सपना छिन्नभिन्न भयो
पूर्णविराम खोजेको तिमीसंग
जीवन प्रश्नचिन्ह भयो
किन कसरी कहिले
जीवन सेभेन स्टोन भयो
अनवरत एकोहोरो म
एउटा माथि अर्को गर्दै
चाङ लगाइरहेको छु
चुच्चोमुच्चो नमिलेका ढुङ्गाहरू
अनि अचानक पर कतैबाट
हुर्याउँछ्यौ तिमी एउटा बल
भताभुङ्ग बनाउँछ त्यसले
मैले सकीनसकी लगाएको खात
छरपष्टै हुन्छु फेरि म
तिनै ढुङ्गाहरू संगै
तिनै ढुङ्गाहरू जस्तै
ढुङ्गाको पीडालाई पनि तिमी
एकपटक त नियालेर हेर
बटुलबाटुल पार्न थाल्छु
एकपटक फेरि आफूलाई म
सुरू गर्छु चाङ लगाउन फेरि
ती टुक्राटाक्रीहरूसंग आफूलाई म
देखिरहेको छु अलिपर यतैतिर
बल ताकिरहेकी छ्यौ तिमी