 

Wednesday, June 30, 2010

FF, the football fever

Football fever has caught me totally. It seems agess that I have slept properly. Waiting for the late night game, fiddling with my laptop, doing some writing, going through facebook, twitter and FIFA site, then watching the game till 2 AM has been regular. I cant sleep in the day time. Its a big problem. But, cant miss any games.

It needs full dedication and stamina of all 11 players for the whole 90 minutes. Sometimes 120 minutes to stay in the game or win it. But, it takes just one moment of silly mistake, lack of concentration of 1 player to lose. The same was witnessed in the game of Japan and Paraguay. One penalty missed and it washed away the dreams of whole Asia. That is fottball.

Even our life is like that. It takes a lot to create, achieve and maintain things. Be it professional, personal, emotional and relationships. If we miss one penalty, everything might collapse like a building of playing cards.

Sunday, June 20, 2010

बानीका आनीबानीहरू

हालसालै एकदिन अभिनेता राजेश हमालसँग लामो गन्थन भयो । प्रसंग थियो, त्यसको केही समयअघि कुनै अन्तर्वार्तामा उनले भनेको कुरा । अन्तर्वार्ता लिने मान्छेको एउटा प्रश्नको उत्तर दिने क्रममा उनले आफ्नो कुनै बानी नभएको कुरा बताएका थिए । लत, कुलत वा कुनै कुराको आशक्ति नहुन सक्छ । तर, कुनै पनि मान्छेको कुनै पनि बानी नै नहुनु कसरी सम्भव हुनसक्छ ? निकैबेर गन्थन गरेपछि पनि त्यसको कुनै चित्तबुझ्दो तर्क निस्कन सकेको थिएन । 

परभिाषाको कुरा गर्ने हो भने नियमित व्यवहारमा दोहोरएिर भइरहनेे र नजानिँदो किसिमले पनि देखा पररिहने कुरालाई बानी भन्छन् । कहिलेकाहीँ यो अनिवार्य भइसकेको हुन्छ । बानी भनेको अचम्मको कुरा हुने गर्छ । यो कसरी लाग्छ, किन लाग्छ भन्ने कुराको कुनै ठोस कारण पनि हुँदैन । तर, मान्छेलाई जीवनका हरेक प्रहरहरूमा केही न केही बानीहरू लागिरहन्छन् । अनि, लागेपछि ती बानीहरूले मान्छेलाई सितिमिति छोड्दैनन् । अदृश्य र अस्पष्ट ती बानीहरू कुनै अभिन्न मित्रझैँ मान्छेको साथमा सधँै रहिरहन्छन् । कुनै बानी मान्छेले जन्मँदै वंशानुगत रूपमा लिएर जन्मेको हुन्छ भने कुनै वातावरण, परििस्थति, संगत र अरू कुराहरूले उसभित्र ती बानीहरूको बीजारोपण गरििदन्छन् । बानीहरू अनेकौँ प्रकारका हुने गर्छन् । कुनैले मान्छेलाई फाइदा गर्छन्, कुनैले हानि पनि गर्छन् । यिनीहरूको उपस्िथति यति प्रभावकारी र सशक्त हुन्छ, मान्छेले हानि गर्ने बानीका बारेमा सबै बुझ्दाबुझ्दै पनि तिनलाई हत्पति छोड्न सक्दैन । लतलाई एकछिन छोडेर कुरा गर्ने हो भने पनि मान्छेका असंख्य बानीहरू हुन सक्छन् । कति बानीहरू यस्ता हुन्छन्, जसका बारे मान्छे आफैँ अनभिज्ञ हुन्छ । कुनै पनि मान्छेले साधारणतया आफ्ना बानीहरूका बारे केलाएर हेर्ने काम गरेको हुँदैन । माया गर्ने बानी, कुरा काट्ने बानी, काम छल्ने बानी, अरूको खुट्टा तान्ने बानी, सानो कुरामा बढी चिन्तित हुने बानी, रुने बानी, ठग्ने बानी, जानीजानी आफू मूर्ख हुन्जेल भावुक हुने बानीजस्ता असंख्य बानीहरूका बारे कुरा गर्न सकिन्छ, जसको कुनै अन्त्य पनि हुँदैन । 

केही बानीहरू यस्ता हुन्छन्, जसले एउटा ठूलो समुदाय, समाज, सहर वा सिँगै मुलुकलाई सामूहिक रूपमा लान पनि सक्छन् । वातावरण, परििस्थति र केही हदसम्म बाध्यताले पनि यस्ता बानी लाग्नमा सघाउ पुर्‍याइरहेका हुन्छन् । एउटा त्यस्तै बानी हो, झूटो बोल्ने । अचेल हामीमा त्यस बानीको विकास भइरहेको छ । बानी नजानी-नजानी पनि लाग्न सक्छ भन्ने कुराको यो पनि एउटा गतिलो उदाहरण हो । यो एउटा यस्तो बानी हो, जसले बोल्ने मान्छेलाई क्षणिक फाइदा भए पनि उसका वरपिरकिा थुप्रै अरूलाई सामूहिक र दूरगामी रूपमा असर गररिहेको हुन्छ । झूटो बोल्नेहरूको एउटा दोस्रो वर्ग पनि हुन्छ, उनीहरूले आफूलाई बचाउ गर्ने एउटा कुतर्क पनि हुने गर्छ । उनीहरू साँचो नबोल्नुलाई झूटो बोल्नुभन्दा फरक कुरा हो भन्ने मान्छन् । तर, शब्दलाई मात्र नहेर्ने हो भने यी दुवै कुरामा केही भिन्नता हुँदैन । सानो तहबाट ठूलोसम्म, व्यक्तिगतदेखि राजनीतिक रूपमा हरेक मान्छेहरूमा यो बानी विस्तारै लागिसकेको छ र झन् बलियो हुँदै गइरहेको छ । 

बाटोमा हिँड्दा हरेक दिन हामी केही यस्ता मानिसहरू देख्छौँ, जो खुलेआम एक ठाउँमा रहेर मोबाइल फोनमा आफू अन्तै भएको बताइरहेका हुन्छन् । कोहीकोही त बानेश्वरको सडकमा आफू विराटनगर भएको दाबी गररिहेका भेटिन्छन् । अहिले त रोमिङ्को पनि सुविधा भएकाले अरू नै देशमा छु भन्न पनि पाइन्छ । कतिपय मानिसहरू आफूलाई व्यस्त देखाउनका लागि, आफ्नो विशिष्टता प्रमाणित गर्नका लागि पनि यस प्रकारका झूट बोल्छन् । एक जना महाशय बबरमहलको सडकको किनारमा सियाँलमा उभिएर ठेलामा बेच्न राखेको खरबूजा चपाउँदै कसैलाई फोनमा आफू एउटा जरुरी मिटिङ्मा भएको बताइरहेका थिए । पहिले-पहिले भए फोनमा यस्ता किसिमका झूट बोल्न पाइन्नथ्यो । अचेल प्रविधिले बनाइदिएको सजिलोका कारण यस्ता झूटहरू आँखा नझिम्क्याईकनै बोल्न सकिन्छ । कसैको फोन आयो, कुरा गर्न मन लागेन भने नउठाएर फोनै आएको छैन भनिदिनचाहिँ दूरसञ्चारको 'स्तरीय' सेवाले सजिलो बनाएको छ । 

नेता र राजनीतिक पार्टीहरू यो बानीका सबैभन्दा प्रखर खेलाडीहरू हुन् । उनीहरूचाहिँ निकै नै ठूला महत्त्वपूर्ण र संवेदनशील कुराहरूमा पनि आरामसँग झूटो बोल्न सक्षम हुन्छन् । पछिल्ला केही समयमा हाम्रो देशमा भएका कुराहरूलाई नियालेर हेर्ने हो भने यसलाई पुष्टि गर्ने मनग्य उदाहरणहरू फेला पर्छन् । उनीहरूले गरेका वाचाहरू एकातिर राखेर तीमध्ये कति पूरा भए कति भएनन् भनेर लेखाजोखा गर्ने हो भने सायद ऐनामा अनुहार हेर्न सक्दैनन् उनीहरूले । अहिले पनि यति बुँदे र उति बुँदे सहमति भन्ने नाममा उनीहरू एकापसमा खुलेआम झूटो बोलिरहेका छन् । अनि, कसले झूटो बोलेको भन्ने दोषारोपण र आरोप/प्रत्यारोप गर्नमा उनीहरू व्यस्त भइरहेका छन् । माथिबाट सुरु भएको यो झूटो बोल्ने बानी तलसम्म पनि आइपुगेको छ । झूटो बोल्नाका क्षणिक फाइदा हुन्छन् तर त्यसलाई कायम राख्नका लागि यति धेरै कसरत र अरू झूटो कुराहरू गर्नुपर्छ, त्यसका सामु साँचो कुरा बोल्नु निकै सजिलो हुने गर्छ । तर, यति थाहा हुँदाहँुदै पनि हामी अनावश्यक ठाउँहरूमा पनि किन झूटो बोल्छौँ ? के हामीमा यो बानीले नजानिँदो रूपमा जरो गाडी नै सकेको हो त ?


डन्ट से यस ह्वेन यू वान्ट टू से नो भन्ने किताबले मान्छेको यही बानीका बारेमा विश्लेषण गरेको छ । झूटो बोल्नेहरू कसरी आफू र अरूहरूको लक्ष्यलाई प्रभावित गररिहेका हुन्छन् भन्ने कुरालाई यसले अथ्र्याउँछ । ती कुराहरूबाट पन्छिन सिकाउने त्यस पुस्तकले संसारका धेरै मान्छेका व्यक्तिगत, पारविारकि र सामाजिक जीवनमा सकारात्मक असर पारेको दाबी पनि गर्छ । अनि, खराब बानी कसरी हटाउने भन्नेबारेका एक जना ज्ञाता लेखक बिल बोर्सर्ड भन्छन्, "खराब बानी सुधार्नका लागि त्यो लाग्नासाथै स्थापित हुनुअघि प्रयत्न गर्नुपर्छ । स्थापित भइसकेको हो भने ती बानीलाई प्रोत्साहित गर्ने कारण र कुराहरूबाट आफूलाई बचाउनुपर्छ ।" 

त्यसैले हामीले एकपटक फुर्सद लिएर सोच्नुपर्ने बेला हो यो । के हामीमा झूटो बोल्ने बानी स्थापित नै भइसकेको हो त ? हो भने ती के कुराहरू हुन्, जसबाट हामी टाढा रहनुपर्छ, बच्नुपर्छ ! 

amalgamation of joy and sorrow....

It was Friday, June 18, 2010. I was sipping a cup of coffee st Alina's Bakery cafe and watching the game between Germany and Serbia. The big projection screen they had set up displayed the fast paced game. A lot of other people were also enjoying the game. A cool breeze brushed my face. And, suddenly I felt so good. I was happy to realize that I was ejoying the game like that. And suddenly, out of nowhere a strange melancholy filled my heart. There are so many un privilidged/under priviledged people in the world who have to compromise with things they would have loved to desire. I felt guilty in some way....Could not analyze my feelings, a strange amalgamation of joy and sorrow....

Sunday, June 13, 2010

If only..........

If only.......could be explained in any way. We all go through if only syndrome in life. No matter our cast, creed, age, sex, location or anything else, we go through if only......
There are so many times we have said if only.........in life. If only someone got what or whom he wanted, if only some one thought about you, if only certain time or incident had happened or not happened.....if only someting had happened the way you wished....it is endless....the things which fall under if only...

Sunday, June 6, 2010

राजनीतिः केटाकेटी खेल

हामी केटाकेटी हुँदा विभिन्न खेलहरू खेल्ने गथ्र्यौं । जतिजति ठूला हुँदै गयौँ, हाम्रो शारीरकि र बौद्धिक विकास पनि हुँदै गयो र त्यससँगै हामीले खेल्ने खेलहरू पनि परविर्तन हुँदै गए । हाम्रो विकाससँगै खेलहरू परमिार्जन र परविर्तन हुँदै गए । परविर्तन भनेको संसारको एक मात्र अकाट्य र दिगो कुरा हो । त्यससँग आफूलाई आत्मसात् गरेर चल्न नसक्ने हो भने कुनै पनि कुरा, वस्तु, मान्छे, विचार, सिद्धान्त, वाद, सोच वा युगको पतन हुन्छ, विलय हुन्छ । आफूलाई विद्वान् सोच्नु र अरूलाई मूर्ख ठान्नु दुई अलग कुराहरू हुन् । आफूलाई विद्वान् मात्र ठान्ने भ्रमले मान्छेलाई जति बिगार गर्छ, अरूलाई मूर्ख ठान्ने भ्रमले त्यसभन्दा कैयौँ गुना बढी नोक्सान गर्छ । हातमा शक्ति र काँधमा जिम्मेवारी भएका मान्छेहरूमा त्यो भ्रम पलाउनु भनेको त झन् ठूलो खतरा हो । बाँदरको हातमा खुवा भाग लगाउने जिम्मा भयो भने त्यसको परण्िााम के हुन्छ भन्ने कुरा सायदै विज्ञ पाठकहरूलाई भनिरहनुपर्ला । तर, हाम्रो देशको राजनीति र तिनका ठेकेदारहरू अचेल यो परम्सत्यबाट विमुख भएर उल्टो धारमा हिँडिरहेका छन् । उनीहरू या त साह्रै नै मूर्ख र विवेकहीन हुन् या उनीहरू आफूप्रति अति आशावादी छन् र अतिविश्वासको सिकार भइरहेका छन् । त्यसैले होला, उनीहरू अहिले पनि विवेकहीन केटाकेटीहरूले खेल्ने खेलहरू खेलेर देशलाई नयाँ दिशातिर डोर्‍याउन खोजिरहेका छन् । यस्तै केटाकेटी खेल खेलेर नयाँ नेपाल बनाउने कुरामा हामीलाई आश्वस्त पार्न खोजिरहेका छन् । ध्यान दिएर हेर्ने हो भने उनीहरूका खेलहरू कस्ता छन् भनेर खुट्याउन कसैलाई पनि हम्मे पर्दैन । 


अहिले प्रचलित पहिलो खेल तेलकासा हो । तेलकासामा एउटा चोर हुन्छ, त्यसको काम अरू कसैलाई समातेर आफू खेलाडी बन्ने हुन्छ । अरूहरूचाहिँ त्यसले आफूलाई चोर बनाउन नपाओस् भनेर भाग्ने गर्छन् । हाम्रा महान् राजनीतिज्ञहरू जिम्मेवारीको तेलकासामा रमाइरहेका छन् । चोर र खेलाडीहरू मरहित्ते गरेर जिम्मेवारी अर्कोको टाउकामा हाल्न लागिपरेका छन् । आफूबाहेक अरू सबै बिटुला र हुन नसकेका कामहरू आफ्नोबाहेक अरू सबैका अक्षमताका कारण मात्र हुन नसकेको हो भनेर प्रमाणित गर्नमा नै यिनीहरू आफ्ना सारा शक्ति, सामथ्र्य र ऊर्जाहरू खेर फालिरहेका छन् । 

यिनीहरू रमाइरहेको अर्को खेल हो कानेकाने पिच्चा । यसमा चाहिँ चोरको आँखामा कालोपट्टी बाँधिएको हुन्छ । तसर्थ, उसले केही पनि देख्न सक्दैन । अरूहरूका आवाजको भरमा उसले तिनलाई भेट्ने प्रयास गर्छ । स्पष्ट कुरा हो, आँखामा पट्टी बाँधेपछि मान्छे दिग्भ्रमित हुन्छ । उसका लागि अँध्यारो र उज्यालोमा केही भिन्नता हुँदैन । उसले आफ्नो वरपिरकिो कुनै पनि कुरालाई देख्न सक्दैन, त्यसो भएपछि उसको चेतना लुप्त हुन्छ । आफू अगाडि बढिरहेको छु, पछाडि सररिहेको छु वा खाल्टोमा खस्न लागेको छु भन्ने केही पनि उसलाई थाहा हुँदैन । अन्दाजको भरमा ऊ हावामा आफ्ना हातहरू हल्लाएर केही समात्न सकिन्छ कि भनेर प्रयत्नरत हुन्छ । हाम्रो राजनीतिमा हावी भएका देशका नेता भनाउँदाहरू अलि पृथक् किसिमको कानेकाने पिच्चा खेलिरहेका छन् । यो परमिार्जित खेलमा चोर मात्र होइन, मैदानमा भएका सम्पूर्ण खेलाडीहरू आँखामा कालो पट्टी बाँधेर दिशाविहीन र दिग्भ्रमित भएर कुदिरहेका छन् ।

अहिलेको अर्को लोकपि्रय खेल हो, सेभेन स्टोन । यो खेल बडो रोचक छ यिनीहरूका लागि । किनभने, यसको अवधारणा नै बिगार र विनाश हो । यसले बनाउन होइन, भत्काउन सिकाउँछ । स्वाभाविक कुरा हो, कुनै पनि कुरा बनाउन जति गाह्रो हुन्छ, नबनाउन अथवा बिगार्न त्यति नै सजिलो हुन्छ । त्यसैले यो खेल उनीहरूका लागि साह्रै घतलाग्दो र पि्रय छ । यस खेलमा सामान्यतया दुई समूह हुन्छन् । सातवटा चुच्चामुच्चा, आकारप्रकार नमिलेका ढुंगाहरूलाई चाङ लगाएर अडाउने प्रयास गर्ने एउटा समूहको प्रयासलाई अर्को समूहले सफल हुन नदिनुमै उनीहरूकोेे बहादुरी, खेलकौशल र गर्वको कुरा मानिन्छ । चाङ लगाउन खोज्नेहरूले थुपारेका ढुंगाहरूलाई चारैतिरबाट हिर्काएर भत्काउन पाइन्छ । त्यतिले नभए तिनको ढाडै खुस्कने गरी बलले हिर्काउन पनि पाइन्छ । अहिले त्यही खेल सफलतापूर्वक चलिरहेको छ र सफलताको अभूतपूर्व कीर्तिमान कायम गर्दै गौरवशाली दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरसिकेको छ । एउटा कुनै समूह ढुंगाको चाङ लगाउन कटिबद्ध हुन लाग्नासाथ अर्को समूह त्यसलाई भत्काउन तिनका ढाडमा बलले हिर्काउन सुरु गरहिाल्छ । अनि, यिनीहरू एकअर्कालाई दोषारोपण गर्न थाल्छन् । एउटाको छवि कसरी ध्वस्त बनाउने भन्नेमा अर्को लागिपरेको छ । एउटाले भनेको कुरामा अर्कोले अत्तो नथापी खाएको पचाउन सक्दैन । हुन त खान पनि यति गरष्िठ कुरा खाएका छन् यिनीहरूले, त्यसलाई पचाउन गाह्रो हुनु अनौठो होइन । देश खाएका छन् यिनीहरूले । त्यसैले यिनीहरू जानाजानी यस्तो विवाद खोजेर भिड्न थाल्छन्, जसको कुनै समाधान हुँदैन भन्ने यिनीहरूलाई राम्ररी थाहा हुन्छ । 

अहिले यिनीहरू कुखुरा पहिले कि फुल भन्ने विवादमा अलमलिएका छन् । यिनीहरूको कसैको पनि बोलीको कुनै ठेगान हुँदैन । आज भनेको कुराबाट भोलि पछाडि हट्नु भनेको यिनीहरूका लागि चुट्की बजाएभन्दा बढी सजिलो कुरा हो । एकथरी कुखुरा पहिले भन्ने अडानबाट हटेका छैनन् भने अर्काथरी फुल पहिले भन्ने रट लगाइरहेका छन् । यो विवाद उनीहरूको 'इगो'सँग यसरी गाँसिएको छ, त्यसका सामु देश, जनता र तिनको भविष्य पनि गौण बनेको छ । यी मानिसहरूले नबुझेको एउटै कुरा छ । अरूले कोरेको धर्साभन्दा लामो धर्सा आफूले कोरेर पनि आफू सफल हुन सकिन्छ । तर, यिनीहरू त अरूको धर्सालाई मेटेर आफ्नोभन्दा सानो बनाएर आफ्नो सर्वोच्चता कायम गर्ने खेलमा लागेका छन् । 

यिनीहरूको यो अविवेकी र स्वार्थको केटाकेटी खेलको दुष्परण्िााम भने हामी जनताले भोग्नुपर्छ, दुःखको कुरा त्यति मात्र हो । 

Thursday, June 3, 2010

जिम्मेवारीको नवीकरण

नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोबाट

राजनीतिभन्दा पृथक् विषयहरूमा 'बायाँ फन्को'लाई सीमित राख्ने ध्याउन्न बेलाबेला असहज हुने गर्छ किनभने अचेल हाम्रो समाजमा हरेक कुराको राजनीतीकरण हुने गरेको छ । त्यसैले बेलाबेला हाँडीबाट उछिट्टएिको तातो मकैजस्तो बनेर 'बायाँ फन्को' राजनीतिको भुंग्रोमा हाम फाल्न पुग्छ, नचाहँदा नचाहँदै । यसपटक पनि त्यस्तै भएको छ । राजनीतिक गतिविधि र त्यहाँको अखडामा हुने उठापटकले एउटा आमनागरकिलाई पर्ने हदसम्मको असर पर्ने बेलामा आँखा चिम्लेर समस्याहरू नदेखिए पनि हराउनचाहिँ हराएका हुँदैनन् । देश हाँक्ने मान्छेहरूले गरेका कुराहरू जटिलताको पराकाष्ठामा पुगेर भ्रामक भएको बेलामा, तिनका कुराहरू बाझेर मान्छेपिच्छे आएका फरक अभिव्यक्तिहरूले आफ्नो बुझ्ने क्षमतामा नै धमिरा लगाइदिएको बेलामा हामीजस्ता नागरकिलाई आफू र आफ्नाहरूका साथै देशकै भविष्यका बारेमा अत्यास लाग्नु स्वाभाविक पनि हो ।

Friday, May 21, 2010

धर्मको ढ्वाङ्ग

अचेल हामीमा सप्ताह र नवाह नामका पुराणहरू लगाउने बेला एउटा नयाँ धार्मिक संस्कारको विकास हुन थालेको छ । त्यसको प्रारूप फेरएिको छ । सबै कुरामा जस्तै त्यसमा पनि मूल कारण पछाडि परेर होडबाजी हावी हुन थालेजस्तो लाग्छ । अनि, यो विज्ञापनको युग हो भन्ने कुरालाई अलि बढी नै गम्भीरतापूर्वक लिएर धर्म गर्न थालिएको भान पर्दैछ ।

कुनै आफन्त वा छिमेकीले लगाएको सप्ताहलाई मात खुवाउने र त्यसमा भन्दा बढी श्रद्धालुहरू आउने सप्ताह लगाउनका लागि अर्को छिमेकी वा नातेदार सकसकाउन थाल्छ । यस्ता सप्ताहको अर्को एउटा विरक्तलाग्दो विशेषता हुन्छ, कौसीमा लगेर चारैतिर फर्काएर राखिएका ठूलो आवाज आउने ढ्वाङहरू । त्यो जोडिएको हुन्छ, तल पुराणवाचन गर्ने पण्डितका सामु ठड्याइएको माइकमा । अनि, वरपिरकिा छरछिमेकलाई हुने प्रताडनाको कुनै मतलब नराखी सात वा नौ दिनसम्म यो धार्मिक आतंक चलिरहन्छ ।

चर्को र कर्कश स्वरमा पण्डितको पुराणवाचन, उनी थाकेका बेला भजनका रेकर्ड अनि त्यो पनि थाकेका बेला परविार वा आगन्तुकमध्ये इच्छा भएका कसैले पनि जस्तोसुकै स्वरमा गाएका भजनहरू निरन्तर बजिरहन्छन् । धर्मकर्म गर्न लागेका मान्छेको विरोध पनि कसले गर्न सकोस् ? ज-जसलाई यो पुण्य र धर्म कमाउने खर्चालु तरकिामा विश्वास लाग्छ, ज-जसले यसरी वरत्रपरत्र सुधार्न सकिन्छ भनेर मान्छन्, त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो । तर, आफ्नो त्यो स्वतन्त्रता उपभोग गर्ने क्रममा उनीहरूले छरछिमेकको शान्तिपूर्वक बस्न पाउने स्वतन्त्रताको चाहिँ हनन गररिहेका हुन्छन् । आफू नास्ितक र अधार्मिकमा गनिने डरले छिमेकीहरू पनि मनमनै दिन गनेर बस्न थाल्छन् । भजनकीर्तन नगर्न कसरी भन्ने ?

कसैको घरमा बिरामी मान्छे होलान्, जसलाई समयमा सुत्नु जरुरी होला । राम्रो निन्द्रा नपरेका कारण उसको रोग बल्भिmन सक्ला । ढ्वाङ बजाउनेहरूको सायद पुराण र भजन सुनेपछि रोग पनि निको हुन्छ भन्ने मान्यता होला । यस अर्थमा उनीहरू आफूले छिमेकको पनि कल्याण गररिहेको ठान्लान् । कसैको घरमा जाँच नजिक आएका केटाकेटी होलान्, जसको पढाइमा त्यसले व्यवधान ल्याएको हुन्छ । कोही मानसिक रूपमा शान्त रहेर एकाग्रतापूर्ण काम गर्नुपर्नेहरू पनि होलान् । सात रात, नौ रात राम्ररी निदाउन नपाएको मान्छे आफ्नो काममा दिनभर िखट्नुपर्दा उसको अवस्था कस्तो हुन्छ ? के त्यसले उसको काम र उसले दिनुपर्ने नतिजामा पनि नकारात्मक असर पर्दैन र ? तर, पुण्य कमाउन सप्ताहजस्तो महान् काम फत्ते गर्न लागिपरेका मान्छेहरूलाई त्यस्ता झीनामसिना कुराहरू सोच्ने फुर्सद कहाँ हुन्छ र ? उनीहरूका लागि त त्यतिबेला टोलछिमेकमा अरू पनि बस्छन् भन्ने कुराको कुनै मतलब हुँदैन ।

सारा संसार भुलेर उनीहरू त ईश्वरमा लीन जो भएका हुन्छन् । फलतः बिहान ४ देखि राती १२ बजे वा उस्तै परे रातैभर िकेही नभए बरु दोहोरीका तुक्कामा बनेका भजनहरू घन्किरहन्छन् तर ढ्वाङले विश्राम पाउँदैन । के त्यसरी पनि धर्म हुन्छ होला ? के त्यसबाट साँच्चै पुण्य कमाइन्छ होला ? हुन त धर्म भनेको आस्था हो । ज-जसलाई यसमा आस्था छ, आफ्नो तरकिाले, आफ्नो चेतनाको स्तर अनुसार, चाहेको हिसाबले कसैले पनि गर्ने कामलाई र उसको आस्थालाई सम्मान गर्नुपर्छ । तर, त्यसरी टोलछिमेकलाई रातदिन तनाव हुने गरी छानाछानामा ढ्वाङ नराखेर उहाँहरूले पनि अरूको व्यक्तिगत स्वतन्त्रता र जीवनको सम्मान गर्न सक्नुपर्छ । भगवान् भनेको आकाशमाथि बस्छन्, पुराण लगाएको नसुन्लान् र दिनुपर्ने फल नदेलान् भनेर उनको कानसम्मै पुगोस् भनेर त्यसो गरएिको त पक्कै होइन होला ।

मानव इतिहास र विकासक्रमलाई नियालेर हेर्दा समाजको संरचना बन्न थालेको बेलादेखि नै हरेक सभ्यतामा केही चतुर मान्छेहरूले आफ्नो वर्चस्व पछिसम्म कायम गर्नका लागि अनेकौँ कुराको प्रादुर्भाव गरेको पाइन्छ । त्यसमध्ये एउटा धर्म पनि हो । धर्मका नाममा जति व्यापार, विवाद, लडाइँ र विभाजन सायदै अरू कुनैका लागि भएका होलान् । मानिस भनेको दूरदर्शी जात हो । तर, कहिलेकाहीँ ऊ चाहिनेभन्दा बढी दूरदर्शी बन्ने प्रयासमा अनिश्चित भविष्यका लागि निश्चित वर्तमानलाई बिर्सेर उल्लू बन्न पुग्छ । मान्छेलाई धर्मकर्म गर्ने रहर हुन्छ । उसलाई पुण्य कमाउने धोको पनि हुन्छ । तर, धर्म के गरेर हुन्छ र पुण्य कसरी कमाइन्छ भनेर बेलाबेला मान्छेलाई थाहा हुँदैन । त्यस्तो बेलामा मान्छेले नै बरगल्याउने काम गरेर आफ्नो फाइदाका लागि उसलाई खौरििदन्छन् । आफू मुडिएको थाहा नपाएर मान्छे दंग पर्छ ।

के पौराणिक ग्रन्थहरू पढेर, बिहान-बेलुका भजन गरेर, फुर्सद पाउनासाथ मन्दिर धाएर मात्र धर्म हुन्छ ? भगवान्का नाममा अनेकौँ खर्च गरेर वा भगवान्का लागि भनेर भोग चढाएर मात्र पुण्य प्राप्त हुन्छ ? बिहान-बिहान पशुपति वा बगलामुखी धाएर अनि दिनभर अरूको खुट्टा तान्न हिँडेर धर्म हुन्छ ? धर्म भनेको त एउटा मान्छेले अर्को मान्छेप्रति सद्भाव राखेर, अरूको कुभलो नचिताएर र जानीजानी अरूको हानि-नोक्सानी नगरे पो हुन्छ त ! पुण्य प्राप्ति भनेको आफ्नो विचार र व्यवहारमा शुद्धीकरण ल्याएर, रसि, राग र ईष्र्याजस्ता कुराहरू त्याग्न सके पो त कमाइन्छ । त्यो सब नहुने हो भने आडम्बर प्रदर्शनले मात्र वरत्रपरत्र सुधि्रन्छ अथवा कुनै वैतरण्िाी पार हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? 

Saturday, May 8, 2010

सिर्जना र पुरस्कारको व्यवसाय

एक जना परििचतको निमन्त्रणा प्राप्त भयो । अचेल प्रविधिले धेरै कुरा सजिलो बनाइदिएको छ । धेरैजसो निमन्त्रणाहरू मोबाइलको एसएमएसमा प्राप्त हुन्छन् । एक हिसाबले यो सही कुरा पनि हो । अस्तव्यस्त काठमाडौँको यातायातको चापले गर्दा पहिलेपहिले भए नजिकै लाग्ने गन्तव्यहरू पनि अचेल चाइना बोर्डरजत्तिकै दुर्गम लाग्न थालेका छन् । यस्तो बेला १० दिशामा निमन्त्रणा पुर्‍याउनु भनेको सरकार र प्रतिपक्षीको कुरा मिल्नेजत्तिकै असम्भवप्रायः हुने गर्छ । त्यसैले अचेल धेरैजसो बिहे, व्रतबन्ध, चलचित्र प्रदर्शन, जमघट, आन्दोलन, जुलुस सबैका सूचना र निम्तो एसएमएसमा आउन थालेका छन् । त्यसैले ती निमन्त्रणाहरू कुनै सुपरमोडलका परधिानजस्ता संक्षिप्त हुने गर्छन् । ती परििचतको निमन्त्रणा पनि त्यस्तै थियो । त्यसबाट प्राप्त जानकारी कति थियो भने, उनले लेखेका कुनै किताबका लागि उनले प्राप्त गरेको कुनै पुरस्कारको खुसीयालीमा कुनै सेकुवा कर्नरमा हुने जमघटका लागि निम्त्याइएको थियो ।

त्यो जमघटमा पुगेपछि मात्र पुरस्कारको नालीबेली र वृत्तान्त थाहा भयो । कुनै नाम नै नसुनिएका वरष्िठ समाजसेवीका नाममा स्थापित ५ हजार १ रुपियाँ नगद र प्रशंसापत्रसहितको सो पुरस्कार उनले नामै नसुनिएको उनको कुनै साहित्यिक पुस्तकका लागि करबि-करबि सय जनाको विशाल समूह अटाउने कुनै प्रेक्षालयमा आयोजित एक भव्य समारोहबीच केही दिनअघि प्राप्त गरेका रहेछन् । ए ! यस्तो नाम गरेको पनि स्टेसन रहेछ भनेर श्रोताहरूको सामान्य ज्ञान बढाउने कुनै एफएमले त्यसबारे ठ्याम्मै एक घन्टा प्रसारण पनि गरेको रहेछ अनि केही छापामा पनि कतै कुनै भित्री पृष्ठमा लागि परेरै खोज्यो भने फेला पर्ने समाचार पनि त्यसका बारेमा आएको रहेछ । पहिलो संस्करण १ हजार १ प्रति छापिएको भनिएको उक्त पुस्तकको प्रकाशकमा उनकै श्रीमतीको नाम थियो र भूमिका लेख्दा उनले नछुटाईकन सम्झीसम्झी आफ्ना ससुरालीका सबै मान्यवर र सालासालीको नाम लेख्न भ्याएका थिए । बजारका कुनै पुस्तक पसलको मुख नदेखेको सो कृतिका छापिएका प्रतिहरू उनले चिनेजाने र भेटेजतिका सबैलाई दस्तखतसहित बाँड्न भ्याइसकेका पनि रहेछन् ।

अरूका कृतिहरू पढ्दापढ्दै अघिल्लो वर्ष एक दिन अचानक उनलाई आफूभित्र पनि एउटा सिर्जनशील लेखक लुकेर बसेको रहेछ र अब त्यो लेखक बाहिर आउनका लागि मरहित्ते गररिहेको छ भन्ने दिव्यज्ञान प्राप्त भएको थियो । अनि, उनले आफ्ना दिवंगत मातापिताका संस्मरणमा एउटा शोककाव्य लेखेर आफ्नो सिर्जनशीलताको पंखा फिँजाएका थिए । उनको पुस्तकको पछिल्लो गातामा लेखकका अन्य कृतिहरू भनेर त्यो शोककाव्यको नाम अप्रकाशित भनेर उल्लेख गरएिको थियो । त्यसबाहेक पनि राजनीतिक विश्लेषण, निबन्ध, यात्रा संस्मरण, कथासंग्रह, कवितासंग्रह, गजल, मुक्तक र हाइकु विधाका पनि झन्डै एक दर्जन नामहरू त्यहाँ उल्लेख थिए । उनले पाएको प्रशंसापत्रमा उनले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै भन्ने वाक्यांश छुटेको थिएन । जसको नाममा स्थापित पुरस्कार उनले पाएका थिए, ती महान् समाजसेवीको जीवनी पनि उनले लेख्दै गरेका छन् भन्ने कुरा पनि त्यस जमघटमा सुनियो ।

हुन पनि हो अचेल यति धेरै प्रतिष्ठान र यति धेरै मान्छेका नाममा पुरस्कारहरू स्थापना भएका छन्, जसको लेखाजोखा राख्नका लागि कुनै अन्वेषकले ठूलै कसरत गरेर पनि भ्याइनभ्याई हुन्छ होला । अधिकांश नामै नसुनिएका समाजसेवी, प्रसिद्ध उद्योगपति व्यापारी र महाकविका नाममा स्थापित पुरस्कारहरूको बाढीमा अब त कुनै लेखकले कुनै पनि पुरस्कार पाएको छैन भन्यो भने अचम्म माने हुने अवस्था आइसकेको छ । त्यसैले पुरस्कार भनेको अचेल गतिलो/अगतिलो कुनै पनि लेखकका लागि प्रतिष्ठाको प्रतीकजस्तै भइसकेको छ ।

पुरस्कार भन्ने कुरा सम्मानसँग गाँसिएको हुनुपर्छ । कुनै पनि कामका लागि कसैलाई पनि प्रदान गर्ने कुनै पनि पुरस्कारले मान्छेलाई आफ्नो कर्मक्षेत्रमा अझ बढी कटिबद्ध भएर लागिपर्नका लागि प्रेरति गर्नुपर्छ । त्यो उसले आफ्नो क्षेत्रबाट समाज, देश र जनताका लागि पुर्‍याएको योगदानका लागि प्रदान गरनिुपर्छ । अनि, कसको नाममा त्यो पुरस्कार स्थापित भएको भन्ने कुरासँग पनि पुरस्कार पाउनुको गर्व गाँसिएको हुनुपर्छ । तर, अधिकांश पुरस्कारहरू अचेल पैसा भएका मान्छेहरूले कीर्ति आर्जन गर्नका लागि स्थापित गरेका हुन्छन् । यस्ता घाँसी कुवाप्रेरति प्रतिष्ठानहरू र तिनले प्रदान गर्ने सम्मानले प्राप्त गर्नेलाई कति आत्मसम्मान र प्रेरणा प्रदान गर्छ भन्ने कुरा पनि अनुसन्धानकै विषय हुनसक्छ । अर्कोतिर गतिला पुरस्कार पनि कसैले गरेको योगदानभन्दा बढी अरू कुराबाट प्रभावित भएर प्रदान हुने गरेको प्रवृत्ति पनि देखिन थालेको छ । लेखकले लेखेर मात्र, खेलाडीले खेलेर मात्र, समाजसेवीले समाजसेवा गरेर मात्र वा कसैले पनि आफ्नो कर्म इमानदारीपूर्वक गरेर मात्र त्यो क्षेत्रको पुरस्कार पाउन योग्य हुँदैन । आफ्नो मार्केटिङ् उसले वा उसका शुभचिन्तकहरूले कसरी गरेका छन्, त्यसका आधारमा उसका सिर्जनाको उचाइ निर्धारण हुन थालेको छ, उसको छवि बन्न थालेको छ । त्यसैले अचेल सर्जकहरू कुनै पनि सिर्जना गर्न सुरु गर्दा के विषयमा कस्तो कुरा लेख्ने भन्दा पनि पहिले कुन पुरस्कार पड्काउनका लागि लेख्ने भनेर गम्न थालेका पनि केही उदाहरणहरू यदाकदा देखिन/सुनिन थालेका छन् ।


सम्राटको नयाँ लुगा भन्ने पुरानो कथाजस्तै अहिले पनि धेरै नग्न चीजलाई बुद्धिजीवीले मात्र देख्ने भनेर प्रचार गर्ने गरएिको छ र त्यस्ता नग्नतामा गज्जबको परधिान देख्न सक्ने बुद्धिजीवीहरूको कमी पनि हाम्रो समाजमा कहिल्यै पनि भएन । हुन त आजको युगलाई बजार व्यवस्थापन र विज्ञापनको युग भनिन्छ । नबोल्नेले अब चामल बेच्न सक्दैन रे ! त्यसैले त अचेल चतुर व्यवस्थापकहरूले स्थायी बन्ध्याकरण गरसिकेकालाई समेत परविार नियोजनका अस्थायी साधन किन्न लगाउन सक्छन् रे ! त्यसैले अचेल सर्जक र तिनका सिर्जनाहरू पनि कुनै उपभोग्य वस्तुका रूपमा बिक्री-वितरण हुन थालेका छन् । अल्पकालीन व्यावसायिकताका लागि त निश्चय नै यो सुखद संकेत होला तर दीर्घकालीन सिर्जनात्मकताका लागि यो प्रवृत्ति कतै कार्बाइड हालेर पकाएको केराजस्तो हुने त होइन ?